काठमाण्डाै – प्रधानमन्त्रीकप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्बलले जितेको छ ।
त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । त्रिभुवन आर्मीले दिएको एक सय ८० रनको लक्ष्य एपीएफले ३८ ओभर तीन बलमा ६ विकेट गुमाएर भेटायो ।
एपीएफको जितमा भुवन कार्कीले ५५, सुमित महर्जनले ३४, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७, शरद भेषावकरले १६, आशिफ शेखले १४ र लोकेश बमले ८ रन बनाए । बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले २ विकेट लिए ।
य...