काठमाण्डाै – भारत एकदिवसीय महिला विश्व कप क्रिकेटको सेमिफाइनल नै नपुगी बाहिरिएको छ । न्युजिल्यान्डमा आज आइतवार भएको खेलमा दक्षिण अफ्रिकासँग तीन विकेटले पराजित भएसँगै भारत अन्तिम चारमा पनि नपुगिकनै बाहिरियो ।आज भारतको हारले वेस्ट इन्डिज भने सेमिफाइलनमा पुगेको छ । अस्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्ल्यान्ड र वेस्ट इन्डिज सेमिफाइनलमा पुगेका हुन् ।आज भारतले दिएको एक सय ७५ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात विकेट गुमाएर अन्तिम ओभरमा भेटायो । उसका लागि लाउरा उलवार्टेले ८० र मिगनन डु प्रेजले नटआउट ५२ ...