म्याग्दीमा मह उत्पादन घट्याे, यस वर्ष मात्रै १२ हजार केजी मह उत्पादन

म्याग्दी – म्याग्दीमा यसवर्ष गएका वर्षकाे तुलनामा मह उत्पादन घटेको छ । मौरीमा रोग तथा किराको प्रकोप देखिनु, मौसम प्रतिकूल हुनु, समयमा पर्याप्त फूलहरु नफुल्नु र चरन क्षेत्रको अभावका कारण मह उत्पादनमा कमी आएको हो । म्याग्दीमा १ वर्षको अवधिमा जम्मा १२ हजार केजी मात्रै मह उत्पादन भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा जिल्लाभरि यसवर्ष मह उत्पादन घटेको हो । जिल्लाको विभिन्न ठाउँमा किसानहरुले गरेको मौरीपालन व्यवसायबाट यसवर्ष १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जिल्ल...

सम्बन्धित सामग्री

अखाद्य वस्तु मिसाएर मह उत्पादन गर्ने व्यक्ति पक्राउ

काठमाडौं– अखाद्य वस्तु मिसावट गरी अवैध रूपमा मह उत्पादन गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका-२ बस्ने ५७ वर्षीय पवन सत्याललाई प्रहरीले पक्राउ गरेको छ ।  बूढानीलकण्ठ नगरपालिकाऔ२ स्थित पवनले सञ्चालन गरेको गार्डेन अपिएरि उद्योग प्रालिमा अखाद्य मिसावट गरी अवैध रुपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा […]

उपयुक्त चरन क्षेत्रमा मह उत्पादन दोब्बर

काठमाडौँ,१७ माघ । मौरी चरनका लागि ललितपुरको धापाखेलबाट बाग्लुङको कुँडुले फाँट आएका धर्मराज श्रेष्ठले एक हप्तामा तीन लाख बढीको मह उत्पादन गरे । एक सय मौरीका घारसहित चरनका लागि आएका उनले तीन सय केजी मह उत्पादन गरेको बताए । “मह प्रतिकेजी रू एक हजार दुई सयकादरले तीन लाखभन्दा बढी आम्दानी भइसकेको छ, अहिले प्रत्येक साता […]

घट्यो म्याग्दीमा मह उत्पादन, तस्वीरहरू

म्याग्दी : जिल्लामा गतवर्षको तुलनामा मह उत्पादन उल्लेख्य रूपमा घटेको छ। जिल्लाको विभिन्न स्थानमा किसानले गरेको मौरीपालन व्यवसायबाट यो वर्ष १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। जिल्लामा रहेका दुई हजार ५०० वटा मौरीका आधुनिक घारबाट सो परिमाणको मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए।अघिल्ला वर्षमा वार्षिक २० हजार केजीभन्दा बढी मह उत्पादन हुने गरेको थियो।पछिल्लो समय महको उत्पादनमा कमी आउन थालेपछि मौरीपालन व्यवसायमा रहेका

सल्यानमा ३३ प्रतिशतले घट्यो मह उत्पादन

सल्यान : सल्यानमा ३३ प्रतिशतले महको उत्पादन घटेको छ। भारी मात्रामा मह उत्पादनमा गिरावट आएपछि यहाँका मौरीपालक कृषक मारमा परेका छन्।गत वर्षभन्दा यो वर्ष ३३ प्रतिशतले मह उत्पादनमा गिरावट आएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।उत्पादनको क्षेत्रफल बढे पनि चिउरी फूल्ने समयमा लगातार वर्षा हुँदा उत्पादनमा कमी आएको कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए। उनले भने ‘गत वर्ष १२.१ मेट्रिक टन मह उत्पादन भएको थियो तर यो वर्ष ३३ प्रतिशतले गिरावट आएको छ।’गत असोज कात्तिक महिनामा ध

लमजुङमा ८ टनले घट्यो मह उत्पादन

यस वर्ष ११ हजार ५ सय मौरी घारबाट ३० टन मह उत्पादन भएको र यो गतवर्षको भन्दा आठ टन कम रहेको केन्द्रको भनाइ छ । गत वर्ष जिल्लाका किसानले ११ हजार एक सय मौरीका घारबाट ३८ टन मह उत्पादन गरेको थियो ।

अपराध महाशाखाद्वारा गुणस्तरहीन मह उत्पादन गर्ने उद्योगमा छापा, एक पक्राउ

काठमाडौँ, ७ माघ। महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन गर्ने एक उद्योगमा छापा मार्दै एक जनालाई पक्राउ गरेको छ ।महाशाखाले गुणस्तरहीन मह उत्पादन भइरहेको सूचनाका आधारमा काठमाडौंको ज्याठास्थित नजिता प्याकेजिङमा छापा मार्दै सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ घर भई ज्याठा बस्ने ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीले उनले बनाउँदै गरेको केमिकलयुक्त […]

सल्यानमा वर्षेनि घट्दै मह उत्पादन

सल्यान : सल्यानमा वर्षेनि महको उत्पादन घट्दै गएको छ। मौरीको गोला बढ्दै गए पनि मौसम परिवर्तन र चरनको अभावका कारण वर्षेनि महको उत्पादन घट्दै गएको हो।विगतमा ८ क्विन्टलसम्म मह बेचेका कालिमाटी गाउँपालिका–२ झिगानेका लोकेन्द्र वलीले यो वर्ष मुस्किलले १ क्विन्टल मात्र मह उत्पादन भएको बताए। मौरीको गोला बढे पनि मह उत्पादन वर्षेनि घट्दै गएको उनको भनाइ छ।उनले भने, ‘पहिलेको भन्दा मौरीको गोला पनि बढाएका छौं तर मह भने घटिरहेको छ।’गत वर्ष ३ क्विन्टल मुस्किलले मह उत्पादन भएको थियो तर यो वर्ष १

मह उत्पादन घटेपछि कृषक चिन्तित

नवलपुर । पछिल्ला तीन वर्षयता मह उत्पादन घट्न थालेपछि नवलपुरका मौरीपालक कृषक चिन्तित भएका छन् । मह राम्रो उत्पादन हुने समयमा नै मह उत्पादनमा ह्रास आउन थालेपछि उनीहरु मर्कामा परेका हुन् । मह उत्पादनमा कमी आउन थालेपछि नवलपुरका मौरीपालक कृषक चिन्तित भएका छन् । मह राम्रो उत्पादन हुने समयमा नै मह उत्पादनमा ह्रास आएपछि मर्कामा […]

हुम्लामा २१ प्रतिशत मह उत्पादन वृद्धि

सिमकोट – हिमाली जिल्ला हुम्लामा यसवर्ष महको उत्पादन वृद्धि भएको छ। कृषि विकास कार्यालय हुम्लाका अनुसार यसवर्ष हुम्लामा २१ प्रतिशतले मह उत्पादन वृद्धि भएको हो। हुम्लामा करिब तीन सय मेट्रिक टन मह उत्पादन हुने कार्यालयले अनुमान गरेको छ। यस वर्ष बर्खामा पानी कम पर्दा मह उत्पादन वृद्धि भएको किसानहरु बताउँछन्। त्यस्तै घार सुरक्षित राख्न आफूहरु […]