सत्ती भन्सार : ९ महीनामै दोब्बर राजस्व संकलन

वैशाख १०, टीकापुर । कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले नौ महीनामै भन्सार राजस्व लक्ष्यभन्दा दोब्बर संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७/ ७८ को साउनदेखि चैत मसान्तसम्म लक्ष्यभन्दा ३५ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।            कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा ६ करोड ७ लाख रुपैयाँ राजस्व उठाउने वार्षिक लक्ष्य दिएको थियो । त्यो लक्ष्य पहिलो चौमासिकमै पूरा भएपछि थप ८ करोड रुपैयाँ बढाएर १४ करोड रुपैयाँ राजस्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो ।            चैत मसान्तसम्म ९ करोड ७१ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएकामा १३ करोड १६ लाख राजस्व संकलन भएको भन्सार प्रमुख विमलकुमार शाहले बताए।        पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजस्व वृद्धि भएको प्रमुख शाहको भनाइ छ । उता धनगढीस्थित कैलाली भन्सार कार्यालयले पनि नौ महीनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । साउनदेखि चैत मसान्तसम्म ५ अर्ब ९७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकामा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व उठेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फडेन्द्र खतिवडाले जानकारी दिए।            सरकारले सीमा नाकामा रहेका राजस्व कार्यालयलाई व्यवस्थित गरी भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजस्व संकलनमा अझै वृद्धि हुने स्थानीयवासीको भनाइ छ ।  रासस

सम्बन्धित सामग्री

दार्चुला भन्सारमा लक्ष्यभन्दा दोब्बर राजस्व संकलन

खलङ्गा – दार्चुला भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा दोब्बर राजस्व असुली गरेको छ। कार्यालयले आव २०७९/८० मा रु १९ लाख ६८ हजार लक्ष्य राखेकामा त्यसको दोब्बर बढी राजस्व असुली गरेको हो। गत आवमा रु ४० लाख ८१ हजार चार सय दुई अर्थात् एक सय सात दशमलव ३८८ प्रतिशत राजस्व सङ्कलन भएको दार्चुला भन्सार […]

तातोपानी भन्सारद्वारा लक्ष्य भन्दा दोब्बर राजस्व संकलन

सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एक अर्ब ६७ करोड ८५ लाख ६१ हजार चार सय ७१ रुपैयाँ राजस्व संकलन गरेको छ ।यो लक्ष्यको दोब्बर अथवा दुई सय ७० प्रतिशतले बढी हो । सो अवधिमा कार्यालयले ६२ करोड १५ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको तातोपानी भन्सार कार्यालयले […]

राजश्व संकलन दुई सय गुणाभन्दा वढि पुर्याउने अर्थमन्त्रीको दावी

अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दोब्बर राजस्व संकलन गर्ने दाबी गरेका छन् । सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो वताएका हुन । मन्त्री ...

२० दिनमा खर्चको दोब्बर राजस्व संकलन

चालु आर्थिक वर्ष २०७८-०७९ को पहिलो २० दिनमा झण्डै २ अर्ब बराबरको बजेट खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबारसम्ममा जम्मा १ अर्ब ९१ करोड रुपैयाँ खर्च भएको हो ।खर्च भएको अधिकांश रकम भने चालु खर्चअन्तर्गतको रहेको कार्यालयले जनाएको छ । त्यस्तै राजस्वतर्फ ३ अर्ब ८० करोड अर्थात् लक्ष्यको ३.३१ प्रतिशत रकम संकलन […]

लक्ष्यभन्दा बढी राजस्व असुली

भन्सार कार्यालय सिरहाले चालू आर्थिक वर्ष २०७६-०७७ सकिनुअगावै लक्ष्यभन्दा दोब्बर राजस्व संकलन गरेको छ । लकडाउनका कारण भन्सारमा कमि आए पनि ठाडी भन्सारले लक्ष्यभन्दा देब्बर राजस्व संकलन गरेको हो ।

कतै दोब्बर, कतै आधा पनि उठेन राजस्व

जिल्लास्थित स्थानीय तहले कतै लक्ष्यभन्दा दोब्बर राजस्व संकलन गरेका छन् भने कतै लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेका छैनन् । रुकुमपूर्वमा सिस्ने गाउँपालिकाले लक्ष्यभन्दा दोब्बर राजस्व संकलन गर्न सफल भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाले भने लक्ष्यको आधा पनि राजस्व संकलन गर्न नसकेको हो । ३६ लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष लिएकोमा सिस्ने गाउँपालिकाले ७५ लाख ६ हजार ६०० राजस्व संकलन गरेको जनाएको छ ।

राजस्व संकलन गिरावट

कुनै समय दक्षको दोब्बर राजस्व संकलन गर्ने महाकाली भन्सार कार्यालयललाई पछिल्लो समय लक्ष्य भेटाउनै मुस्किल हुन थालेको छ । अघिल्ला वर्षहरूमा लक्ष्यको दोब्बरभन्दा बढी राजस्व संकलन गर्दै आएको महाकाली भन्सार कार्यालय झुलाघाटमा गत आर्थिक वर्ष २०७३-७४ मा मुस्किलले लक्ष्य भेटिएको थियो ।