कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । आइतबार बसेको केन्द्रीय समितिको पहिलो बैठकले स्थानीय तह निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको हो । जसअनुसार स्थानीय निर्वाचनको तयारीका लागि सुशील श्रेष्ठको संयोजकत्वमा स्थानीय निकाय निर्वाचन परिचालन समिति गठन गरिएको छ । समितिको सदस्यहरूमा श्री तेजकुमार कुरुम्वाङ्ग, हरिकृष्ण श्रेष्ठ, राम नरेश यादव, , रामसुन्दर विष्ट, राजकुमार खड्का, खेमराज गौतम, ईर्साद आलम, ईश्वर श्रेष्ठ, ललित जोशी,