स्थानीयका लागि दोर्दीखोला जलविद्युत् कम्पनीको आईपीओ आजदेखि निष्कासनमा

वैशाख १३, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीले आज (मंगलवार) देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीयमा जारी पूँजी रू. १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित दरका कुल १० लाख ५४ हजार २६० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका (साविकको भारते, अर्चलबोट, श्रीभञ्ज्याङ, नौथर पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार गाविस) का लागि आईपीओ निष्कासन गरेको हो । स्थानीयले छिटोमा वैशाख २७ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ११ गतेसम्म आईपीओ विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि सिद्धार्थ बैंक, बेसींशहर शाखा लमजुङ, ग्लोबल आइएमई बैंक, सेराबजार, दोर्दी शाखा, कामना सेवा विकास बैंक, बेसींशहर शाखा, लमजुङ, मुक्तिनाथ विकास बैंक, बेसींशहर शाखा, लमजुङ र एनएमबि बैंक, बेसींशहर शाखा लमजुङबाट आवेदन दिन सकिने व्यवस्था छ । यी सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

सम्बन्धित सामग्री

दोर्दीखोला जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँड, ९ जनालाई ११ कित्ता

काठमाडौं । दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणमा जारी गरेको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । बुधबार बिहान बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो ।   कम्पनीले जेठ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्कासनमा ल्याएको थियो ।...

दोर्दीखोला जलविद्युत् कम्पनीको आईपीओमा आवेदन खुल्यो

काठमाडौं । दोर्दीखोला जलविद्युत् कम्पनीले आजदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण सेयर निष्कासन गरिसकेर सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई छुट्ट्यइएको सेयर बाँडफाँड गरी बिक्री नभएको दुई लाख ९७ हजार ८४० कित्ता समेत सर्वसाधारणका लागि...

दोर्दीखोला जलविद्युत् कम्पनीले मंगलवारदेखि स्थानीयका लागि आईपीओ निष्कासन गर्ने

वैशाख १२, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीले मंगलवारदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीयमा जारी पूँजी रू. १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित दरका कुल १० लाख ५४ हजार २६० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका (साविकको भारते, अर्चलबोट, श्रीभञ्ज्याङ, नौथर पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार गाविस) का लागि आईपीओ निष्कासन गरेको हो । स्थानीयले छिटोमा वैशाख २७ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ११ गतेसम्म आईपीओ विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि सिद्धार्थ बैंक, बेसींशहर शाखा लमजुङ, ग्लोबल आइएमई बैंक, सेराबजार, दोर्दी शाखा, कामना विकास बैंक, बेसींशहर शाखा, लमजुङ, मुक्तिनाथ विकास बैंक, बेसींशहर शाखा, लमजुङ र एनएमबि बैंक, बेसींशहर शाखा लमजुङबाट आवेदन दिन सकिने व्यवस्था छ । यी सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।