अपांगता भएकालाई घरमै पुगेर नागरिकता प्रदान

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले अपांगता भएकाहरूलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गरेको छ।दशरथचन्द नगरपालिका-२ देहीमाडौंकी १८ वर्षीया करिश्मा बोहरालाई घरमै पुगेर आइतबार नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो। कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार पूर्ण रुपमा शारीरिक अपांगता भएकी करिश्मालाई जिल्ला प्रशासन पुग्न अप्ठ्यारो हुने भएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको हो।प्रशासनको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेपछि करिश्मा र उनका बुवा पूर्णबहादुर खुसी भएका

सम्बन्धित सामग्री

संविधान दिवसमा पूर्ण अपाङ्गता भएकी कुँवरलाई घरमै पुगेर नागरिकता प्रदान

जिल्ला प्रशासन कार्यालय गुल्मीले संविधान दिवसको अवसरमा रचनात्मक काम गरेको छ। जिल्ला प्रशासनले संविधान दिवसको अवसरमा इस्मा गाउँपालिका–५ की ३५ वर्षीया विष्णु कुँवरलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ। पूर्ण अपाङ्गता...

अशक्त असहायका घरमै नागरिकता

जिल्ला प्रशासन कार्यालय बैतडीले अपांगता, अशक्त, असहाय र ज्येष्ठ नागरिकको घरमै पुगेर नागरिकता प्रदान गरिरहेको छ । कार्यालयले गाउँमै शिविरको आयोजना गरी तथ्यांक संकलन गरेर नागरिकता प्रदान गर्न थालिएको हो ।

अशक्त, असहायलाई घरमै नागरिकता

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले अपांगता भएका, अशक्त, असहाय र ज्येष्ठ नागरिकका घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको छ।गाउँमै शिविर आयोजना गरी तथ्यांक संकलन गरेर नागरिकता प्रदान गर्न थालिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।अन्य कामका सिलसिलामा स्थानीय तहमा कर्मचारी खटिएका वेला नागरिकताका लागि आवश्यक कागजात संकलन गरेर जिल्ला प्रशासनमा ल्याउने र त्यसपछि नागरिकता बनाएर उनीहरूकै घरमै पठाउने गरिएको हो।उनले भने, ‘नागरिकता लिन जिल्ला सदरमुकाम पुग्न नसक्ने नागर

अपांगता भएकालाई घरमै पुगेर नागरिकता दिँदै सुर्खेत प्रशासन

जिल्ला प्रशासन कार्यालय सुर्खेतले अपांगता भएका स्थानीयलाई घरमै पुगेर नागरिकता प्रदान गर्न थालेको छ।

अपाङ्गता भएका दुई महिलाले पाए घरमै नागरिकता

लमजुङ : जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिका–१० का अपांगता भएका दुई महिलालाई घरमै नागरिकता प्रदान गरिएको छ। अपांगताका कारण जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने उनीहरुलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको हो।घडेरीकी ४१ वर्षीया सन्तमाया तामाङ र बेसी भाचोककी २३ वर्षीया कृष्णा घिमिरेलाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। शनिवार प्रजिअ शर्मा सहितको टोली घिमिरे र तामाङको घरमा पुगेको थियो। विविध कारण जिल्ला प्रशासन कार्यालयसम्म आएर न

अपांगताको घरमै नागरिकता प्रदान, पठनपाठनको व्यवस्था पनि घरमै

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका २ का २२ वर्षीय हिरा बोहरालाई शुक्रबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ। अपांगता भएका बोहरालाई प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गरे। अपांगता भएकी हिरा हिडडुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकता वितरण गरेको ...