६ हजार किलोग्राम गहुँ बरामद

माेरङ – सशस्त्र प्रहरीले मोरङको जहदा गाउँपालिका–७ तारेगामाबाट तस्करी गरिएको ६ हजार किलोग्राम गहुँ बरामद गरेको छ। सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) नोचाबाट खटिएको टोलीले भारतदेखि तस्करी गरेर नेपाल भित्रिएको गहुँ मंगलबार साँझ बरामद गरेको हो। सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार लामिछानेले ट्याक्टरको ट्रलीमा लोड गरेर राखेको अवस्थामा गहुँ फेला परेको […]

सम्बन्धित सामग्री

'माघ धमालधुमुल गरेरै सकियो, अब पानी परे पनि हिउँदे बाली सप्रिने आशा छैन'

हिउँदे बर्षाको आशमा गुल्मेली किसान, पानी नपर्दा करिव साढे ६ हजार हेक्टरको हिउँदे बाली प्रभावित अहिले गहुँ, जौ, तोरी, केराउ र लहरे बालीले खेतबारी ढकमक्क हुने समय हो । तर, बर्षात् नहुँदा...

भारतमा कम गहुँ उत्पादन हुँदा नेपालमा असर

विराटनगर । भारत (India) मा यस वर्ष ११ करोड २१ लाख टन गहुँ (Wheat) उत्पादन हुने अनुमान गरिएकोमा त्यसअनुरूप नभएपछि यसको निकासी हुन नसक्ने फूड कर्पोरेशन अफ इन्डिया  (FCI)का अध्यक्ष तथा प्रबन्ध निर्देशक आशोक के मीनाले भारतीय सञ्चार माध्यमलाई बताएका छन् । गतवर्ष भारतमा १० करोड ६८ लाख मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।  टाइम्स अफ इन्डिया र एनडीटीभीको अनलाइन संस्करणसँग कुरा गर्दै मीनाले फूड सेक्युरिटी एक्टअन्तर्गत ३ करोड ४२ लाख टन गहुँ भारतको आन्तरिक खपतका लागि सञ्चित गर्नुपर्नेमा अहिलेसम्म १० प्रतिशत मात्र संकलन भएको बताए । उक्त परिमाणमा गहुँ भण्डारण नभएसम्म निकासीका विषयमा सोच्न नसकिने उनले बताए ।  भारतीय किसान (farmer)ले पाउने गहुँको मूल्य क्विन्टलको भारतीय रुपया २१ सय ५५ तोकिदिएपछि किसानले सरकारलाई नभई स्थानीय बजारमा विक्री गरिरहेका छन् । स्थानीय बजारमा सरकारले तोकेको मूल्यभन्दा बढीमा गहुँ विक्री भइरहेको छ । व्यापारीले किसानसँग प्रतिक्विन्टल भारतीय रुपया २३ सयमा गहुँ किनिरहेका छन् । सरकारले तोकेको मूल्य कम भएपछि अहिले एफसीआईले मूल्य केही बढाउने संकेत गरेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।  सरकारले केही मूल्य बढाएर गहुँ खरीद गर्न थाले र किसानले सरकारले तोकेको मूल्यमा गहुँ विक्री गरे एफसीआईको कोटा ३ करोड ४२ लाख टन पुग्न ४ महीना लाग्छ । तत्कालै गहुँ किनेर भण्डारण गर्न गहुँमा चिसोपना बढी भएका कारण नसकिने एफसीआईको भनाइ छ । भारतका धेरै प्रान्तमा बेमौसमी वर्षा भएकाले गहुँको फसल भिजेको थियो ।  छिमेकी मुलुकलाई समेत गहुँ दिन सकिँदैन त ? भन्ने जिज्ञासामा मीनाले भनेका छन्, ‘जबसम्म आन्तरिक खपतका लागि पर्याप्त मात्रामा मौज्दात हुँदैन तबसम्म निर्यातका विषयमा सोच्न पनि सकिँदैन ।’  नेपाल (Nepal)का मैदा उद्योगीहरूले वैशाखबाटै ३ लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने भन्दै नेपालमा निर्यात गर्ने अनुमतिका लागि पहल गरिदिन भारतीय दूतावासमा पत्र बुझाएका छन् । भारतीय पक्षबाट त्यस विषयमा आधिकारिक धारणा आउन बाँकी छ ।  गत वर्ष २ लाख टन गहुँ माग भएकोमा भारतले ५० हजार टन मात्र दिएको थियो । त्यसमध्ये उद्योगलाई ३२ हजार टन, साल्ट ट्रेडिङ कर्पोरेशनलाई ६ हजार ८०० टन र व्यापारीलाई ११ हजार २०० टन ल्याउने अनुमति दिइएको थियो । व्यापारी र उद्योगीले गहुँ ल्याइसकेका छन् ।  वैशाखदेखि नेपालमा उत्पादित गहुँसमेत बजारमा आउँछ । यसपटक समयमा वर्षा नभएकाले नेपालमा गहुँ उत्पादन आधा घटेको किसानले बताएका छन् । नेपाली गहुँको मूल्य अहिले पूर्वी नेपालमा प्रतिक्विन्टल ४ हजार ६०० रुपैयाँ, मध्य नेपालमा ४ हजार ४०० र पश्चिममा ४ हजार २०० रुपैयाँ छ । गत वर्ष स्वदेशमा २ लाख मेट्रिक टन गहुँ उत्पादन भएकोमा यो वर्ष घटेर १ लाख ५० हजार टनमा सीमित भएको किसानको अनुमान छ । नेपालमा वार्षिक १० लाख मेट्रिक टन गहुँ आवश्यक पर्छ ।  अपुग गहुँमा भारतको भर पर्नुपर्ने अवस्था रहेको नेपाल फ्लोर मिल एशोसिएशनका सचिव तथा मोरङ व्यापार संघका उपाध्यक्ष विकास बेगवानीले बताए । समयमा भारतीय गहुँ नआए मिलको उत्पादन ठप्प हुने उनको भनाइ छ ।

भारतबाट आइपुग्यो ३० हजार ६०० मेट्रिक टन युरिया मल

काठमाडौं । नेपालले भारत सरकारसँग जीटुजी प्रक्रियामार्फत खरीद गरेको ३० हजार ६०० मेट्रिकटन सबै युरिया मल नेपाल आइपुगेको छ । मंगलवार बिहानसम्ममा सबै मल नेपाल ढुवानी भइसकेको कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको हो । जीटुजी प्रक्रियामार्फत पहिलो चरणमा भारतबाट ३० हजार मेट्रिकटन युरिया खरीद गर्ने प्रक्रिया भए पनि खरीदमा २ प्रतिशतसम्म फेरबदल गर्नुपर्ने व्यवस्था भएकाले ३० हजार ६०० मेट्रिकटन आयात गरिएको कृषि सामग्री कम्पनी लिमिटेडको खरीद महाशाखा प्रमुख राजेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार ग्लोबल टेन्डरबाट खरीद गरिनेभन्दा यो मल प्रतिमेट्रिक टन करीब ५७ डलर सस्तोमा खरीद गरिएको हो । जीटुजी सम्झौता गरिएको समयमा ग्लोबल टेन्डरको युरिया मल प्रतिमेट्रिक टन ८२४ डलर थियो । भारत सरकारको नेशनल केमिकल्स एन्ड फर्टिलाइजर लिमिटेडले नेपालसम्म मल ढुवानी गरेको हो । खरीद गरिएको कुल ३० हजार ६०० मेट्रिक टन युरिया मलमध्ये ८ हजार ५०० मेट्रिक टन विराटनगर तथा १० हजार मेट्रिक टन भैरहवा पठाइने र बाँकी १२ हजार १०० मेट्रिक टन मल वीरगञ्ज विक्री केन्द्रमा राखिनेछ । त्यसपछि कोटा निर्धारण भएअनुरूप किसानलाई विक्री गर्न जिल्लामा पठाइने महाशाखा प्रमुख कार्कीले जानकारी दिए । गहुँ बालीका लागि लक्षित गरी ल्याइएकाले जतिसक्दो चाँडो किसानसम्म पुर्‍याउनुपर्ने उनले बताए । नेपालमा प्रत्येक वर्ष अभाव देखिने मलको समस्या समाधानका लागि नेपालले भारत सरकारसँग गतवर्ष फागुन दोस्रो साता सम्झौता गरेको थियो । सम्झौताअनुसार भारत सरकारसँग नेपालले पाँच वर्षभित्र ९ लाख ३५ हजार मेट्रिक टन रासायनिक मल खरीद गर्नेछ । कृषि सामग्रीसँग यतिबेला २४ हजार ७०० मेट्रिक टन युरिया, ६ हजार २०० मेट्रिक टन डीएपी र ५०० मेट्रिक टन पोटास मौज्दात छ ।

भेरी कोरिडोर लिफ्ट सिँचाइ : पानी पुगेपछि बाँझो खेत हरियाली

सुर्खेत । भेरी कोरिडोर लिफ्ट सिँचाइ आयोजनाबाट किसानले लाभ लिन थालेका छन् । भेरी नदी किनाराको जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालित उक्त परियोजनाबाट पानी पुगेपछि कृषकले बाँझो खेत हरियाली बनाएका छन् । अहिले सौर्य शक्तिमा आधारित लिफ्ट प्रविधिको माध्यमबाट आयोजनाको पानी खेतसम्म पु¥याइएको छ । सिँचाइ सुविधा पुगेपछि तरकारी उत्पादन गरेर कृषकले आयआर्जन गर्न थालेका छन् । केही समय पहिले भेरी नदी किनारका गाउँलाई पानी माथिको ओभानो बस्ती भनेर चिनिन्थ्यो । खेतीपातीका लागि किसानले आकाशे पानी कुर्नुपथ्र्यो । आकाशे पानीको भरमा खेती गरेर उब्जाइएको अन्नले वर्षभर खान पुग्दैनथ्यो । तर, अहिले लिफ्ट सिँचाइ आयोजना सञ्चालन भएपछि गाउँको मुहार नै फेरिएको छ । बाह्रै महीना गाउँमा सिँचाइ सुविधा पुगेपछि कतिपय युवा विदेश जाने सोच त्यागेर गाउँमै तरकारीखेतीमा लागेका छन् । यसबाट मनग्गे आम्दानी गर्न सफल भएको स्थानीय अगुवा कृषक देवेन्द्र ठकुरीले बताए । वर्षौंदेखि सुक्खा जमिनमा आयोजनाले सिँचाइ पुर्‍याएपछि कृषक उत्साहित छन् । अहिले आधुनिक तरकारीखेतीसँगै धान, गहुँ र मकै जस्ता अन्नबालीको उत्पादन वृद्धिले जीवनस्तरमै सुधार आएको अर्का कृषक मनसरा खड्काले बताइन् । आयोजनाले यस वर्ष पूर्वी सुर्खेतको घोरेटादेखि सल्यानको देवस्थल हुँदै पश्चिम सुर्खेतको घाटगाउँसम्म १२५ किलोमिटर क्षेत्रमा सोलार सिँचाइ, लिफ्ट सिँचाइ, सतह सिँचाइ, कुलो मर्मत र नदी नियन्त्रण कार्य अघि बढाएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सूचना अधिकारी लेखनाथ सुवेदीले बताए । भेरी कोरिडोर सिँचाइ आयोजनाको ४२ प्रतिशत भौतिक प्रगतिसँगै करिब ६ हजार हेक्टर जमिनमा सिँचाइ पु¥याइएको जानकारी उनले दिए । उनका अनुसार आयोजनाको कुल भौतिक प्रगति हालसम्म ४९ दशमलव ५ प्रतिशत भएको छ । २ वर्षभित्र आयोजनाले ६ हजार ८०० हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । करीब ४ अर्ब रुपैयाँ लागतको यो आयोजना भेरी नदी किनारका बासिन्दाको समृद्धिका लागि कोसेढुंगा सावित हुने अपेक्षा राखिएको छ ।

२५ हजार मेट्रिकटन मल नेपाल भित्रिँदै

वीरगञ्ज । पछिलो पटक चीनबाट ल्याइएको कुल २५ हजार मेट्रिकटन रासायनिक मल डीएपी नेपाल भिœयाउने तयारी गरिएको छ । चीनबाट भारतसम्म र भारत हुँदै नेपालसम्म मल भिœयाउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको छ । नेपालमा विशेषगरी तीन नाकाबाट रासायनिक मल नेपाल भित्रिने गर्दछ । वीरगञ्ज, विराटनगर र भैरहवा नाका पर्दछन् । कृषि सामग्री कम्पनी लिमिटेड २ नं प्रदेश कार्यालय वीरगञ्जका अनुसार सीमापारि भारतीय बजारसम्म आइपुगेको उक्त मल अब नेपालसम्म भित्र्याउने अन्तिम तयारी गरिएको हो । सीमापारि भारतीय बजार रक्सौलसम्म आइपुगेको रासायनिक मल (डीएपी) अब तत्काल नेपाल भित्र्याउने तयारी गरिएको कार्यालयका सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार यसपटक भित्रिएको कुल २५ हजार मेट्रिकटन रासायनिक मल डीएपीमध्ये ९ हजार भैरहवा नाकाबाट, ९ हजार ५०० वीरगञ्ज नाकाबाट र ६ हजार ५०० मेट्रिकटन रासायनिक मल विराटनगर नाकाबाट नेपाल भित्रिनेछ । यस पटक भित्र्याइएको रासायनिक मल डीएपी विशेषगरी गहुँ, मकै र तोरीलगायत बालीका लागि उपयुक्त मानिन्छ । भारतीय सप्लायर्स कम्पनी इञ्जियन पोटास लिमिटेडमार्फत नेपाल भित्र्याउन लागेको उक्त रासायनिक मल डीएपी कृषि सामग्री कम्पनी लिमिटेडमार्फत नेपालका विभिन्न भू–भागमा पर्दछ । नेपाली भित्रिने विभिन्न मललाई देशका विभिन्न स्थानमा संरचना रहेको कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय सहकारी संस्थामार्फत किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउँदै आएको छ । रासस

कैलारी गाउँपालिकाका किसानलाई गहुँको बीउ वितरण

कैलालीस्थित कैलारी गाउँपालिकाले पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको छ । बेमौसमी बाढीले किसानको धानबालीमा ठूलो क्षति गरेपछि पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको हो । किसानको मागअनुसार गाउँपालिकाले बीउ खरिद गरेर वितरण गरिरहेको छ । कैलारीका किसानको मागअनुसार गाउँपालिकाले ६ हजार २५० बोरा (२ हजार ५०० क्वीन्टल) गहुँ खरिद गरेर वितरण गरेको जनाइएको छ ।  बेमौसमी बाढीले धानबालीमा ठूलो क्षति गरेपछि सो गाउँपालिकाका सर्वदलीय राजनीतिक संयन्त्रले खाद्य सुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको...

रित्तिँदै सरकारी मल गोदाम : मौज्दातले एक साता पनि धान्दैन

विगतका वर्षझैं यसपटक पनि रासायनिक मल आपूर्तिमा समस्या देखिएको छ । धान रोपाइँका बेला अभाव झेलेका किसानले गहुँ र तरकारी बालीमा पनि अभाव झेल्नुपर्ने अवस्था सिर्जना भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हाल सरकारसँग युरिया, डीएपी र पोटास गरी ६ हजार ६ सय ६५ टन मल मात्र मौज्दात छ । उक्त परिमाण कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनको हो । मौज्दात परिमाणले एक सातालाई पनि धान्दैन ।

दुई लाख क्विन्टल खाद्यान्न बेच्यो खाद्य कम्पनीले

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले एक वर्षमा २ लाख क्विन्टल खाद्यान्न बिक्री गरेको छ ।कम्पनीले आर्थिक वर्ष २०७७-०७८ मा सुगम तथा दुर्गम जिल्लामा २ लाख ६ हजार ७२१ क्विन्टल चामल बिक्री गरेको हो । कम्पनीले धान चामल, गहुँ खरिद गरेर व्यापार गर्दै आएको छ । सरकारी स्वामित्वमा रहेको कम्पनीले बजार मूल्यभन्दा सुपथ मूल्यमा बिक्री […]

रुकुम पूर्वमा यस वर्ष गहुँ उत्पादनमा गिरावट

वैशाख २९, रुकुम पूर्व । रुकुम (पूर्व)मा यस वर्ष गहुँ उत्पादनमा गिरावट आएको छ । जिल्लाको मकैपछि दोस्रो प्रमुख खाद्यान्न बालीका रुपमा रहेको गहुँ उत्पादनमा गिरावट आउँदा कृषक समस्यामा परेका छन् ।  यस वर्ष जिल्लाभर ६ हजार ४६ दशमलव ४५ मेट्रिक टन गहुँ उत्पादन भएको छ । यो गत वर्षको तुलनामा ३८ प्रतिशतले कम उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुमले जानकारी दिएको छ । गत वर्ष नौ हजार ७५२ दशमलव ३४ प्रतिशत गहुँ उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिए ।  गत वर्षको तुलनामा हेर्ने हो भने सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकामा उत्पादनमा अलि बढी गिरावट आएको छ । भूमे गाउँपालिकामा भने उत्पादनमा धेरै गिरावट नआएको कृषि अधिकृत बस्नेतले बताए ।  जिल्लामा अहिले २० हजार २६५ हेक्टर क्षेत्रफल जमीन खेतीयोग्य रहेको छ । यसमा १६ हजार ३७० हेक्टर क्षेत्रफलमा विभिन्न प्रकारका खेतीपाती गरिएको छ । यसमा पनि तीन हजार २७२ दशमलव ६ हेक्टर क्षेत्रफल जमीनमा गहुँ खेती गरिएको कृषि अधिकृत बस्नेतले बताए ।  जिल्लामा सिँचाइको सुविधा नहुनु र आकाशबाट पनि पानी नपर्नु गहुँ उत्पादनमा कमी आउनुको मुख्य कारण रहेको कृषि कार्यालयले जानकारी दिएको छ ।  सिँचाइ सुविधा नहुँदा यहाँका कृषकले आकाशे पानीको भरमा खेती गरिरहेका छन् । जिल्लाको कूल खेतीयोग्य जमीनको सात हजार ५९३ हेक्टर क्षेत्रफल जमीनमा सिँचाइको सुविधा छ । योभन्दा अघिल्लो बाली मकै बालीमा पनि सलह किराले क्षति गरेको थियो ।  पानी नपरेर गहुँ बाली पनि राम्रो नभएपछि अहिले कृषक मारमा परेका छन् । यस्तै यहाँका कृषकले उन्नत जातको नभई परम्परागत रुपमा लगाउँदै आएको बीउँ छर्नाका साथै परम्परागत खेती प्राणालीलाई अँगाल्नुले पनि गहुँ उत्पादनमा कमी आएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि अधिकृत बस्नेतले बताए ।  मकैको बीउ अभाव रुकुम स् पूर्वमा मकैको बीउ अभाव भएको छ । जिल्लाका सबै ठाउँमा अहिले मकै रोप्ने चटारो चलिरहेको छ । लामो समयको खडेरीपछि परेको पानीले जमीन भिजेपछि मल बोक्ने र खेतबारी खनजोतमा व्यस्त भएका कृषक बीउ अभावले समस्यामा परेका छन् । जिल्लामै मकैको बीउ उत्पादन हुने गरेको छैन ।  बाहिरबाट बीउ आयात गर्ने गरिएकामा यस वर्ष आयात गर्न नसकिएको गाउँपालिकाले जानकारी दिएका छन् । सिस्ने गाउँपालिकाले यस वर्ष १५ क्विन्टल उन्नत जातको मकैको बीउ ल्याउने योजना बनाएको तर बीउ अभावले जिल्लामा मनकामना जातको आठ क्विन्टल मात्र भित्र्याएको गाउँपालिका कृषि शाखाका नायव प्राविधिक सहायक दिनेश ओलीले जानकारी दिए । सिस्ने गाउँपलिका–१ र २ मा सबैभन्दा बढी मकैको बीउ आवश्यक छ । १ र २ नं वडामा सलह किराले सबै मकै सखाप पारेपछि बीउसमेत उत्पादन नभएको त्यहाँका कृषकले बताएका छन् ।  सोही कुरालाई दृष्टिगते गर्दै १ नं वडामा दुई क्विन्टल र २ मा चार क्विन्टल मकैको बीउ पठाएको प्राविधिक सहायक ओलीले बताए । उनका अनुसार, सिस्ने–७ र ८ मा एकएक क्विन्टल मकैको बीउ पठाइएको छ ।  यस्तै, अन्य ३, ४, ५ र ६ नं वडामा भने हुरेड कार्स रुकुम –पूर्वले लगभग साढे आठ क्विन्टल मकैको बीउ वितरण गरेको छ । नेपालगञ्ज, सुर्खेत र चितवनमा सम्पर्क राख्दा पनि पर्याप्त मात्रामा बीउ आउन नसकेको गाउँपालिका कृषि शाखाले जानकारी दिएको छ ।  भूमे गाउँपालिकाले पनि यस वर्ष २० क्विन्टल मकैको बीउ ल्याउने तयारी गरेको थियो । कृषकको माग संकलन गरी २० क्विन्टल मकैको बीउ ल्याउने तयारी गरेको गाउँपालिकाले बीउ अभावमा ल्याउन नसकेको गाउँपालिका कृषि शाखाका नायव प्राविधिक सहायक शिखर विश्वकर्माले बताए । रासस

खडेरीका कारण गहुँ उत्पादनमा कमी

बझाङ ।  लामो समयदेखिको खडेरीका कारण जिल्लाका विभिन्न ठाउँमा लगाइएको हिँउदे बालीको उत्पादनमा कमी आएको छ । जिल्लाको सेती, कालंगा, बहुलीगाड, सुनिगाडलगायतका नदी र खोलाको तटमा रहेका र सिँचाइ सुविधा भएका सीमित क्षेत्रमा अकासे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा कमी आएको छ । लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत हिउँदे बालीको उत्पादनमा कमी आउँदा जिल्लामा खाद्य संकट हुने देखिएको छ ।       यो वर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदे बाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको जयपृथ्वी नगरपालिका¬ १ का किसान अमृत शाहीले बताए । ‘हिँउदभरि पानी नपर्दा लगाएको बाली सुक्यो । सिँचाइ हुने ठाउँमा अलिअलि उम्रेको थियो । त्यो पनि असिनाले चुटेर सखापै बनायो । एकातिर खडेरीले सुकायो, अर्कातिर असिनाले नष्ट भयो’’, उनले भने ।      यस वर्ष आउन सक्ने खाद्य संकटबाट भोकमरी हुन नदिन खडेरीपीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले बताए । प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि तत्काल राहतस्वरूप खाद्यान्न वितरण गर्नुपर्ने र बर्खे बालीका लागि बिउ तथा मल निःशुल्क उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।      अकासे पानीको भरमा खेती हुने क्षेत्रमा ९० प्रतिशत उत्पादन घटेको किसानहरु बताउँछन् । खडेरीका कारण जिल्लाभरि १५ हजार बढी हेक्टरमा गहुँ, जौ, केराउ, मसुरोलगायतका हिँउदे बाली लगाइएकामा ६ हजार २०० हेक्टरमा उत्पादन शून्य रहेको र असिनाले ९ हजार ३३६ मेट्रिक टन हिउँदे बाली पूर्ण रूपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिए ।      जिल्लामा कुल खेतीयोग्य जमिनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ । सिँचाइ नभएको ठाउँमा लगाएको बाली सुकेर पूरै नष्ट भएको छ । जिल्लामा वार्षिक सरदर ३२ हजार मेट्रिक टन अन्न उत्पादन हुने गरेको छ । यहाँको जनसंख्याको अनुपातमा सात हजार मेट्रिक टन अपुग हुने गर्दछ । खडेरीका कारण जिल्लाको कुल जनसंख्याको ४५ प्रतिशत जनसंख्या भोकमरीको चपेटामा पर्ने देखिन्छ भने १४ हजार घरधुरीलाई खाद्य संकट हुने विष्टले बताए । यसपालि खडेरीले उत्पादनमा कमी आउँदा १३ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने केन्द्रले जनाएको छ । रासस