नेप्से परिसूचकसँगै कारोबार रकम बढ्यो, हिमालयन बैंकको संस्थापक शेयरको सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । यस दिन परिसूचक ११ दशलमव २२ अंक बढेर १ हजार ८५८ दशमलव ७६ विन्दुमा पुगेको हो । सोमवार करीब रू. ९४ करोड बराबरको शेयर कारोबार भएकोमा मंगलवार बढेर रू. ९९ करोड ६५ लाख बराबरको कारोबार भएको हो । बजार घटेर तल्लो विन्दुमा आएकाले अब बजारमा विस्तारै खरीदकर्ता सक्रिय हुन थालेको जानकारहरू बताउँछन् ।  यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६९ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ४८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६१ प्रतिशत वृद्धि भएको छ ।  मंगलवार २८५ धितोपत्रको ४३ लाख ३१ हजार २२९ कित्ता शेयर ४० हजार ६ सय पटकमा रू. ९९ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ८ दशमलव १६ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६८९ पुगेको हो । शेयर मूल्य सर्वाधिक बढ्ने सूचीमा दोस्रोमा रहेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड छ । कम्पनीको शेयर मूल्य ५ दशमलव २८ प्रतिशत बढेर रू. २५७ पुगेको छ ।  मंगलवार सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले ओगटेको छ । यस कम्पनीको शेयर मूल्य ८ दशमलव २६ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.९५५ मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ९९ प्रतिशत घटेर रू. ७०७ दशमलव ९० कायम भएको छ ।  यस दिन सर्वाधिक शेयर खरीदविक्री हिमालयन बैंकको संस्थापक शेयरको भएको छ । कम्पनीको रू. ९ करोड १६ लाख बराबरको संस्थापक शेयर कारोबार भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा माछापुच्छ्रे बैंकको रू. ६ करोड ३८ लाख बराबरको भएको छ ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये निर्जीवन बीमा समूहको परिसूचक शून्य दशमलव १८ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसुचक बढेको हो । बढ्नेमा सबैभन्दा बढी लगानी समूहको परिसूचक १ दशमलव ५१ प्रतिशत वृद्धि भएको छ ।   

सम्बन्धित सामग्री

यो साता करीब ८ अर्बले घट्यो कारोबार रकम, लगानीकर्ताले २० अर्बभन्दा बढी गुमाए

काठमाडौं । यो साता नेप्से परिसूचकसँगै बजारका महत्त्वपूर्ण सूचकहरू गत साताको तुलनामा घटेका छन् । यो साता धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से परिसूचक गत साताको तुलनामा शून्य दशमलव ६३ प्रतिशत अर्थात् १२ दशमलव ९३ अंकले घटेको छ ।  यो साता एक दिन सार्वजनिक बिदा परेकाले चार दिन मात्र बजार खुला भएको थियो । चार कारोबार दिनमा पहिलो कारोबार दिन १७ दशमलव शून्य १ अंक घटेको बजार दोस्रो दिन १० दशमलव १४ अंक बढेको थियो । त्यस्तै तेस्रो दिन १० दशमलव ८३ अंकले घटेको बजार चौथो दिन ४ दशमलव ७८ अंकले बढेर बन्द भएको छ ।  गत साताको अन्तिम कारोबार दिन २ हजार ४८ दशमलव ५७ अंकमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ३५ दशमलव ६४ विन्दुमा बन्द भएको हो । ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स अघिल्लो साताभन्दा १ दशमलव ७३ प्रतिशत घटेर ३५९ दशमलव शून्य ९ विन्दुमा झरेको छ । यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको ब्रोकरहरू बताउँछन् । सरकारले नै विशेष चासोका साथ धितोपत्र बजारलाई हेरिरहेको अवस्थामा लगानीकर्ता केही आशावादी देखिएको ब्रोकरहरूको बुझाई छ । बजारमा पर्याप्त तरलता र कम ब्याजदरका बावजुत पनि लगानीकर्ता उत्साहित नहुनुको पछाडि अस्थिर नीति रहेको ब्रोकरहरू बताउँछन् ।  यतिबेला अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बजारसँग सम्बन्धित तीनओटै निकायबाट बजारको लागि तत्काल समाधान गर्न सकिने कामको प्रतिवेदन लिएका छन् । ती कामहरूको अध्ययन र आवश्यकतालाई लिएर तत्काल केही नयाँ नीति आउने सम्भावनालाई पनि गहनतापूर्वक लिएको लगानीकता बताउँछन् । धितोपत्र बजार सूचनामा आधारित बजार भएकाले यो क्षेत्रसँग जोडिएर आउने हरेक सूचनाले बजारलाई प्रभावित पार्ने भएकाले लगानीकर्ता यतिबेला पर्ख र हेरकै अवस्थामा रहनुपरेको बताउँछन् । अन्योलबीच यो साता चार कारोबार दिनमा ९ अर्ब ७३ करोड २३ लाख रुपैयाँभन्दा बढीको २ करोड ६५ लाख ६४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबारमा लगानीकर्ता सहभागी भएका छन् । गत साता भने पाँच कारोबार दिनमा १७ अर्ब ७१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको ५ करोड ३३ लाख ४२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम ७ अर्ब ९८ करोड ४५ लाख रुपैयाँभन्दा बढीले र कारोबार कित्ता २ करोड ६७ लाख ७७ हजारभन्दा बढीले घटेको छ । अघिल्लो साताभन्दा गत साता औसत कारोबार रकम १ अर्ब ११ करोडभन्दा बढीले र औसत कारोबार कित्ता ४० लाख २७ हजारभन्दा बढीले घटेको नेप्सेको तथ्याङ्कले देखाउँछ । गत साता औसतमा ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको १ करोड ६ लाख ६८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको ६६ लाख ४१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।  यो साता घटेको बजारमा लगानीकर्ताको सम्पत्ति मूल्य २० अर्ब ४९ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब २७ अर्ब ७६ करोड रुपैयाँ कायम भएको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।  सर्वोत्तम सिमेन्टको लगातारको सकारात्मक सर्किटले उत्पादन तथा प्रशोधनको परिसूचक करीब ८ प्रतिशत बढ्यो  यो साताको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक ७ दशमलव ८४ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन समूहसँगै म्युचुअल फण्डको शून्य दशमलव ९३ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३९ प्रतिशत र लगानी समूहको शून्य दशमलव २२ प्रतिशत परिसूचक बढेको छ ।  यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेपनि उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा भने आकर्षक वृद्धि देखिएको छ । यो समूहअन्तर्गत सूचीकृत सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य पहिलो कारोबार दिनदेखि नै सकारात्मक सर्किट लेभलमा वृद्धि भएसँगै समग्र समूहगत परिसूचकमा सकारात्मक प्रभाव परेको हो ।  हालसम्म सर्वोत्तम सिमेन्टको सात दिन कारोबार भएको छ । चैत ५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको कम्पनीको शेयर कारोबार चैत ६ गतेदेखि भएको हो । प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको सर्वोत्तम सिमेन्टको शेयर मूल्य सातांै कारोबार दिनसम्म आइपुग्दा १ हजार ८२ रुपैयाँ ७० पैसा कायम भएको छ । यो साता लघुवित्त समूहको परिसूचक सर्वाधिक घटेको छ । लघुवित्तको ३ प्रतिशत परिसूचक घटेको हो । त्यस्तै वित्तको २ दशमलव १४ प्रतिशत, विकास बैंकको २ दशमलव शून्य ७ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ९९ प्रतिशत, बैंकिङको १ दशमलव ८७ प्रतिशत, जीवन बीमाको १ दशमलव ६५ प्रतिशत, व्यापारिकको १ दशमलव ५९ प्रतिशत, अन्यको शून्य दशमलव ६८ प्रतिशत र होटल तथा पर्यटन समूहको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक घटेको छ ।  स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

यो साता करीब १० प्रतिशत घट्यो कारोबार रकम, लगानीकर्ताले करीब २५ अर्ब गुमाए

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा गत साताको तुलनामा करीब १० प्रतिशत कम कारोबार भएको छ । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार गत साता २५ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको ७ करोड ५४ लाख ४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २३ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको ६ करोड ४५ लाख ४३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।  गत साताको तुलनामा यो साता कारोबार रकम २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी र कारोबार कित्ता १ करोड ८ लाख ६० हजारभन्दा बढीले घटेको हो । औसतमा यो साता ४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँभन्दा बढीको १ करोड २९ लाख ८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साता औसतमा ५ अर्ब १९ करोड ९९ लाख रुपैयाँभन्दा बढीको १ करोड ५० लाख ८० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । औसतमा यो साता गत साताको तुलनामा कारोबार रकम ५१ करोड ५८ लाख रुपैयाँभन्दा कम र कारोबार कित्ता २१ लाख ७२ हजारभन्दा कम भएको हो ।  समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक पनि यो साता १७ दशमलव शून्य ८ अंक तल झरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ८४ दशमलव शून्य ९ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६७ दशमलव शून्य १ विन्दुमा झरेको हो ।  यो साता पाँच कारोबार दिनमा नेप्से परिसूचक शुरुका तीन कारोबार दिन निरन्तर बढेको थियो भने पछिल्लो दुई कारोबार दिन निरन्तर घटेको थियो । पहिलो कारोबार दिन १० दशमलव ३७ अंक, दोस्रो दिन १० दशमलव २६ अंक र तेस्रो कारोबार दिन १४ दशमलव ८८ अंक बढेको नेप्से चौथो कारोबार दिन २१ दशमलव ६७ अंक र पाँचौं कारोबार दिन ३० दशमलव ९२ अंक घटेको हो ।  लगानीकर्ता बजार अझै माथि जाने आशामा रहेको देखिए पनि बजारमा माग भने बढ्न नसकेको अवस्था छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि लगानीको माग भने कम रहेको बैंकरहरू बताउँछन् । यस वर्ष सूचीकृत कम्पनीहरूको लाभांशमा आकर्षित हुने अवस्था नरहेकाले पनि बजारमा लगानी कम भएको बुझाई ब्रोकरहरूको छ ।  लगानीकर्ता उत्साहित नहुँदा सातामै कुल बजार पूँजीकरण २४ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ७३ अर्ब ३७ करोड रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब ३९ करोड रुपैयाँ कायम भएको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) । यो साता अन्य समूहका लगानीकर्ताले सर्वाधिक कमाए  यो साताको कारोबारमा तीन समूहगत परिसूचकहरू गत साताको तुलनामा बढेका छन् । अन्य समूहको परिसूचक गत साताको तुलनामा सर्वाधिक ३ दशमलव ८५ प्रतिशत बढेको हो । योसँगै व्यापारिक समूहको शून्य दशमलव ६४ प्रतिशत र जलविद्युत समूहको परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशत बढेको छ । यो साता होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २ दशमलव ९७ प्रतिशत घटेको छ । त्यस्तै लघुवित्तको २ दशमलव ३४ प्रतिशत, म्युचुअल फण्डको २ दशमलव २३ प्रतिशत, बैंकिङको २ दशमलव १३ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ८४ प्रतिशत, विकास बैंकको १ दशमलव ६६ प्रतिशत, जीवन बीमाको १ दशमलव शून्य ८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५५ प्रतिशत वित्तको शून्य दशमलव ४१ प्रतिशत र लगानी समूहको शून्य दशमलव शून्य ५ प्रतिशत परिसूचक घटेको छ । परिसूचकमा देखिएको परिवर्तनका आधारमा यो साता अन्य समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

मंगलवार नेपाल एसबिआई बैंकको सर्वाधिक रकमको शेयर कारोबार

काठमाडौं । मंगलवार धितोपत्र दोस्रो बजारमा १ अर्ब १३ करोड ५० लाख रुपैयाँभन्दा बढीको ३९ लाख १६ हजार १६१ कित्ता धितोपत्र कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमवारको तुलनामा यो दिन कारोबार रकम घटेको हो । मंगलवार १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँभन्दा बढीको ४७ लाख ४२ हजार ५११ कित्ता धितोपत्र कारोबार भएको थियो ।  मंगलवार कुल कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल एसबिआई बैंक लिमिटेडले ओगटेको छ । यस दिन बैंकको ७ करोड ५६ लाख १८ हजार रुपैयाँभन्दा बढीको २ लाख २४ हजार ९४४ कित्ता धितोपत्र कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको बैंकको शेयर मूल्य भने प्रतिकित्ता २ रुपैयाँले घटेको छ । मंगलवार बैंकको अन्तिम शेयर मूल्य प्रतिकित्ता ३३८ रुपैयाँ कायम भएको हो ।  अघिल्ला दुई कारोबार दिन निरन्तर बढेको बजार तेस्रो कारोबार दिन भने घटेको हो । मंगलवार समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक १० दशमलव ४२ अंक घटेर १ हजार ९६७ दशमलव ५७ विन्दुमा झरेको छ । छोटो समयमै लगानीकर्ताले नाफा बुक गरेकाले मंगलवारको बजार प्रभावित बनेको प्रतिक्रिया धितोपत्र व्यवसायीहरूले दिएका छन् । बजारले गति लिनेमा अझै लगानीकर्ता आशावादी नदेखिएकाले पनि छोटो समयमै नाफा बुक गरेको धितोपत्र व्यवसायीहरूको बुझाइ छ । नेप्से परिसूचकसँगै ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ५० अंक घटेर ३७९ दशमलव १४ विन्दुमा झरेको छ । मंगलवारको कारोबारमा घटेको बजारमा पनि ३३ कम्पनीको धितोपत्र मूल्य बढेको छ । यो दिन शुभम पावर लिमिटेडको शेयर मूल्य सर्वाधिक ९ दशमलव ९९ प्रतिशत बढेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७४ रुपैयाँले बढेर अन्तिम मूल्य ८१४ रुपैयाँ ६० पैसा कायम भएको हो ।  मंगलवार म्युचुअल फण्डबाहेक सबै समूहका परिसूचक घटेका छन् । म्युचुअल फण्डको परिसूचक भने शून्य दशमलव शून्य ४ प्रतिशत बढेको हो । होटल तथा पर्यटन समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ९८ प्रतिशत घटेको हो ।  त्यस्तै वित्तको १ दशमलव ९२ प्रतिशत, जलविद्युतको १ दशमलव ५६ प्रतिशत, विकास बैंकको १ दशमलव ४४ प्रतिशत, लघुवित्तको १ दशमलव ४० प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ४० प्रतिशत, लगानीको १ दशमलव ३१ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव शून्य ८ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ९९ प्रतिशत, व्यापारिकको शून्य दशमलव ७८ प्रतिशत, बैंकिङको शून्य दशमलव ४३ प्रतिशत र अन्यको शून्य दशमलव २४ प्रतिशत परिसूचक घटेको हो । मंगलवारको कारोबारमा सर्वाधिक शेयर मूल्य थ्री स्टार हाइड्रोपावर लिमिटेडको घटेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३७ रुपैयाँ ८० पैसाले घटेर अन्तिम शेयर मूल्य प्रतिकित्ता ३४० रुपैयाँ २० पैसा कायम भएको हो । यो दिन कुल बजार पूँजीकरण २९ खर्ब ४५ अर्ब ५० करोड ८३ लाख रुपैयाँ कायम भएको छ । एकै दिन कुल बजार पूँजीकरण २९ अर्ब रुपैयाँभन्दा बढीले घटेको हो । अघिल्लो कारोबार दिन कुल बजार पूँजीकरण २९ खर्ब ७४ अर्ब ५८ करोड ३२ लाख रुपैयाँ रहेको थियो ।

लगातार तीन दिन बढेपछि बजारमा सामान्य करेक्सन, कारोबार रकम २ अर्ब ९ करोडमा झर्‍यो

काठमाडौं । लगातार तीन कारोबार दिनमा ६१ अंक बढेको बजारमा सोमवार (आज) सामान्य करेक्सन भएको छ ।  यस दिन नेप्से परिसूचक ३ दशलमव ६१ अंक घटेर २ हजार ७७ दशमलव २४ विन्दुमा कायम भएको छ । सोमवारको कारोबारको अधिकांश समय बजार सकारात्मक रहे पनि अन्तिम प्रहरमा भने सामान्य अंक घट्यो । कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ । आइतवार तीन अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा सोमवार त्यो रकम २ अर्ब ९ करोडमा झरेको छ । बैंकको ब्याजदरका विषयमा लगानीकर्ताहरू विश्वस्त हुन नसकेका कारण पनि कारोबार रकम घटेको जानकारहरू बताउँछन् । यसो त लगातार तीन कारोबार दिन बढेको बजारमा एक दिन घट्नु सामान्य लिनुपर्ने उनीहरूको भनाइ छ ।  लाभांशको सिजन नजिकिएको छ। अहिले शेयर खरीद गर्नेले निकै छोटो समयमा लाभांशको हकदार बन्न सक्नेछन् भने घटेको बजारमा ट्रेडिङ गर्नेहरू पनि आकर्षित हुने अनुमान गरिएको छ ।  पछिल्लो समय बैंक तथा वित्तीय प्रणालीमा तरलता सहज भएसँगै ब्याजदर घट्न थालेको छ । यस कारण बैंकहरूले अब शेयर धितो कर्जा दिने घोषणा गर्न थालेका छन् । गएको साता मात्रै एनआईसी एसिया बैंकले शेयर धितो कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । नेपाल बैंकले यसअघि नै शेयर कर्जा दिने बताएको थियो । यसआधारमा अब क्रमशः अरु बैंकहरूले पनि यस्तो कर्जा सहज तरिकाले उपलब्ध गराउने अनुमान गर्न थालिएको छ । यस कारण पनि शेयर बजारमा आगामी दिनमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।  सोमवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ०१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १० प्रतिशत वृद्धि भएको छ । त्यस्तै फ्लोट इन्डेक्स शून्य दशमलव १९ प्रतिशत घटेको छ ।  यस दिन कारोबारमा आएका २७९ धितोपत्रको ५४ लाख १७ हजार ९२८ कित्ता शेयर ६८ हजार ८४२ पटकमा रू. २ अर्ब ९ करोड बराबरको कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ ।  शेयर मूल्य प्रतिकित्ता रू. ३०८ दशमलव ५० पुगेको छ । त्यस्तै दोस्रोमा अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत बढेर रू. ३०६ दशमलव ७० पुगेको छ ।  सोमवार सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ४६ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७६८ मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा बुद्ध भुमि नेपाल हाइड्रोपावर कम्पनी छ । कम्पनीको शेयर मूल्य ४ दशमलव ८० प्रतिशत घटेर रू. ३१७ कायम भएको छ ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ओगटेको छ । कम्पनीको रू. ११ करोड २४ लाख बराबरको भएको हो । यस कम्पनीको शेयर मूल्य रू. ५८९ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटलको रू. १० करोड ८७ लाख बराबरको भएको छ ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक घटेको छ भने बाँकी पाँच समूहको परिसूचक बढेको हो । सोमवार सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक १ दशमलव ५९ प्रतिशत घटेको हो । उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ६५ प्रतिशत वृद्धि भएको छ ।

दोहोरो अंक घटेको बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक शेयर किनबेच

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १८ दशमलव १५ अंक घटेर १ हजार ९१५ दशमलव १४ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव ९० अंक घटेको छ भने फ्लोटेड इन्डेक्स १ दशमलव १९ अंक घटेको हो । त्यस्तै सेन्सेटिभ फ्लोटेड इन्डेक्स शून्य दशमलव ८१ अंक घटेको छ । यस दिन २५९ धितोपत्रको ४३ लाख ४० हजार २७० कित्ता २९ हजार ६८५ पटकमा रू. १ अर्ब ४१ करोड बराबर कारोबार भएको छ । कारोबार रकम भने बुधवारको तुलनामा बढेको छ ।  त्यस्तै कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी माया खोला हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत वृद्धि भई प्रतिकित्ता रू. ३२१ दशमलव २० पुगेको छ । त्यस्तै दोस्रोमा एशियन हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत वृद्धि भई रू. ३२८ दशमलव ६० पुगेको छ ।  दुवै कम्पनीको शेयर केही दिन अगाडि मात्रै धितोपत्रको दोस्रो बजारमा आएको थियो । सोही कारण पनि कम्पनीको शेयरमा खरीदकर्ता आकर्षित भएको देखिन्छ । त्यस्तै सिद्धार्थ बैंकको शेयर मूल्य ८ दशमलव ३४ प्रतिशत वृद्धि भएर रू. २८१ दशमलव ९० पुगेको छ । यो कम्पनी मर्जरमा जाने हल्ला भएसँगै शेयर मूल्य बढेको एक लगानीकर्ताले बताए । यद्यपि कम्पनीले हालसम्म मर्जरसम्बन्धी कुनै सूचना जारी गरेको छैन ।  बिहीवार सबैभन्दा बढी युनिक नेपाल लघुवित्तका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ७ दशमलव ४६ प्रतिशत घटेको छ । कम्पनीको शेयरमा धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएको केही दिनदेखि सकारात्मक सर्किट लाग्दै आएको थियो । सोही कारण विक्रेता सक्रिय भएसँगै शेयर मूल्य घटेको हो । कम्पनीको शेयर मूल्य रू. १ हजार ८ सयमा झरेको छ । त्यस्तै दोस्रोमा श्रृजनशील लघुवित्तको शेयर मूल्य ६ दशमलव ८३ प्रतिशत घटेर १ हजार २८२ कायम भएको छ ।  बिहीवार एनआईसी एशिया बैंकको सर्वाधिक शेयर खरीदविक्री रू. २१ करोड ७४ लाख बराबर भएको छ । त्यस्तै दोस्रोमा सिद्धार्थ बैंकको रू. ८ करोड ३५ लाख बराबर कारोबार भएको छ ।  बिहीवार कारोबारमा आएका  सबै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी व्यापार समूहको ३ दशमलव शून्य ५ प्रतिशत घटेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य  घटेसँगै व्यापार समूहको परिसूचक धेरै घटेको हो ।  बुधवार कुल बजार पूँजीकरण रू. २७ खर्ब ९३ अर्ब रहेकोमा बिहीवार रू. २७ खर्ब ७० अर्ब कायम भएको छ । दिनभरिको कारोबार ट्रेण्डलाई हेर्दा बजार खासै घट्न नमानेको देखिन्छ । बजार घटेर तल्लो विन्दुमा आउँदा खरीदकर्ता पनि आएका छन् । यसो त खरीदकर्ताले महँगो मूल्यमा भने खरीद गर्न नचाहेको देखिएको छ । सोही कारण बजार त्यति धेरै बढ्न सकेको छैन । यसरी हेर्दा बजार केही राम्रो समचारको पर्खाइमा रहेको पनि हुन सक्ने विश्लेषक बताउँछन् । लामो समयदेखि बजार घट्दो ट्रेण्डमा रहेको छ । राम्रा कम्पनीका शेयर मूल्य निकै सस्तिएको छ । सोही कारण यति बेला लगानी गर्दा जोखिमभन्दा पनि प्रतिफल बढी हुने विश्लेषकहरू बताउँछन् ।

नेप्से सूचकसँगै कारोबार रकम पनि घट्यो, साढे ३ अर्बको किनबेच

माघ २६, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २२ दशमलव शून्य ६ अंकले घटेको छ । यो दिन नेप्से परिसूचक २ हजार ८१३ दशमलव ५२ विन्दुमा झरेको हो । यो दिन कारोबरामा आएका २२३ ओटा कम्पनीको ६५ लाख २० हजार ६२८ कित्ता शेयर ४५ हजार ११२ पटकमा रू. ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ मा खरीदविक्री भएको छ ।  कारोबारमा आएका ती धितोपत्रमध्ये सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्य ३ दशमलव शून्य ८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४०१ पुगेको हो । त्यसैगरी यो दिन दोस्रोमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य २ दशमलव ८० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता रू. १ हजार ४७० पुगेको छ ।  त्यसैगरी बुधवार सर्वाधिक शेयरमूल्य घट्नेमा बुद्धभुमि नेपाल हाइड्रोपावर रहेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ६४ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६८६ मा झरेको छ । त्यसैगरी दोस्रोमा नेपाल एसबिआई बैंकको १० ∞ नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६ नामक ऋणपत्रको मूल्य ३ दशमलव ७५ प्रतिशत घटेर प्रतिकित्ता रू. ९६२ दशलमव ५० कायम भएको छ । यो दिन सर्वाधिक शेयर खरीदविक्री अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको भएको छ । कम्पनीको रू. १८ करोड ६१ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।  यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५७३ कायम भएको हो ।  त्यस्तै यो दिन सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल दुरसञ्चार कम्पनी रहेको  छ । उक्त कम्पनीको रू. १४ करोड ५९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका १३ ओटा समूहकै परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक १ दशमलव ५ प्रतिशतले घटेको छ । त्यसैगरी बैंकिङ समूहको परिसुचक शून्य दशलमव ६९ प्रतिशत,व्यापार समूहको १ दशमलव ३१ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव शून्य ८ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ९३ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशमलव ९५ प्रतिशत,वित्त समूहको १ दशमलव शून्य २ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव २१ प्रतिशत,अन्य समूहको शून्य दशमलव १६ प्रतिशतले घटेको छ ।  यस्तै यो दिन लघुवित्त समूहको शून्य दशमलव ९२ प्रतिशत,जीवन बीमा समूहको शून्य दशमलव ९७ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव ७४ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ९९ प्रतिशतका दरले घटेको छे । बुधवार नेप्से परिसूचक सँगै कारोबार रकमम पनि घटेको छ । मंगलवार रू. ६ अर्बभन्दा बढीको शेयर खरीदविक्री  भएकोमा बुधवार भने रू. ३ अर्ब ४७ करोडमा झरेको हो । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेकाले पनि कारोबार रकम घटेको देखिएको छ ।

२६०० विन्दुमाथि नेप्से, परिसूचकसँगै कारोबार रकम पनि वृद्धि

पुस १९, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३२ दशलमव शून्य ३ अंकले बढेको छ । यो दिन नेप्से परिसूचक २६१६ दशमलव ९४ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २३० ओटा धितोपत्रको ८२ लाख ५ हजार ५२ कित्ता शेयर ५४ हजार ५०५ पटकमा रू. ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ मा खरीद विक्री भएको छ ।  कारोबारमा आएका ती धितोपत्रमध्ये मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१७७ पुगेको छ ।   त्यसैगरी दोस्रोमा गुँरास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशमलव ४५ प्रतिशतले वृद्धि भएर रू. १ हजार ३३० पुगेको छ । सोमवार सबैभन्दा बढी रू रू जलविद्युत् कम्पनीका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ५९ प्रतिशतले घटेसँगै धेरै गुमाएका हुन्  । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.९०४ मा झरेको हो । दोस्रोमा नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य २ दशमलव ४५ प्रतिशतले घटेर रू. ३९८ मा झरेको हो । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हिमालयन डिष्टीलरीको भएको छ । उक्त कम्पनीको रू. २८ करोड ४४ लाख ७० हजार बराबरको शेयर खरीदविक्री भएको हो । दोसोमा अपि पावर कम्पनीको रू.१८ करोड २९ लाख ९३ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक बाहेक सबै समूहको समूहगत परिसूचक बढेसँगै समग्र नेप्से बढेको हो । उत्पादन तथा प्रशोधन समूहको  परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशतले घटेको हो । सबैभन्दा बढी व्यापार समूहको परिसूचक ७ दशमलव शून्य ४ प्रतिशतले बढेको छ । त्यसैगरी बैकिङ समूहको परिसूचक १ दशलमव ४६ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ७६ प्रतिशत,विकास बैंक समूहको परिसूचक १ दशमलव ६८ प्रतिशत,हाइड्रोपावर समूहको शून्य दशलमव ३६ प्रतिशत,वित्त समूहको २ दशमलव शून्य ५ प्रतिशत,निर्जीवन बीमा समूहको शून्य दशमलव ५१ प्रतिशत,अन्य समूहको शून्य दशलमव १७ प्रतिशतले वृद्धि भएको छ ।  यसैगरी लघुवित्त समूहको २ दशलमव ८८ प्रतिशत,जीवन बीमा समूहको शून्य दशमलव ६५ प्रतिशत,म्युचुअल फण्ड समूहको १ दशमलव २ प्रतिशत र लगानी समूहको परिसुचक १ दशमलव ८६ प्रतिशतका दरले वृद्धि भएको हो ।

१८.४९ अंकले घट्यो शेयर बजार, ६ अर्बभन्दा बढीको कारोबारमा एनसीसी बैंकको सर्वाधिक

वैशाख २६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिन बिहीवारको भन्दा १८ दशमलव ४९ अंक तल झरेको छ ।  गत बिहीवार १२ दशमलव ४७ अंकले घटेर २ हजार ६३७ दशमलव १३ विन्दुमा बन्द भएको नेप्से परिसूचक आइतवार २ हजार ६१८ विन्दुमा झरेको हो । आइतवार २ हजार ६५२ दशमलव ५८ विन्दुदेखि बजार खुलेको थियो । यसदिन रू. ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार बराबरको १ करोड २७ लाख २८ हजार १२५ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २१९ ओटा कम्पनीको ७५ हजार ४६ पटकको व्यापारमा भएको हो । बिहीवारको तुलनामा आइतवार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बिहीवार रू. ६ अर्ब ८१ करोड ९१ हजार बराबरको १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता शेयर कारोबार भएको थियो ।  कुल कारोबार रकममा यसदिन एनसीसी बैंकको सर्वाधिक हिस्सा रहेको छ । उक्त कम्पनीको रू. २८ करोड ८६ लाख ५२ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९ ले घटेर अन्तिम मूल्य रू. ३६५ कायम भएको छ । दोहोरो अंकले घटेको बजारमा कारोबारमा आएका सबै समूहगत परिसूचकहरु घटेका छन् । यो दिन लघुवित्तको सर्वाधिक १ दशमलव ७८ प्रतिशत परिसूचक घटेको हो ।  त्यस्तै उत्पादन तथा प्रशोधनको १ दशमलव ६१ प्रतिशत, व्यापारिकको १ दशमलव ५९ प्रतिशत, अन्यको १ दशमलव ३६ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव २८ प्रतिशत, वित्तको शून्य दशमलव ९७ प्रतिशत, लगानीको शून्य दशमलव ९३ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ८६ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव २४ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १४ प्रतिशत, विकास बैंकको शून्य दशमलव शून्य ५ प्रतिशत र बैंकिङ्ग समूहको शून्य दशमलव शून्य २ प्रतिशत परिसूचक घटेको छ । आइतवार समता घरेलु लघुवित्त वित्तीय संस्था र रू रू जलविद्युत परियोजनाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने महिला लघुवित्तसहित चार ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा घटेको छ । यो दिन समता घरेलु लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ७३ ले बढेर अन्तिम मूल्य रू. ८०४ र रू रू जलविद्युत् परियोजनाको प्रतिकित्ता रू. ४९ ले बढेर अन्तिम मूल्य रू. ५४८ कायम भएको छ । ३० कारोबार दिनसम्म निरन्तर मूल्य बढेको महिला लघुवित्तको आइतवार भने १० प्रतिशतले मूल्य घटेको छ । गत बिहीवार प्रतिकित्ता रू. ५ हजार ३० अन्तिम मूल्य कायम भएको महिला लघुवित्तको आइतवार प्रतिकित्ता रू. ४ हजार ५२७ मा झरेको हो ।  यो सँगै विशाल बजार कम्पनीको ९ दशमलव ९९ प्रतिशत , सिंगटी हाइड्रोपावरको ९ दशमलव ५६ प्रतिशत र युनियन हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव २४ प्रतिशत घटेको छ ।  यसदिन विशाल बजार कम्पनीको प्रतिकित्ता रू. ६७१ ले घटेर अन्तिम मूल्य रू. ६ हजार ४५, सिंगटी हाइड्रोको प्रतिकित्ता रू. ४६ ले घटेर अन्तिम मूल्य रू. ४३५ र युनियन हाइड्रोपावरको प्रतिकित्ता रू. १७ ले घटेर अन्तिम मूल्य रू. १६७ कायम भएको हो ।

साताको अन्तिम कारोबार दिन १ % बढ्यो नेप्से, सर्वाधिक कारोबार एनसीसी बैंकको

वैशाख १६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ प्रतिशत बढेको छ ।  यो दिन २५ दशमलव ८२ अंक बढेर नेप्से परिसूचक २ हजार ६११ दशमलव १० विन्दुमा पुगेर बन्द भएको हो । बुधवार १३ दशमल ७९ अंकले घटेर २ हजार ५८५ दशमलव २८ विन्दुमा बन्द भएको बजार बिहीवार २ हजार ६०१ दशमलव २१ विन्दुदेखि खुला भएको हो । यसदिन २ हजार ५९८ विन्दुसम्म बजार झरेको थियो ।उपत्यकामा जारी निषेधाज्ञाका कारण शेयर कारोबारका लागि अनलाईन कारोबार प्रणाली अनिवार्य गरिएको छ । बजार सम्बद्ध निकायहरुले अनलाईन कारोबार र रकम भुक्तानी गर्न नसक्ने लगानीकर्ताहरुलाई कारोबार नगर्नसमेत आग्रह गरेका छन् ।  बिहीवार रू. ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बराबरको ९८ लाख १८ हजार ४६ कित्ता शेयर कारोबार भएको छ । २१७ ओटा कम्पनीको ५० हजार ६७३ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो । बुधवारको तुलनामा यसदिन कारोबार रकम बढी भएको हो ।  बुधवार रू. ३ अर्ब ९९ करोड ४ लाख ३१ हजार बराबरको ८९ करोड ६५ लाख ५८८ कित्ता शेयर कारोबार भएको थियो । यो दिन कुल कारोबारमा सर्वाधिक रकमको हिस्सा एनसीसी बैंकले ओगटेको छ । उक्त कम्पनीको  रू. ३० करोड ९६ लाख ९४ हजार बराबरको शेयर कारोबर भएको हो । सर्वाधिक रकमको कारोबार भएको यो दिन एनसीसी बैंकको शेयरमूल्य प्रतिकित्ता रू. १२ ले बढेर अन्तिम मूल्य रू. ३५२ कायम भएको छ । यसदिन होटल्स तथा पर्यटन समूह र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । यो दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक ३ दशमलव ४८ प्रतिशत बढेको छ भने जलविद्युत् समूहको ३ दशमलव ४८ प्रतिशत बढेको छ ।  त्यस्तै, बैंकिङ्गको शून्य दशमलव ४३ प्रतिशत, विकास बैंकको शून्य दशमलव ९८ प्रतिशत, वित्तको शून्य दशमलव ४२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ९८ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ८४ प्रतिशत बढेको छ । यसैगरी अन्यको २ दशमलव ५४ प्रतिशत, लघुवित्तको शून्य दशमलव ८६ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ८५ प्रतिशत र म्युुचुअल फण्डको शून्य दशमलव शून्य ९ प्रतिशत परिसूचक बढेको छ । बिहीवार महिला लघुवित्त वित्तीय संस्था र सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्य १० प्रतिशत बढेको छ भने विशाल बजार कम्पनीको ९ दशमलव ९९ प्रतिशत बढेको छ । महिला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता रू. २८४ ले बढेर अन्तिम मूल्य रू. ३ हजार १२५ र सिंगटी हाइड्रो इनर्जीको प्रतिकित्ता रू. ३३ ले बढेर अन्तिम मूल्य रू. ३६३ पुगेको हो । सिंगटी हाइड्रो इनर्जीको बिहीवार धितोपत्र बजारमा दोस्रो कारोबार दिन रहेको छ । पहिलो कारोबार दिन ७ दशमलव ८४ प्रतिशत बढेको उक्त कम्पनीको शेयरमूल्य बिहीवार उच्च दरमा बढेको हो । यसदिन श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको २ दशमलव ८२ प्रतिशत र नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य २ दशमलव ३० प्रतिशत घटेको छ । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको प्रतिकित्ता रू. ७ ले घटेर अन्तिम मूल्य रू. २४१ र नेपाल हाइड्रो डेभलोपरको प्रतिकित्ता रू. ८ ले घटेर अन्तिम मूल्य रू. ३४० कायम भएको हो ।