एनएमबि फिफ्टीको धितोपत्रमा भएको लागत मूल्यभन्दा बजारमूल्य बढी

फागुन १२, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टीको माघ मसान्तसम्म धितोपत्रमा भएको लगानीको लागत मूल्यभन्दा बजार मूल्य बढी रहेको छ ।  योजनाले सार्वजनिक गरेको माघ मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण अनुसार माघ मसान्तसम्म योजनाले धितोपत्रमा धितोपत्र दलाल कमिशन सहित रू. १ अर्ब १९ करोड १६ लाख ४१ हजार लगानी गरेको छ । यो लागतको बजार मूल्य भने रू. १ अर्ब ४८ करोड ३३ लाख १४ हजार छ ।  योजनाले बैंक मुद्दती निक्षेपमा रू. १८ करोड ७५ लाख लगानी गरेको छ । बैंक मुद्दती निक्षेप सहित योजनको धितोपत्र तथा अन्य लगानीको मूल्य रू. १ अर्ब ६७ करोड ८ लाख १४ हजार छ । यो मूल्य पुस महीनाको तुलनामा भने घटेको हो । पुस महीनामा योजनको धितोपत्र तथा अन्य लगानीको मूल्य रू. १ अर्ब ७५ करोड ५२ लाख थियो । बन्दुमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । माघ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. १६ दशमलव शून्य ७ छ । पुस मसान्तसम्म यो मूल्य रू. १६ दशमलव ५० रहेको थियो । पुस मसान्तसम्म रू. ६ करोड ७४ लाख १७ हजार नाफा गरेको योजनाले माघ मसान्तसम्म भने रू. १ करोड ३० लाख ९५ हजार नाफा गरेको छ । पुस महिनाकोभन्दा माघ महीनामा जम्मा आम्दानी घटेको र खर्च बढेको कारण योजनाको नाफामा कमी आएको हो । पुस मसान्तसम्म रू. ८ करोड ६५ लाखभन्दा बढी आम्दानी गरेको योजनाले माघ मसान्तसम्म रू. ३ करोड ५४ लाखभन्दा बढी मात्र आम्दानी गरेको हो । खर्च भने पुस मसान्तसम्म रू. १ करोड ९१ लाखभन्दा बढी मात्र भएकोमा माघ मसान्तसम्म रू. २ करोड २३ लाखभन्दा बढी खर्च भएको छ । 

सम्बन्धित सामग्री

पूँजीबजारमा कारोबार लागत घटाउनु पर्छ : अध्यक्ष हमाल

१५ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पूँजीबजारमा कारोबार लागत घटाउनु पर्ने बताएका छन् । ‘समृद्ध नेपालको आधारः पूँजीबजार सुधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले बजारमा कारोबार लागत घटाउनु पर्ने र सेवाको दायरा बढाउनु पर्ने बताए । लगानीकर्ताको संरक्षण, लागत कम र पाउने सेवाको गुणस्तर बढाउन सके बजार आफैं बलियो हुने […]

कुखुरापालक किसानले पाउन थाले लागत मूल्य

लामो समयदेखि नोक्सान बेहोरिरहेका कुखुरापालक किसानले आफ्नो उत्पादनको लागत मूल्य पाउन थालेका छन्।...

तरकारीको लागत मूल्य नपाउँदा किसान मर्कामा

पछिल्लो समय स्थानीय बजारमा भारतीय हरियो तरकारी धेरै आयात हुँदा स्वदेशी स्थानीय किसान मर्कामा परेका छन् । भारतबाट आयातीत तरकारीसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेपछि लागत किसान मर्कामा परेका हुन् । तरकारीको आयात बढ्दा बजारमा तरकारीको मूल्य घटेपछि स्वदेशी किसानले लागत मूल्य समेत नपाएका हुन् । तरकारीको उत्पादन लागत मूल्य समेत नपाएपछि शुक्रबार चितवनका किसानले […]

शुक्लागण्डकीमा लागत साझेदारीमा सडक कालोपत्र

काठमाडौँ,२४ पुष । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ घोर्मेस्थित नवीनटोल मार्गमा लागत साझेदारीमा सडक कालोपत्र गरिएको छ । स्थानीयवासी र नगरपालिकाको लागत साझेदारीमा उक्त मोटरमार्ग कालोपत्र गरिएको हो । आर्थिक वर्ष २०७८÷७९ मा नगरस्तरीय साझेदारी योजनाअन्तर्गत शुक्लागण्डकी नगरपालिकाको ७० प्रतितश र स्थानीय उपभोक्ताको ३० प्रतिशत नगद योगदानबाट उपभोक्ता समितिमार्फत सडक कालोपत्र सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष घनकुमारी […]

शून्य लागत कार्यान्वयन गर्न सम्झौता

चर्को सेवा शुल्क लिएर श्रमिक भर्ना गर्ने बहुराष्ट्रिय कम्पनीको सेवा र उत्पादनलाई लिएर आलोचना हुन थालेपछि यस्ता रोजगारदाताले शून्य लागत कार्यान्वयन नभए श्रमिक माग नगर्ने नीति लिन थालेका छन् । खाडी मुलुक र मलेसियाका रोजगारदाताले शून्य लागत कार्यान्वयन नभए श्रमिक माग नगर्ने जनाउँदै पूर्ण रूपमा शून्य लागत कार्यान्वयन गर्नुपर्ने जनाउँदै नेपालका मेनपावरसँग सम्झौता गर्न थालेका […]

दमक भ्यूटावरको लागत र निर्माण अवधि बढ्दै

३० असार, काठमाडौं । झापाको दमकस्थित दापगाछीमा निर्माणाधीन दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माणको लागत र समयावधि लम्बिएको छ । सयममै निर्माण नभएपछि १ अर्ब ५६ करोड १४ लाख ३९ हजार रुपैयाँमा निर्माण हुने भनिएको भ्यूटावरको लागत बढेर १ अर्ब ५८ करोड २२ लाख रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले टावर निर्माण कार्यको सुरुमा […]

इन्धनको लागत मूल्य फेरि महँगियो

इन्धनको खरिद लागत मूल्य फेरि महँगिएर आएको आयल निगमले जनाएको छ । आइतबार निगमले विज्ञप्ति जारी गर्दै इन्धनको खरिद मूल्य महँगिएर आएको जानकारी दिएको हो । नयाँ मूल्यअनुसार पेट्रोलको लागत एक सय...

बूढीगण्डकीको लागत अद्यावधिक गर्दै सरकार, विदा होला गेजुवा ?

३० फागुन, काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाको लागत अनुमान अद्यावधिक गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलले नेपाल विद्युत प्राधिकरण अन्तरगतको एनईए इन्जिनियरिङ कम्पनीलाई लागत अनुमान अद्यावधिक गर्न जिम्मा दिने बारे छलफल अघि बढाएको छ । २०७३मै बूढीगण्डकीको करिब ३ खर्ब ११ अर्ब रूपैयाँ (२ हजार ५९३ मिलियन अमेरिकी डलर) मा आयोजना […]

दानाको लागत बढेको दाबी

दाना उद्योग संघले उद्योगका लागि चाहिने कच्चा पदार्थको मूल्य बढ्दा उत्पादन लागत बढेको जनाएको छ।

‘लागत न्यूनीकरण गर्न नसक्नु नै औद्योगीकरणको मुख्य समस्या’

नेपालमा औद्योगीकरण नहुनुको मुख्य कारण उत्पादन लागत उच्च हुनु रहेको सरोकारवालाले बताएका छन् । सातांै उद्योग दिवसका अवसरमा सरोकारवालाहरुले उत्पादन लागत बढी हुँदा प्रतिस्पर्धी जातावरणमा उत्पादनहरुले प्रतिस्पर्धा गर्न नसकेको बताएका हुन् ।उत्पादन लागत, वित्तीय लागत, उद्योगको क्षमता, प्रशासनिक खर्च तथा उद्योग दर्तादेखि बहिर्गमनको प्रक्रियामा तहगत समस्या हुँदा उद्योगमा अपेक्षाकृत लाभ हासिल हुन नसककेको सरोकारवालाको भनाइ […]