काठमाडौं, पुस ३० । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआईपी) सार्वजनिक गरेसँगै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको उक्त विमानस्थल औपचारिक रूपमै देशको तेस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि गत जेठ […]