काठमाडौं । कलंकी स्थित खसीबजारमा मंगलबार राति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६–ख २८९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ८१ प ४१२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङको छत्रे देउराली–२ का १८ वर्षीय विश्वास रञ्जितकारको मृत्यु भएको ट्राफिक प्रहरी प्रभाग कलंकीले जनाएको छ […]