दोर्दीखोला जलविद्युत् कम्पनीको आईपीओमा आवेदन खुल्यो

काठमाडौं । दोर्दीखोला जलविद्युत् कम्पनीले आजदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण सेयर निष्कासन गरिसकेर सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई छुट्ट्यइएको सेयर बाँडफाँड गरी बिक्री नभएको दुई लाख ९७ हजार ८४० कित्ता समेत सर्वसाधारणका लागि...

सम्बन्धित सामग्री

दोर्दीखोला जलविद्युत् कम्पनीको आईपिओको बाँडफाँट

काठमाडौँ। दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँट गरेको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आईपिओ)को बाँडफाँट भएको हो।

दोर्दीखोला आयोजनाले शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट शनिबारदेखि बिजुली उत्पादन परीक्षण थालिने भएको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको उक्त आयोजनाले हप्ता–दश दिनअघि सम्पूर्ण निर्माण पूरा गर्दै शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने भएको हो ।आयोजनाका साइड इन्चार्ज दीपक ज्ञवालीले भने, “हामीले आठ–दश दिनअघि नै आयोजनाको सम्पूर्ण निर्माण सम्पन्न गरेर भोलि शनिबारदेखि पाँच दिन जति बिजुली उत्पादन परीक्षण गर्न लागेका छौँ । पावर हाउ

दोर्दीखोला आयोजनाले शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने

लमजुङ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट शनिबारदेखि बिजुली उत्पादन परीक्षण थालिने भएको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको उक्त आयोजनाले हप्ता–दश दिनअघि सम्पूर्ण निर्माण पूरा गर्दै शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने भएको हो । आयोजनाका साइड इन्चार्ज दीपक ज्ञवालीले भने, ‘हामीले आठ–दश दिनअघि नै आयोजनाको सम्पूर्ण […]

स्थानीयका लागि दोर्दीखोला जलविद्युत् कम्पनीको आईपीओ आजदेखि निष्कासनमा

वैशाख १३, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीले आज (मंगलवार) देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीयमा जारी पूँजी रू. १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित दरका कुल १० लाख ५४ हजार २६० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका (साविकको भारते, अर्चलबोट, श्रीभञ्ज्याङ, नौथर पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार गाविस) का लागि आईपीओ निष्कासन गरेको हो । स्थानीयले छिटोमा वैशाख २७ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ११ गतेसम्म आईपीओ विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि सिद्धार्थ बैंक, बेसींशहर शाखा लमजुङ, ग्लोबल आइएमई बैंक, सेराबजार, दोर्दी शाखा, कामना सेवा विकास बैंक, बेसींशहर शाखा, लमजुङ, मुक्तिनाथ विकास बैंक, बेसींशहर शाखा, लमजुङ र एनएमबि बैंक, बेसींशहर शाखा लमजुङबाट आवेदन दिन सकिने व्यवस्था छ । यी सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

दोर्दीखोला जलविद्युत् कम्पनीले मंगलवारदेखि स्थानीयका लागि आईपीओ निष्कासन गर्ने

वैशाख १२, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीले मंगलवारदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीयमा जारी पूँजी रू. १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित दरका कुल १० लाख ५४ हजार २६० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका (साविकको भारते, अर्चलबोट, श्रीभञ्ज्याङ, नौथर पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार गाविस) का लागि आईपीओ निष्कासन गरेको हो । स्थानीयले छिटोमा वैशाख २७ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ११ गतेसम्म आईपीओ विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि सिद्धार्थ बैंक, बेसींशहर शाखा लमजुङ, ग्लोबल आइएमई बैंक, सेराबजार, दोर्दी शाखा, कामना विकास बैंक, बेसींशहर शाखा, लमजुङ, मुक्तिनाथ विकास बैंक, बेसींशहर शाखा, लमजुङ र एनएमबि बैंक, बेसींशहर शाखा लमजुङबाट आवेदन दिन सकिने व्यवस्था छ । यी सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

दोर्दीखोलाले वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने

२५ फागुन, लमजुङ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा यहाँ निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने भएको छ । जिल्लाको दोर्दी खोलामा निर्माणाधीन २७ मेगावाट क्षमताको सो आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र आगामी चैत महिनाभित्रमा परीक्षण गरेर वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने आयोजना प्रमुख मुना शाक्याले जानकारी दिए […]

तस्वीर : २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युतको नवनिर्मित पावर हाउस

लमजुङस्थित दोर्दी खोलामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको नवनिर्मित पावर हाउस । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माण भइरहेको यस आयोजना अनुमानित लागत रू. चार अर्ब ६४ करोड रहेको छ । तस्वीर :  रासस

अन्तिम चरणमा दोर्दीखोला आयोजना

लमजुङ । दोर्दी खोलामा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको अब तीन प्रतिशत मात्र काम बाँकी छ ।  आयोजना निर्माणको अधिकांश काम सम्पन्न गरिसकेको र हालसम्म ९७ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाका...

दोर्दीखोला जलविद्युत् आयोजनाको संरचना परीक्षण सुरु

लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजनाले संरचना परीक्षण सुरु गरेको छ । बाँधक्षेत्र अन्तर्गतका संरचना निर्माणको काम सम्पन्न गरिसकेको उक्त आयोजनाले बिहीबारदेखि खोलाको पानी सुरुङतर्फ डाइभर्सन गरी संरचना परीक्षण सुरु गरेको हो ।आयोजना प्रवद्र्धक हिमालयन पावर पार्टनर लिमिटेडले स्थानीय दोर्दी गाउँपालिकालाई पत्राचार गर्दै बिहीबारदेखि खोलाको पानी डाईभर्सन गरी आयोजनाको बाँध, इन्टेक र […]

दोर्दीखोला आयोजनाबाट चैतसम्ममा बत्ती बल्ने

लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले हालसम्म ९६ प्रतिशत निर्माण सम्पन्न गरेको छ।