अर्घाखाँची- अर्घाखाँची जिल्लाका पालिकामा नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूलाई सन्धिखर्कमा सपथ ग्रहण गराइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजना गरिएको विशेष समारोहमा जिल्ला न्यायाधीश बासुदेव न्यौपानेले नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरूलाई शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । सपथग्रहणमा भूमिकास्थानका नगर प्रमुख झविलाल थापा, शीतगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर […]