नयाँ बजेट ल्याउनुहोस् तर पहिलेको भन्दा राम्रो र सबैले मन पराउने हुनुपर्छ: पूर्व अर्थमन्त्री पौडेल

काठमाडौं। पूर्व अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट खारेज गर्दै प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याउने भए पहिले भन्दा राम्रो र लोकप्रिय ल्याउन चुनौती दिएका छन्। वर्तमान अर्थमन्त्री जनार्दन शर्माले २६ साउनमा देशको यथार्थ आर्थिक अवस्था प्रस्तुत गर्दै अर्को बजेट ल्याउने घोषणा गरेका थिए। बिहीबार प्रतिनिधिसभामा बोल्दै पौडेलले आउने बजेट कोभिडको चुनौती सामना गर्ने, राहत र पुनर्स्थापनासहितको हुनुपर्ने बताए।

सम्बन्धित सामग्री

अर्थतन्त्रमा समस्या छन् तर काबुभन्दा बाहिर गएको छैनः अर्थमन्त्री पौडेल

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताएका छन्। बुधबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघसँगको छलफलमा बोल्दै मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताएका हुन्। उनले अहिले सबैको साझा सरोकारको विषय आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान खोज्ने र सबल अर्थतन्त्रमा निर्माण गर्न सकिने बताए। […]

अर्थतन्त्रमा समस्या छ तर समाधान गर्न सकिन्छ – अर्थमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आज मध्यान्ह अर्थ मन्त्रालयमा भेटवार्ता गरेको छ । सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रका तर्फबाट बधाई एवं शुभकामना दिए ।अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ पनि गरेका थिए । अध्यक्ष गोल्छाले अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि महासंघको तर्फबाट सुझाव समेत पेस गरेका थिए । अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्च

अर्थतन्त्र सुधार्न धेरै मेहनत गर्नुपर्छः अर्थमन्त्री पौडेल

नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले चुनौतीपूर्ण रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । आज अर्थमन्त्रीको पदभार ग्रहण गर्दै पौडेलले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई अर्थ क्षेत्रका विज्ञ तथा सरोकारवाला सबैको राय तथा विश्वको अनुभवलाई समेत लिए समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाएका हुन् । अर्थमन्त्री पौडेलले अर्थतन्त्रका चुनौतीको कारण खोजेर, […]

अर्थतन्त्रको चुनौतिलाई समाधान गर्छु : नवनियुक्त अर्थमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले संकटको डिलमा रहेको मुलुकको अर्थतन्त्रको चुनौतिलाई समाधान गर्ने बताउनुभएको छ । सोमबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले चुनौतिको डिलमा रहेको अर्थतन्त्रलाई अर्थ क्षेत्रका विज्ञ तथा सरोकावालाहरु सबैको राय तथा विश्वको अनुभवलाई समेत लिए समस्या समाधानमा लाग्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले चुनौतिपूर्ण रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा […]

अर्थतन्त्र उकास्न सबैसँग सहकार्य गर्छु : अर्थमन्त्री पौडेल

नजनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालय र मातहतका निकायमा अनलाइन सिस्टम कार्यान्वयन गर्ने निर्णय गरेका छन्। उनले अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अनलाइन सिस्टम कार्यान्वयन प्रणाली लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्। उनले...

बजेट कार्यान्वयनमा खरो रुपमा उत्रिन्छु : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आफु खरो रुपमा प्रस्तुत हुने बताएका छन् ।  बुधबार अर्थ मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यान्वयनको सन्दर्भमा सम्बन्धित कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । बजेट कार्यान्वयनका लागि मन्त्रीका हैसियतले गर्नुपर्ने सबै काम र सहयोग गर्ने बताउँदै अर्थमन्त्री पौडेलले आवश्यक जस्तो सुकै कदम र प्रयत्न गर्न आफु पछि नहट्ने बताए ।

कोरोनाको सामना गर्ने बजेट ल्याउछौं : अर्थमन्त्री पौडेल

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाको महामारीलाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन् ।अर्थ मन्त्रालयमा पदबहाली अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोरोनाको महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरूत्थान र गतिशिल बनाउने संकल्पका साथ बजेट ल्याउने बताएका हुन् ।उनले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै […]

मन फुकाएर बजेट सिलिङ बढाउन सकिने अवस्था छैन : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कोरोना महामारीले सिर्जना गरेको चुनौतीलाई समाधान गर्दै आर्थिक पुनरुत्थानमा केन्द्रित हुने बताएका छन् ।  नयाँ आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमाबारे संसदको अर्थ समितिमा सांसदहरूसँगको छलफलका क्रममा अर्थमन्त्री पौडेलले बजेटमा मन फुकाएर सिलिङ दिन सकिने अवस्था नरहेको समेत बताए । मंगलवार अर्थ समितिले राष्ट्रिय योजना आयोग, महालेखा नियन्त्रकको कार्यालय र अर्थ मन्त्रालयसँग सामूहिक छलफल गरेको छ ।  छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘नयाँ बजेटम...

अर्थमन्त्री पौडेल बिहानै मन्त्रालय पुग्छन्, भनसुन गर्नेको सिंहदरबारमा लर्को

काठमाडौं । अर्थ मन्त्रालय अहिले बजेट निर्माणमा व्यस्त छ । मन्त्रालयको नेतृत्व सम्हालिरहेका अर्थमन्त्री विष्णु पौडेलको दैनिकी पनि अचेल फेरिएको छ । उनी  बिहान ८ बजे नै मन्त्रालय पुग्छन् ।  अर्थका केही कर्मचारीहरुको टोली पनि बिहानै मन्त्रालयमा पुग्छ ।बजेट निर्माण गर्ने कर्मचारीहरुको टोलीसँग छलफल गर्नु, दैनिक हुने भेटघाटलाई व्यवस्थित गर्नु अनि विभिन्न मन्त्रालयका अधिकारीहरुलाई अर्थ मन्त्रालयमा बोलाएर छलफल गर्नु मन्त्री पौडेलको दैनिकी बनेको छ ।अर्थ मन्त्रालयका विभिन्न ५ वटा महाशाखाका प्रमुख