विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक विवाद अन्तिम विन्दुमा गएर अड्केको छ । अन्तिम निर्णय लिनका लागि दुवै पक्ष (उपेन्द्र यादव पक्ष र बाबुराम पक्ष) ले छुट्टा छुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा बैठक बोलाएका छन् भने संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई काठमाडौँमा समानान्तर बैठक डाकेका छन् । बैठकबाट दुबै समूहले आफ्नो आगामी रणनीति तय गर्नेछन् । विवाद सुरु हुँदा परिषद्का अध्यक्ष भट्टराईले जसपाभित्र केन्द्रीय सद