लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक भोली भदौ १ गते मंगलबार बस्दै छ । बैठक भोली मंगलबार दिउसो २ बजे बस्नेछ । भोलि बस्ने बैठक लगातार २ दिनसम्म चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चित समयका लागि स्थगित गरेको प्रदेशसभा बैठक करिब एक महिनापछि भोलिका लागि आह्वान गरिएको हो ।यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख श्रेष्ठले अनि