एक महिनादेखि धामी बस्दै आएका पूर्णचन्द्रले गरे श्रीमती र छोरीको हत्या

पूर्णचन्द्रले आफ्नो घरमा पालेको कुकरको समेत हत्या गरेका थिए । धामी बस्ने क्रममा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

सम्बन्धित सामग्री

इलाममा एक व्यक्तिले गरे श्रीमती र छोरीको हत्या

मङ्गलबारे । इलामको देउमाई नगरपालिका– ५ बारुङमा एक व्यक्तिले आज श्रीमती र छोरीको हत्या गरेका छन् । स्थानीय ३४ वर्षीय कमल भन्ने पूर्णचन्द्र तामाङले पत्नी सीता र छोरी दीक्षाको हत्या गरेका हुन् । एक महिनादेखि धामी बस्दै आएका पूर्णबहादुरले गएराति पहिला श्रीमतीको हत्या गरेपछि छोरीको पनि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी […]

अर्घाखाँचीमा बाबुले गरे आफ्नै छोरीको हत्या

सन्धिखर्क । अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं. २ सीतापुरको झिर्रामा बाबुले आफ्नै छोरीको हत्या गरेका छन । स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीय छोरी सृष्टि घिमिरेको आज (मङ्गलवार) दिउँसो अन्दाजी १ बजेको समयमा रसीले घाँटीमा कसेर हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक इन्सपेक्टर बाबुराम बस्नेतले जानकारी दिए । विगत केही महिनादेखि श्रीमतीसँगको घरायसी विवादका कारण श्रीमती भने माइतमा बस्दै आएकी थिइन् । बाबुसँगै बसेकी दुई वर्षीय छोरीको बाबुले हत्या गरेको बस्नेतले बताए । प्रहरी निरीक्षक बस्नेतसहित अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ । घटनामा संलग्न घिमिरे प्रहरीको नियन्त्रमा रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।