काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए देशमा स्थिरता कायम हुने जिकिर गर्नुभएकाे छ । आज बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले यस्ताे बताउनुभएको हो । उहाँले अहिलेको सरकार गठबन्धनले बनाए पनि आफू प्रतिपक्षमा बसेर नागरिकका काम गर्न तयार रहेको बताउनुभयो । उहाँले सरकार निर्माण र मन्त्रीका लागि मात्रै अकारण आफू सरकारमा नजाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली क...