डा. किसन भण्डारी अनुभवी नेपाली चिकित्सक, शिक्षाविद् तथा सेन्ट्रल एसियाली क्षेत्रमा लामो समयदेखि क्रियाशील व्यक्तित्व हुन्। हाल उनी उज्बेकिस्तानस्थित एसिया इन्टरनेसनल युनिभर्सिटीमा डिनको जिम्मेवारी सम्हाल्दै अन्तर्राष्ट्रियस्तरको चिकित्सा शिक्षा प्रवर्द्धनमा सक्रिय छन्। मस्कोबाट एमबीबीएस पूरा गरेका डा. भण्डारीले किर्गिस्तानबाट न्युरो सर्जरीमा स्नातकोत्तर तथा जनस्वास्थ्यमा मास्टर्स अध्ययन गरेका छन्।
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेका हुन् ।
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम घेब्रेयससबीच भारतको नयाँ दिल्लीमा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ । भेटका क्रममा स्वास्थ्यमन्त्री शर्माले नेपालमा मानसिक स्वास्थ्य सेवाको सुदृढीकरण, प्रजनन स्वास्थ्य, आप्रवासी स्वास्थ्य, स्वास्थ्य बीमा कार्यक्रम तथा औषधि खरिद र व्यवस्थापन प्रणालीमा सुधार ल्याउन नेपाल सरकारले चालेका […]
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसले नेपालको स्वास्थ्य क्षेत्रमा देखिएको उच्च प्राथमिकता र प्रतिबद्धताको प्रशंसा गर्दै सरकारले अघि सारेका सुधार प्रयासहरू सकारात्मक दिशामा रहेको बताउनुभयो। उहाँले नेपालको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी, पहुँचयोग्य र गुणस्तरीय बनाउन डब्लुएचओको तर्फबाट निरन्तर प्राविधिक तथा रणनीतिक सहयोग उपलब्ध गराइने आश्वासन दिए।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्नुभएकाे छ। राष्ट्रपति पौडेलले शुक्रबार सोही अध्यादेश जारी गर्नुभएकाे हाे। राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदकाे सिफारिसमा सोही अध्यादेश जारी गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गरेकाे प्रेस विज्ञप्तिमा भनिएको छ।