भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटेको छ ।
हिजो भारतमा दुई लाख ५२ हजार आठ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो आइतवारको तुलनामा ५० हजारभन्दा धेरैले कमी भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण ६ सय १४ जनाको ज्यान गएको छ ।
गएको बिहीवार भारतमा तीन लाख ४७ हजार जनामा कोरोना पुष्टि भएको थियो । त्यसयता लगातार घटेको हो । पाँच दिनमै कोरोना सङ्क्रमितको सङ्ख्यामा २७ दशमलव २० प्रतिशतले कमी आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
...