प्रतिनिधि सभा विघटनबारे राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको सर्वोच्चलाई जवाफ, के छ प्रतिउत्तरमा ?

काठमाडौं । मन्त्रिपषिदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि त्यस विरुद्ध परेको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको तर्फबाट महान्यायाधिवक्ता कार्यालयले र सभामुखको सचिवालयले आज लिखित जवाफ पठाएका छन् । जवाफमा राष्ट्रपति तथा प्रधानमन्त्री कार्यालयबाट संसद विघटनलाई सही ठहर्याउने तर्क पेश गरिएको छ भने सभामुखले प्रतिनिधि सभा विघटन गलत भएको तर्क पेश गर्नुभएको छ । प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको बताउनुभएको छ । सर्वोच्च अदालतमा आज आफ्नो लिखित जवाफ पठाउँदै उहाँले सार्वभौम जनताको प्रतिनिधिमूलक संस्थाको विघटन संसद्माथिको हस्तक्षेप भएको उल्लेख गर्नुभएको छ । प्रतिनिधिसभाको विघटन नेपालको संविधानको मर्म र भावनानुरुप नभएको उहाँको जवाफमा उल्लेख छ । नेपालको संविधानको धारा ७६ मा प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको सभामुखको जवाफमा उल्लेख छ । संविधानको फरक व्याख्या नहोस् र शक्तिपृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यता संविधानमा प्रतिनिधिसभाको कार्यकालका बारेमा स्पष्ट लेखिएको उहाँको भनाइ छ । विगतका विसङ्गतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधिसभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य स्मरणीय रहेको सभामुखको जवाफमा समेटिएको छ । संविधानले प्रतिनिधिसभा सदस्यले सरकार गठन गर्न सक्ने अवस्था नभएमा मात्र विघटन हुन सक्ने व्यवस्था गरेको भए पनि अहिले त्यस्तो अवस्था नभएको उहाँको जवाफमा भनिएको छ । ‘प्रतिनिधिसभा विघटन हुँदा सिङ्गो प्रतिनिधिसभा तथा आफूलाई मर्माहत बनाएको मात्र नभई सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था संसद्उपर हस्तक्षेप हुन गएको देखिन्छ । त्यस्तो हस्तक्षेप नेपालको संविधानको मर्म र भावनाअनुरुप देखिन नआएको हुँदा रिट निवेदकको दाबी संविधानबमोजिम नै देखिएकाले प्रतिनिधिसभा विघटन हुन सक्ने कुनै आधार छैन’, सभामुख सापकोटाको जवाफमा उल्लेख छ । प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छ : प्रधानमन्त्री ओली यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई रहेको जिकिर गर्दै सर्वोच्चलाई जवाफ पठाउनुभएको छ । आफ्नो १५ बुँदे जवाफ पत्रमा मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालयले संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार ...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसहित ६ मन्त्री प्रतिनिधि सभा सदस्यमा निर्वाचित, पाँच मन्त्री पराजित

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा प्रधानमन्त्रीसहित सरकारका ६ मन्त्री निर्वाचित भएका छन् । निर्वाचनको पछिल्लो मत परिणाम अनुसार हालसम्म पाँच जना मन्त्री पराजित भएका छन् भने तीन मन्त्री उम्मेदवार बनेको स्थानमा मतगणना जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा क्षेत्र नं १ बाट १२ हजार चार सय ३२ मतान्तरसहित विजयी हुनुभएको छ । उहाँले २५ […]

देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ?

काठमाडौं । भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा १२ जना मन्त्री सहभागी भएका छन् । जसमध्ये कतिपयले हार व्यहोरका छन् भने अधिकांश मन्त्रीले भने जित निकालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासमेत उम्मेदवार रहेको यस निर्वाचनमा राज्यमन्त्री उमेश श्रेष्ठ समेत उम्मेदवार थिए । जसमध्ये प्रधानमन्त्री देउवाले डडेलधुराबाट जित हासिल गरेका छन् । भने, राज्यमन्त्री श्रेष्ठ […] The post देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँडबिच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । भोलि बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसीलाई पारित गर्ने गृहकार्यमा सरकार जुटिरहेको बेला काँग्रेस नेतासमेत रहेका मन्त्री खाँण प्रचण्डलाई भेट्न खुमलटार गएका थिए । भेटमा एमससीसी परियोजना लगायतका विषयमा छलफल भएको मन्त्री खाँण निकट स्रोतले बताएको छ । प्रधानमन्त्री […]

संसदमा ४ पटक प्रत्यक्ष निर्वाचित विरोध खतिवडा पहिलो पटक मन्त्री बन्दै

मकवानपुरबाट ४ पटक प्रत्यक्ष निर्वाचित नेकपा एकीकृत समाजवादीका सचिव एवं प्रतिनिधि सभा सदस्य विरोध खतिवडा पहिलोपटक मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी शहरी विकास मन्त्री बन्न लागेको स्रोतले बतायो । नेकपा एसले खतिवडाको नेतृत्वमा सरकारमा पठाउने निर्णय गरेको छ । प्रतिनिधि सभा निर्वाचन २०४८, २०५१ र २०५६ मा खतिवडा लगातार विजयी भएका थिए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उनी मकवानपुरबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।  चारपटक एमालेबाट सांसद निर्वाचित भएका खतिवडा २०७८ ...

मन्त्री बन्न हानथाप : जम्मा आवश्यकता २०, १ सय ५६ को दौडमा

आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि उनी गत २९ असारमा पाँचौंपटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका थिए । नियुक्त भएकै दिन देउवाले आफ्नै दलका दुई जना र गठबन्धनमध्येको एक माओवादी केन्द्रका दुई गरी चार जनालाई मन्त्रीमा नियुक्त गरे ।देउवाले पाँच सदस्यीय मन्त्रिपरिषद्द्वारा मुलुकको शासकीय बाग

प्रतिनिधि सभा कार्यब्यवस्था परामर्श समितिको बैठक सुरु

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा कार्यब्यवस्था परामर्श समितिको बैठक अहिले बसिरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा अहिले सिंहदरबारस्थित संघीय संसद सचिवालयमा समितिको बैठक बसिरहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्‍वासको मतको प्रस्ताव लैजानुभएको छ । आजै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा […]

प्रधानमन्त्रीमाथि पार्टी भित्रबाटै 'कू' गर्न खोजेपछि संसद विघटन : मन्त्री थापा

काठमाडौं : खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाले पार्टी भित्रबाट प्रधानमन्त्रीमाथि 'कू' गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन्। शनिवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा मन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रबाट प्रधानमन्त्रीलाई हटाएर 'कू' गर्न खोजिएपछि प्रधानमन्त्री ओलीले ताजा जनादेश लिनका लागि प्रतिनिधि सभा…