कोरोना संक्रमण तीव्र गतिमा बढेसँगै दिल्लीमा ५०% कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

पुस २१, नयाँ दिल्ली (भारत) । कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निषेधाज्ञा लगाउने निर्णय भएको मंगलवार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकपछि अधिकारीले बताएका छन् ।  उपमुख्यमन्त्री मनिष सिसोदियाले संघीय राजधानीसमेत रहेको नयाँ दिल्ली र घना क्षेत्र रहेका आसपासका ठाउँसमेतलाई मध्यनजर गरी यो निर्णय गरिएको पुष्टि गरे ।  हप्ताका अन्य दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल साबिक झैँ सञ्चालन हुनेछन् । उनले हप्तान्तको निषेधाज्ञालाई लकडाउनका रूपमा भने नबुझ्न आग्रह गरे । कोभिड संक्रमणको जोखिम कायमै रहेकाले सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कबिना यात्रा गर्न नपाइने नियमलाई कडाइका साथ लागू गरिने उनले बताए । त्यसैगरी, सरकारले निजी कार्यलयहरूलाई पनि ५० प्रतिशत कर्मचारीको सहयोगमा नियमित कामकाज गर्ने व्यवस्था गर्न भनेको छ । सरकारले बाँकी ५० प्रतिशतलाई छुट्टी दिन वा घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । गत हप्ता ५० मेट्रोरेल र बसमा ५० प्रतिशत मात्र यात्रु बोक्न छूट दिएको सरकारले भीड बढेपछि रेल र बसलाइ पूर्ण क्षमतामा चलाउन छूट दिएको छ । दिल्लीमा सोमवार ४ हजार ९९ जना नयाँ संक्रमित भेटिएका थिए भने मंगलवार पाँच हजार ४८१ जनालाई कोभिड संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा कोभिडका कारण तीन जनाको मृत्यु भएको छ । मंगलवारसम्म भारतमा एक हजार ८९२ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट देखिएको छ । महाराष्ट्रमा ओमिक्रोनको सबैभन्दा धेरै संक्रमण देखिएको छ । रासस/पीटीआई

सम्बन्धित सामग्री

चीनमा कोरोना संक्रमण बढेपछि पुन: लकडाउन

काठमाडौं । चीनको छङ्तु शहरमा कोरोना संक्रमण बढेपछि बिहिबार साँझदेखि फेरी लकडाउन गरिएको छ । त्यहाँको सरकारले अति आवश्यक काम नपरेसम्म सर्वसाधारणलाई घरबाहिर ननिस्कन समेत आग्र गरेको हाे । छङ्तुका हेल्थ कमिशन निर्देशन याङ चियोङले संक्रमण दर तीव्र रुपमा फैलिरहेको बताएका छन् । साथै जोखिम क्षेत्रहरु बढिरहेकाले खाना र सामान प्याकिङ गरेर खान लाने बाहेक […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियाेसहित)

काठमाडौँ– आज दिनभर गठबन्धनको कार्यदलद्वारा प्रतिवदेन तयार, ‘निर्वाचन सुरक्षा रणनीति’ पेस गर्न सुरक्षा निकायलाई निर्देशन, निर्वाचनमा न्यायपूर्ण तरिकाले टिकट वितरण गरिने देउवाको भनाइ, सर्वोच्चले माग्यो भुवन केसीको नियुक्तिबारे लिखित जवाफ, राष्ट्रपतिले मुलुकको हितका लागि काम गरेको पोखरेलकाे तर्क, बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर विसर्जन, थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि लगायतका समाचारले प्रमुख […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। नागरिकताको नामथरमा अपमानजनक शब्द नलेख्न र विगतमा जारी भएकाको पनि सच्याउन गृह मन्त्रालयले निर्देशन दिएको छ।सरकारले आदिवासीको हितमा महत्वपूर्ण काम गरेको प्रधानमन्त्री शेरबहादुर देउवाले जिकिर गरे।चुनावी तालमेलसम्बन्धी कार्यदलको संयोजकमा कृष्णप्रसाद सिटौला चयन भएका छन्। कोरोना संक्रमण बढेपछि तेह्रथुमका २३ विद्यालय एक हप्तालाई बन्द गरियो। पूर्व भारतीय क्रिकेटर मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।

कोरोनाको रोकथाममा थप निर्देशन

काठमाडौं । अग्रपंक्तिमा रहेर ग्राहकलाई नियमित सेवा दिने व्यावसायिक क्षेत्रका कर्मचारीहरूले अब हप्ताको दुईपटक कोरोना परीक्षण गर्नुपर्ने भएको छ । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ३६ बुँदे आदेश जारी गर्दै अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकलाई नियमित सेवा दिने कर्मचारीले हप्ताको दुईपटक एन्टिजेन परीक्षण गर्न भनेको हो । एन्टिजेन परीक्षणको रिपोर्ट नेगेटिभ आएका कर्मचारीलाई मात्र सम्बद्ध निकाय वा संस्थाले काममा खटाउनु पर्नेछ । कर्मचारीको एन्टिजेन परीक्षण गर्ने व्यवस्था सम्बद्ध निकाय वा संस्था आपैmले गर्नु पर्नेछ । त्यस्तै, आदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको चिह्न वा लक्षण भएका व्यक्तिहरू अनिवार्य रूपमा ५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको छ । जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को चिह्न वा लक्षण देखिएमा अनिवार्य रूपमा ५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम सरकारले लागू गरेको हो । पाँच दिन क्वारेन्टाइनमा बसेपछि कोभिड–१९ को परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै काममा आउन पाउने छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथाम, उपचार, नियन्त्रण र निदानका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी आदेश जारी गरेको हो । उक्त आदेशअनुसार अब आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न नपाइने भएको छ । त्यस्तै गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्ने, भौतिक रूपमा नै उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यको मापदण्ड पालना गरी एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरू बढीमा २५ जना सहभागी रहने गरी सञ्चालन गर्ने आदेशमा उल्लेख छ । कोरोना संक्रमण तीव्र भएपछि सरकारले भीडभाड नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना संक्रमण बढेकाले तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार आमसला, जुलुस र धेरै भीडभाड हुने कार्यक्रमलाई माघ मसान्तसम्म रोक लगाइएको छ । केहीमा भने स्थानीय प्रशासनबाट स्वीकृति अनिवार्य गरिएको छ । पूर्वनिर्धारित परीक्षा यथावत् राखेर विद्यालय भने माघ १५ सम्मलाई बन्द गरिसकिएको उनको भनाइ छ ।

देशभर २४८ प्रहरीमा कोरोना संक्रमण, सावधानी अपनाउन हेडक्वाटरकाे निर्देशन

देशभरका विभिन्न युनिटमा कार्यरत २ सय ४८ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। अग्रपंक्तिमा रहेर काम गर्ने प्रहरी कर्मचारीमा संक्रमण देखिएको नेपाल प्रहरीले जनाएको छ।  संक्रमित मध्ये उपत्यकाभित्र झन्डै ४० जना...

कोरोना संक्रमण : फेरि उच्च गतिमा फैलिँदै

काठमाडौं । कोरोना भाइरसको संक्रमण पछिल्ला केही महीना आरालो लागे पनि फेरि उच्च गतिमा फैलिन थालेको छ । पछिल्लो २४ घण्टामा अर्थात् आइवार मात्रै एकै दिन १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संक्रमित संख्या पछिल्लो समयकै धेरै हो । शनिवार ९ सय ४४ जना र शुक्रवार ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको थियो । तर, आइतवार त्योभन्दा बढी संख्यामा संक्रमित थपिएका छन् । आइतवार १२ हजार ६३२ जनामा कोरोना परीक्षण गरिएको थियो । सोही अवधिमा निको हुनेको संख्या २ सय २४ जना रहेको छ भने कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ५५ जना रहेको छ र अहिलेको संक्रमण जोखिमको हिसाबले यो संख्या अझै बढ्ने सरकारी अधिकारीहरूको आकलन छ । अधिकारीहरूका अनुसार १ हप्ता अगाडिको भन्दा दोब्बरले बिरामी संख्या अस्पतालहरूमा बढेको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत (सीईओ) डाक्टर भूपेन्द्रबहादुर बस्नेतले पछिल्लो १ सातामा कोरोना संक्रमण बढेको बताएका छन् । उनका अनुसार पछिल्लो समय नेपालमा संक्रमण तीव्र बढेको हो । ओमिक्रोन संक्रमण छिटो फैलिने हुँदा पछिल्लो समय संक्रमितको संख्या अस्वाभाविक रूपमा बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डाक्टर बस्नेतले केन्द्रीय अस्पतालले समन्वय गर्दै आएका देशभरका अस्पतालमा कोरोनाका बिरामी भर्ना हुनेक्रम बढेको जानकारी दिए । ‘कोभिड–१९ केन्द्रीय अस्पतालले उपत्यकाका १३ ओटा अस्पताल र प्रदेशस्तरका सातओटा अस्पतालसँग निरन्तर समन्वय गर्दै आएको छ । सबै अस्पतालमा कोभिडका बिरामी बढेको पाइएको छ,’ उनले भने, ‘धेरै अस्पतालमा १ हप्ता अगाडिको भन्दा दोब्बरले बिरामी संख्या बढेको छ ।’ यसैबीच, कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्ड परिपालना गराउने तथा सतर्कता अपनाउने विषयमा छलफल गर्न सीसीएमसीको बैठक बसेको छ । आइतवारको बैठकमा कोरोना संक्रमण दर बढ्दै गएका बेला जनजीवनलाई कसरी सुरक्षित बनाउने भन्ने सन्दर्भमा छलफल भएको छ । अनावश्यक भीडभाड गर्न नदिने, स्वास्थ्य मापदण्ड परिपालना कडाइका साथ गराउने, खोप र पीसीआर परीक्षण दायरा बढाउनेलगायत विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोविन्दप्रसाद रिजालले जानकारी दिए । उनले कोरोना संक्रमण बढिरहेको अवस्थामा सबैतिर भीडभाड बढेकाले त्यसलाई व्यवस्थापन गर्ने सन्दर्भमा पनि छलफल भएको बताए । छलफलमा कोरोना संक्रमण दर बढे प्रमुख जिल्ला अधिकारीहरूले अत्यावश्यक निर्णय गर्न सक्ने निर्णय पनि भएको छ । त्यस्तै, भौतिक दूरी कायम गराउने, मास्कको अनिवार्य गर्ने, स्यानिटाजर प्रयोग गर्नेजस्ता स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने विषयमा पनि छलफल भएको छ । सोही सन्दर्भमा आइतवार बिहान उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले छुट्टाछुट्टै बैठक तथा छलफल गरेका थिए । त्यस क्रममा विनामास्क ओहोरदोहोर नगर्न, भीडभाड नगर्न, भौतिक दूरी कायम राख्नेलगायत निर्देशन जारी गर्नेबारेमा छलफल भएको छ । ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पनि कोरोना सक्रमण रोकथामका लागि आवश्यक छलफल गरेका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले परिस्थितिअनुसार कडाइ गर्ने छलफल भइरहेको बताइन् । उनले भनिन्, ‘स्वास्थ्य मापदण्डमा चाहिँ सोमवारदेखि नै कडाइ गर्छौं ।’ ललितपुर प्रशासनले पनि जिल्ला जनस्वास्थ्य कार्यालय, खोप समन्वय समिति, महानगरपालिका, प्रहरी परिसरलगायतसँग छलफल गरेको छ । पहिलो चरणमा स्वास्थ्य मापदण्डमा कडाइ गरिने र संक्रमण दर तीव्र गतिमा फैलिए अन्य निर्णय गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । ‘कोरोना संक्रमणको नियमित समीक्षा गरिरहेका छौं, अहिले नै बन्दाबन्दी वा धेरै कडाइ गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गर्छौं, खोप कार्यक्रमलाई पनि तीव्रता दिन्छांै ।’ उनले सीसीएमसी र स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार आफूहरूले काम गर्ने तयारी गरेको जानकारी दिए ।

विपद् प्रतिकार्यमा वडास्तरमा स्वयंसेवक परिचालन गर्न मुख्यमन्त्री शाहीको निर्देशन

जेठ १८, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद् प्रतिकार्यका लागि वडा स्तरमा स्वयंसेवक परिचालन गर्न कालिकोटका स्थानीय तहलाई निर्देशन दिएका छन् ।  स्वास्थ्य पूर्वाधार र योजना अनुगमनाका लागि गृह जिल्ला कालिकोट पुगेका मुख्यमन्त्री शाहीले जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् । ‘यो अवस्थामा जनतालाई भित्र राखेर सेवक बाहिर हिड्नु पर्छ, प्रत्येक कर्मचारी, जनप्रतिनिधि, सबै सरोकारवाला निकाय र संरचनाहरु यतिबेला कोरोना महामारी केन्द्रित हुन आवश्यक छ,’ उनले भने, ‘सबै मिलेर महामारीको सामना गरौं, । कोरोना महामारी र जिल्लामा वर्षेनी प्राकृतिक प्रकोपबाट उत्पन्न हुने समस्याबारे समयमै सजक हुन निर्देशन दिँदै मुख्यमन्त्री शाहीले प्रत्येक वडा तहमा स्वयंसेवक परिचान गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री शाहीले कोभिड नियन्त्रणको पहिलो प्राथमिकता जनचेतना भएको भन्दै आवश्यक जनचेतना फैल्याउनसमेत आग्रह गरे । उनले निषेधाज्ञा थप कडा गर्न समेत निर्देश दिए । ‘स्थानीय तहको आगामी बजेट कोरोना केन्द्रित गर्नुहोस्,’ स्थानीय तहका प्रमुखलाई निर्देशन दिँदै मुख्यमन्त्री शाहीले भने, ।  स्थानीय तहका प्रतिनिधिले थप स्वास्थ्यकर्मी, आवश्यक स्वास्थ्य सामग्री र बजेटको प्रवन्ध गरिदिन मुख्यमन्त्री शाहीलाई आग्रह समेत गरेका थिए । गाउँमा बिबाह, र मलामी जानेक्रम नरोकिएकाले कोरोना संक्रमण नियन्त्रण गर्न थप चुनौती भएको बताए ।  मुख्यमन्त्री शाहीले सोमवार नै जिल्ला अस्पताल कालिकोटका डाक्टरहरुसँग पनि छलफल गरेका छन् । छलफलका क्रम्मा अस्पतालका निमित्त प्रमुख कटक महतले १४३ जना कर्मचारी आवश्यक मागपत्र मुख्यमन्त्री शाहीलाई बुझाएका छन् । त्यस्तै चिकित्सकहरुले आईसियू सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्न र स्वास्थ्यकर्मीले पाउनु पर्ने भत्ता समयमै उपलव्ध गराइदिन आग्रह गरे । मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै आवश्यक व्यवस्थापन प्रदेश सरकारले गर्ने वताए । ‘तपाईहरु उच्च मनोबलका साथ काम गर्नुस्, प्रेदेश सरकार तपाईहरुको साथमा छ,’ शाहीले भने, ‘कुराभन्दा पहिला काम गर्नुस्, बिजुली नभएको ठाउँमा सोलार जडान गर्नुस्, त्यसका लागि आवश्यक सहयोग प्रदेश सरकारले गर्छ ।’  उनले अघिल्लो वर्ष र यो वर्षेको एकमुट भत्ता तत्काल उपलब्ध गराइने प्रतिवद्धता समेत जनाए ।

ओलीको निर्देशन : तत्काल सबै नागरिकलाई खोपको सुनिश्चितता हुनेगरी काम गर्नू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोभिड–१९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएका छन् ।  नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड–१९ निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल सबै...

सीमा नाका व्यवस्थित गर्न मन्त्री राईको निर्देशन

विराटनगर : प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छन्।भारतमा कोरोना संक्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र आसपासको क्षेत्रबाट आवतजावत बढेपछि मन्त्री राईले शुक्रबार स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सीमा व्यवस्थापन गर्न निर्देशन दिएकी हुन्।भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको अवस्थामा सीमा क्षेत्रबाट लुकेर नेपाल प्रवेश गर्नेको लर्को लाग्ने गरेको पाइएको भन्दै मन्त्री राईले नाकाबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्ने, स्

प्रचण्ड–नेपाल समूहको विरोध कार्यक्रम, मास्कविनै सडकमा प्रदर्शनकारी

कोरोना संक्रमण (कोभिड १९) को जोखिम कायमै रहेको समयमा नेकपा प्रचण्ड–नेपाल समूहले शुक्रवार आयोजना गरेको विरोध कार्यक्रममा प्रदर्शनकारीहरू पर्याप्त स्वास्थ्य सावधानीविनै सडकमा आएका छन् । विरोध प्रदर्शनमा उपस्थित भएकाहरूमध्ये कतिपयले मास्क लगाएका छैनन् भने कतिपयको चिउँडोमा मास्क छ ।  नेपालमा कोरोनाविरुद्धको खोप लगाउने काम नै शुरू नभएको अवस्थामा जोखिमयुक्त नभएको जनस्वास्थ्यविद्हरू बताउँछन् । प्रचण्ड–नेपाल समूहले विरोध र्‍यालीमा अभद्र नारा नलगाउन आग्रह गरे पनि मास्क लगाउनेबारे कुनै निर्देशन दिएको छैन । ...