भूकम्प प्रतिरोधी वडा कार्यालय भवन निर्माण

म्याग्दी, २५ असार । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको वडा कार्यालय भवन निर्माण भएको छ । लमसुङमा एक तले पाँच कोठे अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण भएको हो । भवन निर्माणका लागि विसं २०७७ मा थापा निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो । रु ५६ लाखमा ठेक्का सम्झौता भएको भवन निर्माणको काम १८ महिनामा सम्पन […]

सम्बन्धित सामग्री

साढे ६९ करोडको लगानीमा महानगरको नयाँ भवन बन्ने

काठमाडौं (अस) । काठमाडौं महानगरपालिले ६ रोपनी जग्गामा आफ्नै नयाँ भवन बनाउने भएको छ । रू. ६९ करोड ५८ लाखको लगानीमा महानगरले टेकुस्थित हाल महानगरको वातावरण विभाग रहेको स्थानमा भूमिगत तलासहित ८ तले भवन बनाउने भएको हो । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त भवनको शिलन्यास सोमवार गरेसँगै महानगरको नयाँ भवन भन्ने भएको हो । २०८० असोज मसान्तसम्ममा भवन बनाइसक्ने गरी महानगरले समानन्तर निर्माण सेवा प्रालिलाई ठेक्का दिएको छ । ३ हजार ८३ दशमलव ८२ वर्गफुट क्षेत्रफलमा भवन निर्माण हुन लागेको हो । भवन ६ हजार ६८३ दशमलव ३३ वर्ग मीटर क्षेत्रफलको हुनेछ । यसको अधिकतम ग्राउन्ड कभरेज ४० प्रतिशत हुनेछ । भवनमा १० जना क्षमताका दुईओटा लिफ्ट जडान हुनेछन् । भवनको डिजाइन सहरी योजना आयोग र सिनर्जी इन्जिनीयरिङ प्रालिले तयार पारेका हुन् । नयाँ भवनको भूमिगत तलामा ३० ओटा गाडी र ८० ओटा मोटरसाइकल पार्किङ गर्न सक्ने ठाउँ हुनेछ । मेकानिकल प्रविधिको प्रयोगबाट भूमिगत तलामा थप २५ ओटा गाडी पार्किङ गर्न सकिनेछ । भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग, वरिपरि खुल्ला ठाउँ र मौलिक वास्तु शैली भवनका मुख्य विशेषता हुने महानगरले उल्लेख गरेको छ । आकाशे पानी संकलन तथा संकलित पानीको शुद्धीकरण प्रणालीसहितको रिचार्ज पिट डिजाइनमा समावेश गरिएको छ । भवनको जमीन तलादेखि ७ तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुनेछ भने आठौं तलामा २ सय जना क्षमताको एउटा र १ सय जना क्षमताको एउटा गरी दुईओटा सभाहल पनि निर्माण गरिनेछ । भवनको शिलान्यासपछि मेयर शाक्यले पहिलो कार्यपालिका बैठकमा काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको बताए । अधिकांश वडा कार्यालय नवनिर्माण र पुनर्निर्माण भइसकेको उनको भनाइ छ । ‘हामीले हरिभवनमा केन्द्रीय कार्यालय बनाउने भनेका थियौं,’ शाक्यले भने, ‘मुद्दामामिलामा अल्झिनु परेकोले त्यहाँ भवन निर्माणको काम थाल्न पाएनौं, मुद्दा किनारा लागेपछि हामी त्यो भवनलाई पुनर्निर्माण गर्नेछौं ।’ महानगरको एकीकृत भवन नहुँदा छरिएका कार्यालयहरूबाट सेवा व्यवस्थापन गर्न समस्या भएको थियो । केन्द्रीय कार्यालय निर्माण भएपछि सेवा व्यवस्थापनमा सहजता हुने बताइएको छ ।