कोरोना संक्रमण तीव्ररूपमा वृद्धि भइरहेकै अवस्थामा पोखरामा २१ औँ संस्करणको ‘आहा रारा गोल्ड कप’ फुटबल प्रतियोगिता हुने भएको छ । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा माघ ६ गतेदेखि पोखरा रंगशालामा प्रतियोगिता सुरु हुने जानकारी दिइएको हो । प्रतियोगितामा एक विदेशी सहित १० टिमको सहभागिता रहने आयोजक सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार प्रतियोगितामा संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा क्लब, रुस