काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३ असोजमा विरोध दिवस मनाउने भएको छ । बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए । बैठकमा आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ। ३ असोजका दिन देशले संविधान दिवस मनाउँदै आएको छ । तर, लोसपाले […]