काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को एउटा निर्णयले नेपाली फ्रेन्चाइज टोलीलाई अप्ठ्यारोमा पारेको छ। प्रतियोगितामा सहभागी हुन नेपालका विभिन्न टोलीसँग अनुबन्ध भएका पाकिस्तानी खेलाडीको नो अब्जेक्सन लेटर (एनओसी) लाई लिएर पीसीबीले अतिरिक्त रकम मागेपछि उनीहरूको सहभागितामा समस्या उत्पन्न भएको छ । प्रतियोगिता सुरु भएपछि पीसीबीले आफ्ना प्रत्येक खेलाडीका […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन् । पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान् जन्मिन थालेको उनको टिप्पणी […]
धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले धादिङका दुर्गम बस्तीमा सडक पहुँचको समस्या रहेको भन्दै स्थानीयका गुनासा सुनेकी छन् । धादिङको ढुसिनी मजुवा पुगेकी सांसद तामाङसँग स्थानीयले गाउँसम्म पुग्ने सडकको समस्या सुनाएका थिए । स्थानीयले सडक निर्माणका लागि आवश्यक उपकरण जेसीबीसमेत गाउँको अर्को पारि मात्रै पुग्ने गरेको बताएका थिए । भौगोलिक कठिनाइका […]
काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु भएको छ । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म चल्छ । चोक्टे नारायण जात्राका नामले समेत चिनिने यस पर्वमा ब्रह्मा, विष्णु र महेश्वरका प्रतीक रहेका तीनवटा खट निकालेर विभिन्न टोल परिक्रमा गराइन्छ । यस जात्राको मुख्य विशेषता नै खटको अनौठो बनावट […]
काठमाडौं । काठमाडौंको मौलिक संस्कृति, परम्परा र सम्पदालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ आयोजना हुने भएको छ । मंगलबार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महोत्सवले काठमाडौंका मूर्त तथा अमूर्त सम्पदा र ओझेलमा परेका कथालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने बताइन् । उनले काठमाडौंलाई कथाको सहरका रूपमा परिचित गराउँदै […]