वामगठबन्धनका अगुवा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक मुलुकको नेतृत्व गर्ने अवसर पाएका छन् । प्रतिनिधिसभा निर्वाचनमा ठूलो मतान्तरले विजयी भएका ओलीसामु थुप्रै चुनौती छन् । स्थानीयले पनि उनीबाट ठूलै आशा गरेका छन् । ओलीले प्रतिनिधिसभा चुनावमा कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार बढी मतान्तरले हराएका थिए ।
दमक बहुमुखी क्याम्पसका प्रमुख उत्तम भट्टरार्ई ओलीले अब छवि सुधार्नुपर्ने आवश्यकता ठान्छन् ।