प्रधानमन्त्री हुने नेता सिंहको चाहना, भन्छन्– देश कसरी कायापलट गर्ने देखाउँछु

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘फस्र्ट म्यान’ बनेर देशको विकास गर्ने चाहना रहेको बताए ।...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको भारत भ्रमण : पञ्चेश्वरलाई टुंगोमा पुर्‍याउने सहमति

काठमाडौं । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) छिट्टै टुंगोमा पुर्‍याउन नेपाल र भारतका प्रधानमन्त्री सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने (शुक्रवार–आइतवार) भारत भ्रमणको क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई छिट्टै टुंगो लगाउने सहमति भएको हो । सोसम्बन्धी काम तथा द्विपक्षीय छलफललाई तीव्रता दिन सम्बन्धित अधिकारीहरूलाई निर्देशन समेत दिइएको छ । उक्त आयोजनाबाट दुवै देशका जनतालाई फाइदा हुने भएकाले यसलाई टुंगोमा पुर्‍याउन सहमति भएको शनिवार नेपाल र भारत सरकारले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विशेषगरी नेपालसहित भारतको गुजरातमा सिँचाइ सेवा पुर्‍याउने गरी  आयोजनाको निर्माण गरिने बताइएको छ । ६ हजार ४८० मेगावाट क्षमताको उक्त आयोजना बनाउन सके नेपालको अर्थतन्त्रमा कायापलट हुने जानकार बताउँछन् । भारतले पनि यसबाट उल्लेख्य लाभ पाउनेछ । यो आयोजना निर्माणको सम्बन्धमा दुवै देशबीच पटक पटक छलफल तथा विभिन्न सम्झौता समेत भएका छन् । तर, अझै पनि आयोजना बनाउने विषयमा ठोस प्रक्रिया अगाडि बढेको छैन । प्रधानमन्त्री देउवाको भ्रमणमा पञ्चेश्वर आयोजनालाई विशेष प्रस्तावको रूपमा अघि बढाइएको थियो । यस सम्बन्धमा दुई देशबीच कागजी सम्झौता भइनसके पनि आयोजना निर्माणको आवश्यक प्रक्रिया छिट्टै अघि बढाउन दुवै देशका सरकार तयार भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । ऊर्जाक्षेत्रमा नेपाल भारतले सहकार्य नै गर्नेगरी योसहित अन्य विभिन्न प्रारम्भिक सहमति पनि गरिएको छ । त्यसमा नेपालमा विद्युत् आयोजनाहरूको संयुक्त विकास, अन्तरदेशीय प्रसारण पूर्वाधारको विकास र ऊर्जा व्यापार लगायत क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्ने सहमति भएको छ । साथै दुवै देशको विद्युत् बजारमा उपयुक्त पहुँचसँगै राष्ट्रिय ग्रिडको समन्वयात्मक सञ्चालन, सूचनाप्रविधि र ज्ञानको आदानप्रदान गरिने सहमति भएको छ । यसैगरी सबै सहभागी पक्षहरूबीच पारस्परिक रूपमा शर्तहरूको अधीनमा बीबीआईएन फ्रेमवर्क अन्तर्गत आफ्ना साझेदार देशहरूलाई समावेश गर्न पनि दुवै देश सहमत भएका छन् । यस्तै नवीकरणीय ऊर्जा उत्पादन, जलविद्युत्लाई साझेदारीको आधारशिला बनाउन आ–आफ्नो राष्ट्रिय नीति बनाउने सहमति गरिएको छ । दुवै प्रधानमन्त्रीहरू संयुक्त भिजनको आधारमा परियोजनाहरू दु्रत गतिमा अगाडि बढाउन सहमत भएका छन् । उनीहरूले पारस्परिक सम्मान र समानताको आधारमा एकअर्काको राष्ट्रिय विकास र समृद्धिलाई निरन्तरता दिनेगरी सहमति गरेको बताइएको छ ।

प्रदेश नं २ मा समृद्धिका हरेक उपायलाई अवलम्बन गरिनेछ प्रधानमन्त्री : ओली

सिरहा - प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको कायापलट गर्ने महान अभियानमा सरकार जुटेको बताउनुभएको छ ।  धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियामा शनिबार आयोजित शहीद रामवृक्ष यादवको २४औँ स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “गरिबी, बेरोजगारी अन्त्य गरी देशको कायापलट गर्ने योजन...