लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आह्वान

काठमाडौं। लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरिएको छ। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ १९ गते १ बजेका लागि बैठक आह्वान गरेका हुन्। प्रदेशसभा सचिव दुर्लभकुमार पुनले प्रदेशसभा नियमावली २०७४ को ३(१) बमोजिम बैठक आह्वान गरिएकोबारे सूचना प्रकाशित गरेका छन्। सरकारले बजेट ल्याउन आवश्यक तयारी गरिरहेको बेला आठौं अधिवेशन आह्वान गरिएको हो।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशसभा अधिवेशन आह्वान

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन जेठ १९ गते बुधवार बस्ने गरी आह्वान भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले बुधवार दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख छ । प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले सोमवार सूचना प्रकाशित गर्दै सबै सदस्यलाई सूचनामार्फत जानकारी गराएका छन् ।