काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले चाडपर्व लक्षित सुरक्षा तयारी सुरु गरेको छ । नजिकिँदै गरेको दशैं, तिहार, छठ लगायतका चाडपर्वमा हुन सक्ने दुर्घटना न्युनिकरण र ट्रफिक व्यवस्थापन सम्बन्धमा आज पत्रकारसँग छलफल गरिएको हो । कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले पत्रकारसँग सुझाव माग्नु भएको थियो भने ट्राफिक प्रहरीको भावी […]