कमजोर बन्दै नेपाली रुपैयाँ: अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

अमेरिकी डलरको मूल्यमा लगातार उकालो लागेको छ । डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो । […]

सम्बन्धित सामग्री

सस्तियो अमेरिकी डलर

काठमाडौं । नेपाली बजारमा बिहीवार अमेरिकी डलर केही कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले बुधवार अमेरिकी डलरको विक्रीदर १३१ रुपैयाँ १२ पैसा तोकेकोमा बिहीवारका लागि १३० रुपैयाँ २९ पैसा तोकेको छ । यसैगरी बुधवार प्रतिअमेरिकी डलर १३० रुपैयाँ ५२ पैसा खरीददर कायम भएकोमा बिहीवारका लागि १२९ रुपैयाँ ६९ पैसा तोकिएको छ । यसअघि गत शनिवारदेखि सोमवारसम्म अमेरिकी डलरको विक्रीदर १३० रुपैयाँ ४३ पैसा कायम भएको थियो । मंगलवार र बुधवार बलियो भएको डलर बिहीवार फेरि कमजोर बनेको हो । नेपाली मुद्रासँग स्थिर विनिमय दर रहेको भारतीय रुपया केही बलियो भएपछि नेपाली रुपैयाँ पनि बलियो भएको हो । बुधवार अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा ४४ पैसाले बलियो भई डलरसँगको विनिमय दर ८१ रुपया २५ पैसे कायम भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । गत कात्तिकमा नेपाली बजारमा डलरको मूल्यले कीर्तिमान कायम गरेको थियो । त्यस दिन एक डलरको विक्रीदर १३३ रुपैयाँ १४ पैसा पुगेको थियो । डलर मूल्यमा हुने उतारचढावबाट अर्थतन्त्रमा सकारात्मक नकारात्मक दुवै असर पर्छ । निर्यातमुखी तथा पर्यटन र रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई डलरको मूल्यवृद्धि हुँदा फाइदा हुन्छ । डलर कमजोर हुँदा फाइदा घट्छ । आयातमुखी र विदेशी ऋणमा आधारित अर्थतन्त्रलाई डलर कमजोर हुँदा फाइदा हुन्छ । डलर बलियो हुँदा मुद्रास्फीति र वित्तीय दायित्वमा दबाब पर्छ । नेपालको हकमा डलर कमजोर हुँदा बजार मूल्य घट्छ । नेपालले स्वदेशमै उत्पादन हुने कृषिवस्तुदेखि ठूलाठूला मेशिन औजारसमेत विदेशबाट आयात गर्छ । डलर सस्तो हुँदा आयात गरी आपूर्ति गरिएका वस्तुको मूल्य कम पर्न जान्छ । त्यसैगरी विदेशी ऋणको साँवाब्याज भुक्तानी पनि डलरमै गर्नुपर्ने हुँदा डलरको मूल्य घट्दा सरकारको वित्तीय दायित्व कम हुन्छ । ठूलाठूला विकास निर्माण आयोजनाको लागत घट्छ । डलर कमजोर हुँदा निर्यात र पर्यटन उद्योगको नाफा भने घट्छ । उनीहरूले विदेशीलाई विक्री गरेको वस्तु वा सेवाको भुक्तानी डलरमा लिन्छन् । त्यसैगरी रेमिट्यान्स प्राप्त गर्ने परिवारलाई पनि डलर कमजोर हुँदा घाटा हुन्छ । विदेशमा रहेका नेपालीले कमाएर पठाएको रकम स्वदेशी मुद्रामा प्राप्त हुने हुँदा उनीहरूको परिवारले पाउने रकम घट्छ ।

अमेरिकी डलर महंगो हुँदा कमजोर बन्दै नेपाली रुपैयाँ

काठमाडौं । शुक्रबार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । बिहीबार एकको खरिदमा १३१ रुपैयाँ ४१ पैसा र बिक्रीमा १३२ रुपैयाँ १ पैसा रहेको अमेरिकी डलर आज शुक्रबार बढेर खरिद मूल्य १३१ रुपैयाँ ४६ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ६ पैसा पुगेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिदमा १२७ रुपैयाँ ७७ पैसा र बिक्रीमा […]

नेपाली मुद्रा इतिहासकै कमजोर

काठमाडौं । विश्व अर्थतन्त्रमा अमेरिकी डलर बलियो हुँदै गएको छ । त्यसको असर नेपालमा पनि परेको छ । डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बिन्दुमा पुगेको छ । अमेरिकी डलरको मूल्य अधिमूल्य भएर नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको हो । आज नेपाल राष्ट्र बैंकले १ डलरको बिक्री मूल्य १२५.१६ रुपैयाँ तोकेको छ । या […]