अन्तत : एमसीसी संसद्मा पेस गर्ने सत्तारूढ गठबन्धनले गरे सहमति, पास होला त एमसीसी ?

फागुन ८,  काठमाडौं । सत्तारूढ गठबन्धनका बीचमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता सङ्घीय संसद्मा टेबल गर्ने सहमति भएको छ ।             प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले सम्झौता टेबल गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।             राजनीतिक दलहरुका बीचमा एमसिसी सम्झौता सङ्घीय संसद्मा टेबल गर्ने कि नगर्ने भन्ने बारेमा विवाद रहँदै आएको थियो । लामो छलफल र सकारात्मक प्रयासपछि गरिबी निवारण र भौतिक पूर्वाधारको विकासका लागि प्राप्त भएको सहयोगका सम्बन्धमा दलहरुबीच साझा मत बनेको हो ।             शुक्रवारको बैठकबाट आइतवारसम्म यस विषयमा सहमति खोज्न दलहरु सहमत भएका थिए । लामो विवादका कारण आयोजना कार्यान्वयन हुने समयसमेत पर सर्दै आएको थियो ।             बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री कार्कीले सत्तारूढ गठबन्धनले एक मतका साथ एमसीसी टेबल गर्ने सहमति गरेको जानकारी दिए।             प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रतिनिधि सभाको बैठक निरन्तर अवरोध गरिरहेको छ नि भन्ने प्रश्नमा मन्त्री कार्कीले भने, ‘उहाँहरुले नै यो सम्झौता संसद्मा लैजानुभएको हो । संसद्को अवरोध कायम राख्नु हुन्छ कि खोल्नुहुन्छ, अब यो विषय पनि उहाँहरुकै हो, उहाँहरुलाई नै सोध्नुहोस् ।’ जनताको सार्वभौम जनप्रतिनिमूलक थलो संसद्मा नै यस विषयमा अब छलफल हुने र निष्कर्षसमेत निस्कने उनको भनाइ थियो ।  दातृ राष्ट्र अमेरिकाले यही फागुन १६ गतेभित्र एमसीसी पारित गरी कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई आग्रह गर्दै आएको छ ।             करीब ५५ अर्ब रुपैयाँ अमेरिकी अनुदानबाट ४०० केभी क्षमताका ३१२ किलोमिटर प्रसारण लाइन र सडक पूर्वाधार निर्माण हुनेछ । काम शुरु भएको पाँच वर्षभित्र सो परियोजना सम्पन्न गर्नुपर्ने समयसीमा छ ।  रासस

सम्बन्धित सामग्री

एमसीसी : नेपाल, चीन र अमेरिका

संसदले एमसीसी पारित गर्नुअघि सञ्चारमाध्यम मार्फत भइरहेका एमसीसी सम्बन्धी पक्ष–विपक्षका तर्क–वितर्कले नेपाली समाज विभाजित भएर अन्योल पैदा भएको थियो । एससीसी लागू भइसक्दा पनि त्यसको प्रभाव हटिसकेको छैन । एमसीसी सम्बन्धी मिडिया सामग्रीको प्रभाव कतिसम्म बलियो देखियो भने जनतामाझ अलोकप्रिय भइएला भन्ने डरले आफ्नै सरकारले पारित गरेको एमसीसी विरुद्ध चर्को स्पष्टीकरण दिन सत्तारुढ सांसदहरू पनि […]

प्रतिनिधिसभामा टेबल भएको एमसीसी अब के हुन्छ ?

लामो समयदेखि विवादमा तानिएको अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेञ्ज कर्पोरेसन’ (एमसीसी) अन्ततः प्रतिनिधिसभा बैठकमा टेबल भएको छ । सत्तारुढ गठबन्धनबीच लामो छलफलपछि सरकारले एमसीसी सम्झौता संसद्‍मा अघि बढाएको हो ।एमसीसी सम्झौता सभामा टेबल भएसँगै यसका प्रक्रियाका बारेमा चासो बढ्नु स्वाभाविकै हो । सम्झौतालाई सभामा निर्णयार्थ पेस गर्नुअघि विभिन्न चरण पार गर्नुपर्ने हुन्छ । संसद् सचिवालयका अधिकारीहरुका अनुसार विधेयकमा जसरी सन्धीहरुमा नियम संशोधन गरेर प्रक्रिया छोट्याउन मिल्दैन ।ए

प्रतिनिधिसभामा एमसीसी टेबल

प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल भएको छ। अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइतबारको बैठकमा एमसीसी टेबल गरेका हुन् । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए ।यस्तै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका उल्लेख्य सांसदहरुले पनि प्रस्ताव बाचन हुँदै गर्दा विरोधमा नाराबाजी गरेका थिए । यसैगरी राष्ट्रिय जनमोर्चा, नेमकिपाका सांसद पनि विरोधमा रहे ।सत्तारुढ दलको आजै बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति

एमसीसी भोलि टेबल होला ?

काठमाडौं, ७ फागुन । एमसीसी भोलि टेबल हुने भनिएपनि आशंका देखिएको छ । सत्ता गठबन्धन जोगाउन ८ फागुनमा एमसीसी टेबल गर्ने सहमति सत्तारुढ दलका शिर्ष नेताले गरेका छन् । नेकपा एकीककृत समाजवादी पार्टीले स्थायी कमिटी बैठक डाकेर एमसीसी टेबल गर्ने पक्षमा निर्णय गरेको छ । तर, एसका नेता झलनाथ खनालले त्यसको खण्डन गरेका छन् । […]

एमसीसी : न वार न पार !

सत्ता गठबन्धनमा सहमति नजुटेपछि एमसीसी शुक्रबार पनि संसद्मा पेस भएन । प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले जतिसक्दो चाँडो एमसीसी संसद्मा लैजान जोडबल गरे पनि गठबन्धनका अरू दलले मानेका छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नै संसद्मा पेस गर्ने तयारी गरेका थिए। तर, गठबन्धनको माओवादी केन्द्र कुनै हालतमा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिएको छ। प्रधानमन्त्रीले 'जबर्जस्ती' संसद्मा पेस गरे ‘सत्ता छोड्ने' निर्णय उसले गरिसकेको छ। जसपाका नेता डा. बाबुराम भट्टराई एमसीसीका पक्ष

माओवादीले रोक्यो एमसीसी

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल हुने भनिए पनि टेबुल हुन सकेन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको कारण एमसीसी टेबल हुनबाट रोकिएको हो । माओवादीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नगरी एमसीसी टेबल गरे सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका हुन् । नेपाल समाचारपत्रमा खबर छ ।

एमसीसी लिन नलिन स्वतन्त्र छौं तर गिजोल्न हैन

एमसीसी, एमसीसी, एमसीसी ! यता फर्कियो एमसीसी, उता फर्कियो एमसीसी ! समाचार र सामाजिक सञ्जालमा एमसीसी, व्यक्तिगत भेटघाट र कुराकानीमा एमसीसी ! औपचारिक कार्यक्रममा एमसीसी, चियापसलमा एमसीसी ! मानौं कि एमसीसी निकै ठूलै/गतिलै खजाना हो । छिचोल्नै/बुझ्नै नसकिने असवाफको रहस्य हो । मानौं, एमसीसी धपाउन सके ठूलै बहादुरी/पराक्रम हुन्छ । मानौं, एमसीसी लागू भए देश […]

एमसीसी र नेपालको बाटो

अहिले एमसीसी परियोजनाको बहसले नेपाली राजनीति तरङ्गित भएको छ । यी बहसहरूको सेरोफेरोमा छिर्नुअघि एमसीसी परियोजनाको सङ्क्षिप्त जानकारी बुझ्नु जरुरी छ । सन् २००४ को जनवरीमा संयुक्त राज्य काँग्रेसले सुरुवात गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संयुक्त राज्य अमेरिकाको एक नयाँ विदेशी सहायता एजेन्सी हो । अमेरिकाको अन्य वैदेशिक सहायता कार्यक्रमहरूको भन्दा अझ प्रभावकारिता वृद्धि गर्न एमसीसी गठन गरिएको हो । आर्थिक वृद्धिको माध्यमबाट गरिबी निवारण गर्ने उद्देश्यका साथ सुशासन, आर्थिक स्वतन्त्रता र आफ्न

एमसीसी सम्झौताको भविष्य

केही वर्ष पहिलेसम्म नेपालमा खासै चर्चा नभएको एमसीसी परियोजना तीन चार वर्षदेखि चर्चामा छ । विशेष गरी २०७४ भाद्र २९ गते नेपालका तत्कालीन अर्थ मन्त्रीले अमेरिका नै गएर एमसीसी सम्झौतामा हस्ताक्षर गरेपछि यो विषय चर्चामा आएको हो । अमेरिकी सरकारको रणनीति र सामरिक योजनालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने परियोजना हो एमसीसी । पहिलेको ‘एसिया प्रशान्त रणनीति’ को नाम फेरेर यसलाई ‘हिन्द प्रशान्त रणनीति’ नाम दिइएको छ ।  एमसीसी त्यही ‘हिन्द प्रशान्त रणनीति’को ए

एमसीसी सैन्य प्रयोजन र हिन्द प्रशान्त रणनीति होइन: एमसीसी

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू हुने अमेरिकी कानुनले कुनै पनि सैन्य प्रयोजनका लागि अनुदान कोषको प्रयोग गर्नबाट निषेध गरेको स्पष्टीकरण दिएको छ । एमसीसीका उपाध्यक्ष फतिमा सुमानर नेपाल आउनुभन्दा एक दिन अगाडि अमेरिकाले राजदूतावासमार्फत सो स्पष्टीकरण दिएको हो । फतिमा आज बिहीबार काठमाडौं आई प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी ओली, पुुष्पकमल दाहाल र […] The post एमसीसी सैन्य प्रयोजन र हिन्द प्रशान्त रणनीति होइन: एमसीसी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.