सुर्खेत– कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । कर्णाली राजमार्गको दैलेखको सिस्ने–साई सडक खण्ड मर्मत गर्नका लागि १५ दिनसम्म दैनिक आठ घण्टा बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय दैलेखले एक सूचना प्रकाशित गर्दै सडक निर्माण कार्यका कारण यो निर्णय गरिएको जानकारी गराएको छ । प्रशासनका अनुसार बिहान ८ बजेदेखि १२ […]
बनियानी– झापाको बाह्रदशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति भएको छ । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बाह्रदशी–७ स्थित बत्तीसबिघेमा स्थानीयवासीले ३० बिघामा लगाएको केराखेती पूर्ण रुपमा नष्ट हुँदा करिब ५१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । हावाहुरीले बाह्रदशी-७ का १५ घरपरिवारले लगाएको […]
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग१६प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग२ख २१३९ नंको बसमा ठोक्किँदा दुर्घटना भएको हो । मोटरसाइकल चालक वीरगञ्जका अन्दाजी २० वर्षीय अफताप सलमानको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय […]
काठमाडौँ । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका कर्मचारी धनगढी केन्द्रित आन्दोलनमा उत्रिएका छन् । स्थानीय सेवा ऐन यथाशीघ्र जारी गर्न माग गर्दै कर्मचारी प्रदेश संघर्ष समितिको आयोजनामा प्रदर्शन भएको हो । धनगढीको पार्कमोडबाट आन्दोलन सुरु गर्दै मुख्यमन्त्री कार्यालयअगाडि गएर कर्मचारीहरू धर्ना बसेका छन् । आफ्ना माग सम्बोधन गर्न प्रदेश सरकारलाई पटक पटक आग्रह गरे पनि […]
अमेरिका र चीनले आपसी व्यापारमा गरिएका भन्सार महसुल (ट्यारिफ) ९० दिनका लागि घटाउने सहमति गरेका छन्। सोमबार जेनेभामा भएको वार्तापछि दुबै मुलुकले संयुक्त वक्तव्य जारी गर्दै सो जानकारी दिएका हुन्।