काठमाडौँ। काठमाडौँको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार असोज ३१ गते राति करिब १२ बजे काठमाडौँ महानगरपालिका–१६ स्थित माछापोखरी चोकको सडकखण्डमा दुई युवकबीच विवाद भई झगडा भएको थियो। झगडामा संलग्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौँको […]
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कुनै पनि व्यक्ति हुन नसक्ने बताएका छन्। नेतृत्वमा रहँदा आफूबाट गल्ती वा कमजोरी भए पार्टीले आफूलाई सभापति पदबाट हटाएर अघि बढ्नुपर्ने उनको भनाइ छ। शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले व्यक्तिका गलत कामको जिम्मेवारी पार्टीले लिन नसक्ने स्पष्ट पारे। उनले […]
म्याग्दी । असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना-खुर्कोट प्रसारणलाइन मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । विपद्का समयमा आकस्मिक रूपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण थालिएको छ । प्रसारण लाइनका तीन वटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका […]
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट आधिकारिक मान्यता पाएसँगै नेपाली क्रिकेटको विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरमा पुगेको जनाएको छ । शनिबार टीयु क्रिकेट ग्राउण्डमा आयोजित पत्रकार सम्मेलनमा क्यानमा सचिव पारस खड्काले एनपीएलले आईसीसीबाट आधिकारिक मान्यता पाएसंगै नेपाली क्रिकेटको उचाई बढेको बताएका हुन् । उनले नेपाल प्रिमियर लिग (एनपिएल) लाई फरक र नयाँ डाइनामिक्सका […]
RajdhaniDaily.com | काठमाडौं । सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूतमा नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार उनले छिट्टै नै काठमाडौं आएर आफ्नो कार्यभार -