राष्ट्रिय बीमा कम्पनी : कम्पनी विश्लेषण (बिहीवार, १३ जेठ २०७८)

राष्ट्रिय बीमा कम्पनीले हालसम्म पनि तोकेबमोजिमको चुक्ता पुँजी कायम गर्न सकेको छैन । हाल कम्पनीको चुक्ता पुँजी रु. २६ करोड ६६ लाख ३९ हजार रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रु. ३ अर्ब १० करोड ३३ लाख ५३ हजार रहेको छ । कम्पनीले यस अवधिसम्म रु. २७ करोड १२ हजार खुद नाफा गरेको छ । रु. १ अर्ब ३७ करोड ६३ लाख ३७ हजार कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले रु. १४ करोड ७४ लाख २९ हजार कुल दाबी भुक्तानी गरेको छ । २०७१ साल वैशाख २३ गतेको निर्णयबमोजिम राष्ट्रिय बीमा संस्थानसँग अलग भएर निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको कम्पनीको बीमा कोष रकम रु. २ अर्ब ३८ करोड ५० लाख २२ हजार छ । वार्षिक प्रतिशेयर आम्दानी रु. १३५ दशमलव शून्य २ रहेको कम्पनीको पछिल्लो कारोबार दिन अन्तिम शेयर मूल्य रु. २१ हजार ४९९ कायम भएको छ । निष्कर्ष कम्पनीको ४९ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको लामो सेतो शरीरको मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७५ दशमलव शून्य ६ बिन्दुमा छ । यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ७४६ दशमलव ८० बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम बढी हुन्छ भने प्रतिफल पनि बढी प्राप्त हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । मंगलबारको शेयर मूल्य रु. २१ हजार ४९९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २० हजार ३५०मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ४९ कारोबार दिनयताकै उच्च रहेको छ ।

सम्बन्धित सामग्री

बीमा कम्पनीको सीईओका लागि दर्खास्त आह्वान

२४ माघ, काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दर्खास्त आह्वान गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र सिलबन्दी आवेदन दिन सूचना निकालेको हो । दर्खास्त दिनका लागि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोतर वा सो सरहको […]

सङ्घीय निजामती कर्मचारीको सामूहिक दुर्घटना बीमा

काठमाडौँ। सरकारले सबै सङ्घीय निजामती कर्मचारीको ६ महिनाका लागि १० लाखको सामूहिक दुर्घटना बीमा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सहकार्यमा सामूहिक दुर्घटना बीमा गरेको हो ।  सङ्घीय निजामती कर्मचारीको दुर्घटना भई मृत्यु, स्थायी पूर्ण अशक्तता, स्थायी आंशिक अशक्तता, अस्थायी पूर्ण अशक्तता र औषधी उपचार गर्नु […]

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंकको एटीएम सञ्चालन

काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौंको रामशाहपथ स्थित राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्राङ्गणमा एटीएम सञ्चालनमा ल्याएको छ । सोमबार आयोजित एक कार्यक्रमकाबीच नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत र राष्ट्रिय बीमा कम्पनीका सञ्चालक समिति सदस्य प्रकाशकुमार अधिकारीले एटीएम बुथको उद्घाटन गरेका थिए । कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, […]

११ बीमा कम्पनी कारवाहीमा

बीमा समितिले आर्थिक वर्ष २०७६-०७७ को लेखापरीक्षण प्रतिवेदन तयार नपार्ने ११ बीमा कम्पनीहरुलाई जनही १० हजार रुपैयाँका दरले जरीवाना गर्ने निर्णय गरेको छ ।समितिले दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स […]

लेखा परीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनी कारबाहीमा

तोकिएको समयमा लेखा परीक्षण गराई प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीलाई बीमा समितिले कारबाही गरेको छ । समितिले राष्ट्रिय बीमा संस्थानसहित दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको हो । यी कम्पनीहरूलाई समितिले प्रतिकम्पनी जनही १० हजार रुपैयाँका दरले जरिवाना गर्ने नि

राष्ट्रिय बीमा कम्पनीले गर्‍यो सीईओ पदमा दरखास्त आह्वान

राष्ट्रिय बीमा कम्पनी लिमिटेड नयाँ प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । कम्पनीले आइतवार एक सार्वजनिक सूचना जारी गरेर प्रमुख कार्यकारी अधिकृत माग गरेको हो। प्रमुख कार्यकारी अधिकृतका लागि बीमा ब्यवस्थापन, वित्त, अर्थशास्त्रलगायत बिषयमा स्नातकोत्तर गरेको हुनु पर्छ। कम्तिमा ५ बर्ष ब्यवस्थापकीय काम गरेको अनुभव पनि हुनु पर्छ। आफूले बढेको शैक्षिक योग्यता अनुसार अनुभव १५ वर्षसम्मको अनुभव हुनु पर्छ। आवेदन आगामी १५ दिनभित्र दिनु पर्छ। त्यतिबेलासम्म उमेर ६५ बर्ष नाघेको हुनु हुँदैन। कम्पनीले प्रमुख कार्यकारी अधिकृत...

राष्ट्रिय बीमा कम्पनीको सीईओ पदका लागि दरखास्त आह्वान

१२ मंसिर, काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान भएको छ । पदपूर्तिसम्बन्धी आज प्रकाशित सूचनामा लेखिएअनुसार ६५ वर्ष ननाघेका व्यक्तिहरुले आजको मितिबाट १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । यसअघि राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारका उपसचिव डा. डिल्लीराज अर्याल प्रमुख कार्यकारी अधिकृत थिए । केपी शर्मा […]

राष्ट्रिय बीमा कम्पनी आठौँ वर्षमा

राष्ट्रिय बीमा कम्पनी लिमिटेड सोमबारदेखि सातौँ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आठौँ वार्षिकोत्सवका अवसरमा एक कार्यक्रम आयोजना गरी मनाएको छ । कोरोनाका कारण औपचारिक कार्यक्रम गर्न नसकिएको र अनौपचारिक रूपमा कम्पनीको सञ्चालक समितिको कार्यकक्षमा कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

राष्ट्रिय बीमा कम्पनीले आठौं वार्षिकोत्सव मनाउँदै

काठमाडौं : राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आज आठौं वार्षिकोत्सव मनाउँदैछ। नेपाल सरकारको लगानीमा २०२४ साल पुस १ गते राष्ट्रिय बीमा संस्थानको स्थापना भएको थियो। सोही सालको फागुन ११ गतेदेखि निर्जीवन बीमा ब्यवसायको कारोबार शुरु भएको थियो।बीमा ऐन २०४९ मा जीवन तथा निर्जीवन बीमा ब्यवसाय एउटै संस्थाले गर्न नपाउने व्यवस्था गरेपछि राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभागलाई अलग संस्थाबाट सन्चालन गर्न निर्णय गरेबमोजिम राष्ट्रिय बीमा कम्पनी लिमिटेडको स्थापना भएको थियो। त्यसपछि २०७१ साल साउ