राजस्थानमा फेरि राजनीतिक हलचल, भाजपा नेता बोलाइए दिल्ली

भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्षले शुक्रवार राजस्थानका नेताहरूलाई दिल्ली बोलाएका छन् ।  त्यसपछि राजस्थानको राजनीतिमा हलचल आउने आशंका गरिएको छ । नड्डालाई भेट्न गुलाबचन्द कटारिया र राजेन्द्र राठौर दिल्ली पुगिसकेका छन् ।  महत्त्वपूर्ण कुरा, राजस्थानको राजनीतिसम्बन्धी बैठकमा पूर्व मुख्यमन्त्री वसुन्धरा राजेलाई बोलाइएको छैन ।    नड्डाले यसअघि राजस्थानका भाजपा नेताहरूलाई दिल्ली बोलाउँदा त्यहाँ संकट चुलिएको थियो । अहिले पनि बोलाउँदा अब भाजपाले प्रदेशको राजनीतिमा परिवर्तन ल्याउन खोजेको अनुमान गरिएको ...

सम्बन्धित सामग्री

नेपालका राजनीतिक दलको जस्तो संस्कार दुनियाँमा कतै छैन- भाजपा नेता वर्द्धन

भारतीय जनता पार्टीका नेता हर्ष वर्द्धनले नेपालको राजनीतिक पार्टीको जस्तो संस्कार दुनियाँमा कतै नभएको बताएका छन् । शुक्रवारबाट शुरू भएको कांग्रेस महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिक दलबाट अन्य देशले प्रेरणा लिनुपर्ने बताएका हुन् ।  ‘एउटा पार्टीको महाधिवेशनमा शुभकामना दिन सबै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति छ,’ उनले भने, ‘यो अन्य देशमा हुँदैन, एकदमै नौलो हो, अन्य देशका राजनीतिक पार्टीहरूले पनि प्रेरणा लिनुपर्छ ।’ यस्तै नेपाल–भारतको सम्ब...

माधव नेपालसँग भेटेर भाजपा नेता चौथाइवालेले टुङ्ग्याए राजनीतिक भेटवार्ता

भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । माधव नेपालको पार्टीले औपचारिकता पाएकै दिन बिहीवार साँझ चौथाइवालेले नेता नेपालसँग भेटवार्ता गरेका हुन् । ‘काठमाडौंमा मेरो अन्तिम भेट वरिष्ठ कम्युनिस्ट नेता र नेपालका पूर्व प्रधानमन्त्री माधव नेपालजीसँग साँझ भएको थियो । द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने विषयमा फलदायी छलफल भयो,’ चौथाइवालेले ट्वीटरमा लेखेका छन् । आइतवार काठमाडौं आएका चौथाइवालेले प्र...

कांग्रेसको निमन्त्रणामा नेपाल आएका भाजपा नेता चौथाइवाले राजनीतिक भेटघाटमा व्यस्त

भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले सोमबार पनि राजनीतिक भेटघाट गरेका छन् । उनले सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई निवासमै पुगेर भेटवार्ता गरेका हुन् ।

कांग्रेसको निमन्त्रणामा नेपाल आएका भाजपा नेता चौथाइवाले राजनीतिक भेटघाटमा व्यस्त

भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले सोमबार पनि राजनीतिक भेटघाट गरेका छन् । उनले सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई निवासमै पुगेर भेटवार्ता गरेका हुन् ।

भाजपा नेता चौथाइवालेले भेटे अध्यक्ष ओलीलाई

काठमाडौँ– नेपाल भ्रमणमा रहेका सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । नेपाल पुगेसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका उनले आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट वार्ता गरेका छन् । उनले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल […]

भाजपा नेता भन्छन् : ओली ‘घर न घाट’ भएका छन्, भारतले चतुर कदम चाल्नुपर्छ

काठमाडौं । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमण्यन स्वामीले नेपालको तरल राजीतिक परिस्थितिमा भारतले चतुर कदम चाल्नुपर्ने बताएका छन् । भारतको राज्य सभाका सदस्य रहेका स्वामीले भारतले चतुर कदम चालेर नेपालको जारी तरल राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका हुन्। भारतले त्यसो गर्न नसके चीनले नेपालमा भूमिका बढाउने उनले बताएका छन्। अहिले प्रधानमन्त्री केपी शर्मा ओली ‘न घर न घाट’ को जस्तो अवस्थामा पुगेका बेला भारतले चतुर राजनीतिक कदम चाल्नुपर्ने उनको भनाइ छ । बीजेपीका केन्द्रीय कार्यसमिति सदस्य रहेका उनले नेपाल संभवतः अब लोकतान्त्रिक अवस्थामा फर्किने र गठबन्धन सरकार बन्ने भनी बिहीबार सामाजिक सञ्जालमार्फत् आफ्नो टिप्पणी सार्वजनिक गरेका हुन्। ‘ओली उनकै कदमका कारण अहिले ‘न घर न घाट’को अवस्थामा पुगेको हुँदा यहि बेला चिनियाँ प्रभावलाई निस्तेज पार्न भारतले केहि सिक्नैपर्छ,’ उनले भनेका छन्, ‘चिनियाँहरुले भूमिका बढाउने नै छन् त्यसैले सन्तुलन कायम राख्न भारतले निकै चतुर (मूर्खतापूर्ण होइन) राजनीतिक चाल चाल्नुपर्छ ।’ सर्वोच्च अदालतको मंगलबारको आदेशबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि नेपालमा नयाँ सरकार गठनका लागि कसरत सुरु भइरहेका बेला उनको यो भनाइ आएको हो । केही दिन अघि मात्रै भारतीय गृहमन्त्री अमित शाहको नेपालमा भाजपाको संगठन विस्तार गरेर सरकार बनाउने अभिव्यक्ति आएको थियो । सो अभिव्यक्तिको कडा आलोचना भइरहेका बेला सत्तारुढ भाजपाका अर्का नेताको विवादास्पद भनाई सार्वजनिक भएको हो ।