स्थानीय चुनाव र हाम्रो नियति

नेपालका स्थानीय तहका लागि हुने चुनावले मानिसहरूलाई तरंगित पार्न थालिसकेको छ । उम्मेदवार छनोटदेखि कसले निर्वाचन जित्ला भन्ने विषयमा अड्कालबाजी र विश्लेषण हुन थालिसकेका छन् । चुनाव भन्नेबित्तिकै हाम्रो जस्तो अविकसित देशमा एक किसिमको पर्व जस्तै हुन्छ, किनकि पार्टीका कार्यकर्ताको लागि करीब १ महीना केही आर्जन गर्ने स्रोत बन्छ भन्दा केही फरक नपर्ला । यो १ महीना उनीहरूलाई न घरमा खाने फुर्सद हुन्छ न त रातमा घरमा फर्कने नै । सुरक्षा आदिका लागि सरकारले गर्ने खर्च, निर्वाचन आयोगले गर्ने खर्च र उम्मेदवारहरूले गरेको खर्चले अर्थतन्त्रलाई गति दिन्छ । प्रचारप्रसारका सामग्री आपूर्ति गर्नेहरूका लागि यो निर्वाचन आम्दानीको राम्रो स्रोत बन्छ । यही १ महीनाले विकासको गतिलाई असर गर्छ । चुनावमा नेताहरूले अनौपचारिक रूपमा जम्मा गरेको रकम बजारमा आउँछ । त्यो रकमको केही अंश औपचारिक अर्थतन्त्रमा पनि आउँछ । कार्यकर्ताहरूलाई मासुभात खुवाउने र आवश्यक केही रकम पनि दिने गरेको पाइन्छ । युवा पिढी बुझेर पनि तिनै नेताको पछि लागेर आवश्यक परे विरोधीहरूको ठूलो पक्षसँग मारमुंग्री गर्न पछि पर्दैनन् । अल्पविकसित राष्ट्रहरूमा यस्तो समस्या बढी हुन्छ । हुन त हो आफूले समर्थन गरेको पार्टीको नेतालाई जिताउन आफूले सकेको प्रयास गर्नुपर्छ तर झगडा गरेर होइन । सम्झाउन प्रयास गर्नुपर्छ । सम्झाउँदा नभए आफ्नो बाटो लाग्न सक्नुपर्छ । हामीले के बुझ्नुपर्छ भने देश हामी सबैको साझा हो र हामी सबैलाई आफूलाई मन परेको पार्टीलाई समर्थन गर्नु हाम्रो अधिकार छ । नेताहरूले पनि आफ्ना कार्यकर्तालाई सम्झाइबुझाई भोट दिलाउने प्रयास गर्नुपर्छ तर झगडा र काटमार हुन दिनु हुँदैन । यसले लोकतन्त्रलाई बलियो बनाउँदैन । निर्वाचनका बेलामा जेजस्तो गरेर भए पनि जनताको भोट लिने तर जितेपछि जनतालाई चटक्क बिर्सने प्रवृत्तिले गलत हो । निर्वाचनमा पराजय बेहोर्नेले पनि जनतामाझ जान छाड्नु हुँदैन । तर, उनीहरू पनि ५ वर्ष हराउने गर्छन् र चुनावका बेलामात्र जनतामाझ अनेक आश्वासन लिएर जान्छन् तर काम चाहिँ केही पनि गर्दैनन् । नेताले आफू जित्न पैसाको खोला बगाउँछन् । त्यो पैसा उठाउन उनीहरूले भ्रष्टाचार गर्ने गर्छन् । यस्ता व्यक्तिलाई जिताउनु भनेको भ्रष्टाचारलाई मान्यता दिनु हो । हामी जनताल आफ्नो शक्ति प्रयोगगर्ने सही समय निर्वाचन नै हो । निर्वाचनबाट नै खराब नेतालाई पराजित गरेर दण्डित गर्नुपर्छ भने काम गर्ने नेतालाई अवसर दिनुपर्छ । कतिपय मानिसमा हार्नेलाई भोट दिएर किन आफ्नो भोट खेर फालूँ भन्ने सोच पनि पाइन्छ । तर, हामी यो विचार गर्दैनौं कि राम्रो मानिसले जीवनमा पैसाभन्दा इज्जतलाई महत्व दिएका हुन्छन् । राजनीतिमा यस्ता राम्रा मानिस नभएका होइनन् । तर, तडकभडक गर्नेलाई जनताले मत दिने भएकाले असल नेताहरूले निर्वाचनका बेला टिकट नै नपाउने अवस्था छ । यस्ता असल नेतासंग कार्यकर्तालाई मासुभात खुवाउने र पैसा दिने सामथ्र्य हुँदैन । त्यसैले उनीहरू घरदैलो कार्य गर्दा कार्यकर्ताको भीड हुँदैन । त्यसैले कार्यकर्ताको भीड हेरेर होइन नेताको चालचलन बुझेर आफ्नो विवेकको प्रयोग गर्नुपर्छ । यसो भयो भने स्थानीय तहको विकास सम्भव हुन्छ । जनताका सानातिना समस्याको सहज सम्बोधन पनि हुन्छ । नेताहरू जनताप्रति उत्तरदायी बन्न पनि थाल्छन् । पार्टी र नेताहरूको भाषण र घोषणापत्र सुरक्षित गरेर राखनुपर्छ र अर्को निर्वाचनमा त्यो देखाएर उनीहरूलाई र्‍याखर्‍याख पार्न सकिन्छ । उनीहरूलाई सही काम गर्न बाध्य पार्न पनि सकिन्छ । यसरी नेताहरूलाई आफ्नो कर्तव्यप्रति सजग पार्न सकिन्छ । यसले नेताहरूलाई भ्रष्ट बन्नबाट पनि रोक्छ । त्यसैले समाजको सजगता नै देस विकासको प्रमुख आधार हो र यो काम हाम्रो समाजले जति चाँडो गर्न सक्यो उत्ति नै चाँडो देश विकासले गति लिन्छ । मुख्य कुरा हामीले मनमा के सोच के राख्नुपर्छ भने देशले मलाई के दियो भन्नु भन्दा पनि मैले देसलाई के दिन सक्छु वा मैले देसलाई के दिएँ भनेर मनमा सधैं राख्नुपर्छ । बढ्दो आयातले विदेशी विनिमय सञ्चिति घटेर हाम्रो देश अहिले संकटको मुखमा पुग्न लागेको छ । यस्तो बेला हुन लागेको निर्वाचनमा नेतृत्व चयन गर्दा विशेष ध्यान दिनुपर्छ । अहिले कुन पार्टीले कस्तो घोषणा पत्र निकाल्छ भन्ने कुरामात्र हेरेर हुँदैन । भनेको काम गरेको छ कि छैन हेर्नुपर्छ । अघिल्लो निर्वाचनमा असम्भव मीठामीठा कुरा घोषणापत्रमा लेखे । तर, निर्वाचन जितेर कार्यकाल समाप्त हुँदा पनि केही गरेको पाइँदैन । उल्टै अरूलाई दोष लगाएर आफूले काम गर्न नपाएको दाबी गर्दै छन् । यस्ता नेतृत्व फेरि मत माग्न आए पनि जनताले प्रश्न गर्नुपर्छ । घोषणा गरेअनुसार किन काम नगरेको भनेर सोध्नैपर्छ । आफूले अवसर पाउँदा कार्य गरेको छ कि छैैन त्यसको मूल्यांकन गरेर मात्र भोट दिनुपर्छ । हुन त यो स्थानीय चुनाव हो र यसमा जितेका नेताहरूले राष्ट्रिय नीति बनाउने होइन । तर, स्थानीय विकासको नीति नियमहरू व्यवहारमा ल्याउने काम यिनीहरूको हो । स्थानीय विकास नै देश विकासको प्रमुख आधार हो र उनीहरूले गरेको राम्रो कामले नै उनीहरूभन्दा माथिल्ला नेताहरूलाई काम गर्न एक किसिमले दबाब दिन्छ । अहिले स्थानीय तहलाई निकै अकिकार सम्पन्न बनाइएको छ । तर, त्यो अधिकारको प्रयोग सही तरीकाले नहुँदा मुलुकले लिएको लक्ष्य पूरा हुन सकेको छैन । गाउँ गाउँमा सिंहदरबार त पुग्यो तर सँगसँगै भ्रष्टाचार पनि गाउँगाउँ पुग्यो । संघीयतापछि स्थानीय तहको यो निर्वाचन दोस्रो हो । यस निर्वाचनमा अघिल्लो निर्वाचनमा गरेका गल्तीलाई सच्याउने अधिकार जनताको हातमा छ । त्यसैले सही नेतृत्व छानेर विकासलाई गति दिनुपर्छ । लेखक नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी हुन् ।

सम्बन्धित सामग्री

बाजुराको बूढीगंगामा स्थानीय चुनाव अझै अनिश्चित

काठमाडौँ । देशका ७५२ स्थानीय तहमा निर्वाचन भई नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्दै कामकाज सुरु गरिसक्दा पनि बाजुराको बूढीगंगा नगरपालिकामा भने स्थानीय चुनाव अनिश्चित बन्दै गएको छ। वैशाख ३० मा भएको स्थानीय चुनावमा फर्जी मत खसेको भन्दै मतगणना गरिएको थिएन। निर्वाचनका बेला सुरक्षा निकायको लापरबाही देखिएको भन्दै प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख […]

स्थानीय चुनाव एमालेको लागि महाभारत हो : भुसाल

एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका लागि महाभारत भएको बताएका छन् । रुपन्देहीको तिलोत्तमामा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय चुनाव एमालेका लागि महाभारत भएपनि विजय हासिल गरेरै छाड्ने बताएका हुन् ।उनले महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको लडाई जस्तै  स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा  रहेको बताए । नेता निर्वाचनमा सत्य र न्यायको लडाई भएको बताए ।

प्रचण्डले भने, ‘स्थानीय चुनाव हाम्रो लागि लडाइँ हो, अरुका लागि चुनावमात्रै हो’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ स्थानीय चुनाव माओवादीका लागि लडाई भएपनि अरुलाई चुनावका लागि चुनाव मात्रै भएको बताएका छन् । पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले प्रचारको भीषण आक्रमण थालेर चुनावमा लाग्न आग्रह गरे।‘यो चुनाव अरुको लागि चुनाव हो । हाम्रो लागि लडाइ हो’ प्रचण्डले भने,‘अहिलेका परिवर्तनका उपलब्धि रक्षाका लागि माओवादीले चुनाव जित्नै पर्ने छ। संघीय लोकतान्त्रिक माओवादीले ल्याएको हो। त्यसको रक्षा गर

माधव नेपालले गरे स्थानीय चुनाव सर्न सक्ने संकेत

काठमाडौं, २६ चैत्र । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ३० वैशाखमा गर्ने तय भएको स्थानीय चुनाव सर्नसक्ने संकेत गरेका छन् । उनले २०७९ को असोजमा मात्र ५ वर्ष कार्यकाल पूरा हुने जनप्रतिनिधिहरुको संवैधानिक अधिकार हरण भएको भन्दै त्यस्तो संकेत गरेका हुन् । संविधानले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुने व्यवस्था गरेको […]

स्थानीय चुनाव दलीय आधारमा हुनुहुन्न : त्रिपाठी

बुटवल । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय निर्वाचन दलीय आधारमा हुन नहुने बताएका छन् । भैरहवामा बिहीबार (आज) आयोजित पत्रकार भेटघाटमा अध्यक्ष त्रिपाठीले सङ्घ र प्रदेशको चुनाव दलीय आधारमा उचित भए पनि स्थानीय चुनाव दलीय आधारमा गर्न नहुने बताए । उनले स्थानीय चुनावमा आफ्नो दल एक्लै लड्ने समेत बताएका छन् । अर्थतन्त्र […]

जेठ ४ मा स्थानीय चुनाव गर्न प्रधानमन्त्री देउवा र आयोगबिच समझदारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबिच आगामी जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्ने विषयमा समझदारी बनेको छ । आज (मंगलबार) आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए भने आयोगले पनि त्यही मितिमा निर्वाचन गर्न सकिने परामर्श दिएको थियो […]

आगामी जेठ महिनाभित्रै स्थानीय चुनाव गर्ने सत्तारुढ गठबन्धनको निर्णय

सत्ता गठबन्धनको बैठकले आगामी जेठ महिनाभित्रै स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । निर्वाचन आयोग लगायत निकायबाट स्थानीय तहको चुनावको मिति तोक्न ताकेता भइरहेका बेला शनिवार गठबन्धनको बैठक बसेको हो । बैठकले जेठ महिनाभित्रै स्थानीय चुनाव सम्पन्न गर्न सिफारिस गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैशाखमै स्थानीय चुनाव हुने प्रचण्डको संकेत

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनाव बैशाखमै  हुने संकेत गरेका छन् । शनिबार बस्ने पाँच दलीय गठबन्धनको बैठकले यसबारे टुंगो लगाउने भएको छ । माओवादी अध्यक्ष प्रचण्ड बैशाखमा स्थानीय चुनाव गर्न तयार देखिएका छन् ।शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेपछि अध्यक्ष प्रचण्ड  सिंहदरबारमा माओवादीका ६ मन्त्रीहरुसँग बैठक बसेका थिए । त्यहाँ उनले अब चाँडै निर्वाचन आचारसंहिता लाग्न सक्ने मन्त्रीहरुलाई बताए ।सरकार सञ्चालनसम्बन्धी माओवादीद्वा

स्थानीय चुनाव अगाडि प्रतिनिधिसभाको गर्न खोजिए एमालेले ‘बहिष्कार गर्ने’

काठमाडौं, ७ माघ । स्थानीय निकायको निर्वाचन अगाडि प्रतिनिधि सभाको निर्वाचन गर्न खोजिए नेकपा एमालेले बहिष्कार गर्ने संकेत गरेको छ । एमालेका नेताहरुले वैशाखमा प्रतिनिधि सभाको चुनाव गरेर पछि मात्र स्थानीय चुनाव गर्न खोजिए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिइसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवालीलगायतले स्थानीय चुनाव पछि […]

वैशाखमै स्थानीय चुनाव गर्न गठबन्धन सहमत

काठमाडौँ । सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको छ । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् ।‘सबै दल संविधानअनुसार समयमै चुनाव गर्न सहमत भएको बुझियो । केही प्राविधिक विषय मिलाउन अर्को बैठक बिहीबार बस्ने निर्णय भएको छ,’ सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्ल