काठमाडौंमा मतपेटिका संकलन सुरु (फोटोफिचर)

काठमाडौं– आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा मतदान सकिएको छ । काठमाडौंका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको हो । मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य सुरु भएको छ । काठमाडौंका १० स्थानमा मतगणना हुने भएको छ । १० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुने […]

सम्बन्धित सामग्री

चार दिन बित्दा पनि हुम्लामा मतपेटिका संकलन हुन सकेन

काठमाडौं । हुम्लामा निर्वाचन भएको चार दिन बित्दा पनि मतपेटिका संकलन हुन सकेको छैन । प्रदेशसभा ख का मतपेटिकाहरू अझै सदरमुकाम आउन नसक्दा मत गणना पनि सुरु हुन सकेको छैन । सो क्षेत्रका ३४ केन्द्रका १ सय ३६ मतपेटिका सर्केगाड केन्द्रमा थन्क्याइएको छ । हेलिकप्टर उपलब्ध नहुँदा मतपेटिका सदरमुकाम सिमकोट लैजान नसकिएको महादेव माध्यमिक विद्यालय […]

खोटाङमा मतगणना राति ९ बजेदेखि सुरु

भौगोलिक रुपमा बिकट र पहाडी भेग रहेको खोटाङमा मतपेटिका संकलन गर्न समय लागेकाले गणना गर्न ढिला भएको हो।...

सिन्धुपाल्चोक १ को मतगणना रातिबाट मात्रै हुने

सिन्धुपाल्चोक १ मा मतपेटिका संकलन हुन समय लाग्दा मतगणना ढिला सुरु हुने भएको छ ।

म्याग्दीमा मतपेटिका संकलन सुरु

काठमाडौँ । आम निर्वाचनकाे निर्धारित समय सकिएलगत्तै म्याग्दीमा मतपेटिका संकलन कार्य सुरु भएकाे छ । निर्वाचन आयाेगले आइतबार प्रतिनिधि तथा प्रदेशसभा सदस्य चयनका लागि विहान ७ बजेदेखि साँझ ५ बजेकाे सम्मकाे समय ताेकेकाे थियाे । यद्यपि मतदानस्थल भित्र प्रवेश गरेकालाई मतदान गर्न दिइने आयाेगले जनाएकाे छ । छिटफुट घटनाबाहेक देशैभर शा्न्तिपूर्ण रुपमा निर्वाचन भएकाे आयाेगकाे […]

मतपेटिका संकलन भएकाे ठाउँमा आजै मतगणना हुने

काठमाडौं : निर्वाचन आयोगले अबेर रातीबाट मतपेटिका संकलन भएका ठाउँमा मत गणना सुरु हुने जनाएको छ। आइतबार आयोगले पत्रकार सम्मेलन गरि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो जानकारी दिएका हुन्।‘अबेर रातीबाट मतपेटिका संकलन भएका ठाउँमा आज नै मतगणना हुन्छ’,उनले भने।उनका अनुसार १२ः४५ सम्म ३२ प्रतिशत मतदान भएको छ। आज प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन जारी छ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा मतगणना सुरु

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा मतगणना सुरु भएको छ । सवै वडाबाट मतपेटिका संकलन हुन समय लागेका कारण ढिलो गरी मतगणना सुरु भएको हो । वडा नम्बर ९ को राडीमा रहेको...

काठमाडौं महानगरकाे मतपेटिका राष्ट्रिय सभागृहमा (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाको मतपेटिका राष्ट्रिय सभागृहमा राखिएको छ। शुक्रबार भएको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मतपेटिका संकलन गरी राष्ट्रिय सभागृहमा राखिएको हो । मतदान अधिकृतहरूले आफ्नो केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतलाई बुझाइरहेका छन् । सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतलाई बुझाई सकेपछि सर्वदलीय बैठक बसेर मध्यरातदेखि नै मतगणना सुरु हुने जनाइएको छ ।

मध्यपुर थिमी नगरपालिकामा विभिन्न मतदान स्थलबाट मतपेटिका संकलन गर्न सुरु

काठमाडौं : स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि चुन्न भएको मतदान सकिएको छ। आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो। मतदान सकिएपछि मुचुल्का उठाएर मतपेटिका सम्बन्धित मतगणना स्थलतर्फ लैजान सुरु गरिएको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा विभिन्न मतदान स्थलबाट मतपेटिका सम्बन्धित मतगणना स्थलतर्फ ओसार्न थालिएको छ।

काठमाडौंमा मतपेटिका संकलन कार्य सुरू (फोटोफिचर)

काठमाडौं, ३० बैशाख । काठमाडौंमा निर्वाचन सम्पन्न भएका मतदान केन्द्रबाट धमाधम मतपेटिका संकलनको कार्य सुरु भएको छ । आयोगले दिएको निर्धारित समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय अवधि सकिएको छ। आयोगका अनुसार मतदानका लागि लाइनमा बसेका मतदाताले अझै मत दिन पाउनेछन्। कतिपय स्थानीय तहमा मतदानका क्रममा विवाद हुँदा स्थगित भएको मतदान ढिलो गरि […]