नाडालले जिते २२औं ग्राण्डस्लाम उपाधि

२३ जेठ, काठमाडौं । स्पानिस टेनिस स्टार रफायल नाडालले फ्रेन्च ओपनको उपाधि जित्दै कीर्तिमानी २२औ ग्राण्डस्लाम उपाधि जितेका छन् । ३६ वर्षीय नाडालले आइतबार फ्रान्सको पेरिसस्थित रोलान्ड ग्यारोमा भएको वर्षको दोस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगितामा नर्वेका क्यास्पर रुडलाई ६-३, ६-३, ६-० ले सहजै पराजित गर्दै यस वर्षको दोस्रो र समग्रमा १४औं पटक फ्रेन्च ओपनको उपाधि जितेका […]

सम्बन्धित सामग्री

जोकोभिचले जिते छैटौं विम्बल्डन टेनिसको उपाधि

एजेन्सी। विश्व नम्बर एक नोभाक जोकोभिचले इटालीका माट्टेयो बेरेट्टिनीलाई ३–१ ले हराउँदै विम्बल्डन टेनिसको उपाधि जितेका छन्। ३४ वर्षे सर्वियाका जोकोभिचको यो छैटौं विम्बल्डन उपाधि हो। उनले सातौं वरीयाताप्राप्त बेरेट्टिनीलाई ६–७(४/७), ६–४, ६–४, ६–३ को सेटमा हराएका हुन्। जितसँगै जोकोभिचले रोजर फेडेरर र राफेल नाडालको सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने कीर्तिमानसँग बराबरी गरे। तीनै जनाले २० ग्राण्डस्लाम उपाधि जितेका छन्।

फेडरर र नाडालको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा जोकोभिच

एजेन्सी।विश्व नम्बर एक नोभाक जोकोभिच आज विम्बल्डन टेनिसको उपाधिका लागि इटालीका माट्टेयो बेरेट्टिनीविरुद्ध प्रतिस्पर्धा गर्दैछन्। सर्बियाका ३४ वर्षे जोकोभिचले लन्डनमा आज जिते सबभन्दा धेरै २० पटक ग्राण्डस्लाम उपाधि जित्ने फेडेरर र नाडालको कीर्तिमानसँग बराबरी गर्नेछन्। पाँच पटक विम्बल्डन उपाधि जितिसकेका जोकोभिचले यसअघि लगातार दुई पटक उपाधि जितेका छन्। यो वर्ष जोकोभिचले अष्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जितिसकेका छन्।

११ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जिते नाडलले

फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनिस राफेल नाडलले जितेका छन् । फ्रान्सको पेरिसमा भएको फाइनलमा अष्ट्रियाका डोमिनिक थिइमलाई ३–० को सोझो सेटमा हराउँदै विश्व नम्बर एक नाडलले करियरको १७ औं ग्राण्डस्लाम उपाधि जितेका हुन् ।  नाडलको यो ११ औं फ्रेन्च ओपन उपाधि हो । पहिलो पटक मुख्य उपाधिको फाइनल खेलेका थिइमलाई नाडलले ६&nd...

फेडेररले जिते २० औं ग्राण्डस्लाम उपाधि

१४ माघ, काठमाडौं । स्वीस रोजर फेडेररले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । यो उनको छटौं अष्ट्रेलियन ओपन हो भने २० औं ग्राण्डस्लाम । ३६ वर्षीय फेडेरेर मार्टिन सेलिनलाई ६-२, ६७, ६-३, ३-६ र ६-१ को सेटमा पराजित गरे ।