राजावादीको हिंस्रक प्रदर्शनपछि गृहमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक

काठमाडौं– राजावादीहरूले शुक्रबार प्रदर्शनका नाममा लुटपाटसहित अराजकता मच्चाएपछि केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसिरहेको छ । गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसेको हो । बैठकले राजावादीको प्रदर्शनबारे रणनीतिक एजेन्डा बनाउने तयारी गरेको छ। बैठकमा गृहमन्त्री रमेश लेखक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, सुरक्षा प्रमुखहरू र गृह मन्त्रालयका उच्च अधिकारीसहित उपस्थित छन् । […]