आफन्त कोही नभेटिँदा घाइते पैदलयात्रीको उपचार गर्न समस्या

दुर्घटनामा परी गम्भीर घाइते भएका एक पुरुषको पहिचान खुल्न नसक्दा उपचारमा समस्या भएको छ ।

सम्बन्धित सामग्री

रकम अभावले उपचार नपाएर थलिइन् कमला

कैलाली । मुटु रोगबाट ग्रसित कैलाली गोदावरी नगरपालिका- २ की कमला विष्ट रकम अभावका कारण उपचार नपाएर घरमै छटपटाउन थालेकी छन् । स्थानीय छरछिमेकले चन्दा संकलन गरेर अहिलेसम्म औषधी उपलब्ध गराइरहेका छन् । तर, मुटुको भल्भ फेर्नुपर्ने भएपछि उपचारमा समस्या भएको उनका छिमेकी तथा आफन्त बेलु विष्टले बताइन् । ‘हामीले अहिलेसम्म २ लाख भन्दा बढि […]

जो उपचार खर्च तिर्न नसक्दा चार दिनदेखि गंगालाल अस्पतालमै अलपत्र छन्

काठमाडौं । ‘हार्ट अट्याक’ भएपछि काठमाडौंको बासबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा फलोअपका लागि पुगेका सर्लाहीका ६० वर्षीय राम औतार महतोलाई चिकित्सकले गत बिहीवार नै ‘डिस्चार्ज’ गर्ने भनेका थिए । तर, त्यसको चार दिनसम्म पनि उनको ‘डिस्चार्ज’ भएको छैन । रोग झन् बल्झेर वा अन्य स्वास्थ्य समस्याका कारण उनले अस्पतालमै बस्नुपरेको भने होइन, त्यसको कारण हो– उनीसँग अस्पताललाई तिर्ने पैसा नहुनु ।  ‘बुबाको उपचार गर्ने डाक्टरले गत बिहीवार पैसा तिर्नुस् डिस्चार्ज गरिदिन्छु भन्नुभएको थियो । तर, अस्पताललाई तिर्नुपर्ने पैसा बुझाउन सकिएन,’ उनीसँग आएका छोरा १८ वर्षीय सञ्जीवकुमार महतोले भने ।  उपचार खर्चबापतको रकम तिर्न नसकेपछि अस्पतालमै अलपत्र परेका छन् उनीहरू । अस्पताललाई ५२ हजार रुपैयाँ तिर्न बाँकी रहेको सञ्जीवले बताए । ‘उक्त रकम तत्काल जुटाउने हाम्रो परिवारको सामर्थ्य छैन । परिवारको आयस्रोत केही छैन, भएको अन्नजति सबै बेचिसके,’ उनले सुनाए । उनको बोलीले मात्रै होइन, पहिरनमा पनि विपन्नता झल्किन्थ्यो । झुत्रे जाकेट-पाइन्ट र सिलाएको प्लास्टिकको चप्पल लगाएका छन् उनले ।  राम औतारका छोरा सञ्जीव ।  अस्पताललाई तिर्ने रकम जुटाउन उनले आफन्त र छिमेकीलाई पनि गुहारे । बिहीवारयता हरेक दिन उनी आफन्त र छिमेकीलाई पैसाका लागि फोन गरिरहेका छन् । तर, कहीबाट पनि सहयोग पाएनन् उनले ।  रकम नजुटेपछि अस्पताल प्रशासनसँग पनि आफ्नो समस्या सुनाए सञ्जीवले । तर, त्यहाँबाट पनि निराश भए उनी ।  अस्पताल प्रशासनका एक कर्मचारीले कार्यकारी निर्देशकबाहेक अन्यले छूट दिन नमिल्ने बताएपछि उनी कार्यकारी निर्देशकलाई भेट्न पनि गए । तर, भेट्न पाएनन् । ‘कार्यकारी निर्देशकज्यूलाई भेट्न खोज्दा सेक्युरिटी गार्डले 'भित्र हुनुहुन्न' भन्दै फिर्ता पठाइदिनुभयाे,’ उनले सुनाए ।  अस्पतालले प्रशासनका कर्मचारीले सम्बन्धित चिकित्सकको सिफारिसमा जयन्ती ट्रस्टमार्फत १० हजार रुपैयाँसम्म छूट दिन सकिने बताएको उनले बताए । त्यो रकम पाए पनि आफूलाई नपुग्ने उनको भनाइ छ ।  उनलाई अस्पतालको खर्च जुटाउन नसक्दाको चिन्ता त छँदै थियो । डाक्टर र नर्सको व्यवहारले झनै दुःखी बनायो । ‘अस्पताललाई तिर्नुपर्ने खर्चबारे सुझाव माग्दा डाक्टर र नर्सहरूले अभद्र व्यवहार गर्नुभयो,’ उनले दुखेसो सुनाए, ‘उहाँहरूले पैसा नभए किन उपचार गर्न आएकोसम्म भन्नुभयो ।’  चार दिनदेखि अस्पतालमा भौतारिँदा पनि उनले आशा भने मारेका छैनन् । ‘आफन्त र छिमेकीलाई फोन गरिरहेको छु । सहयोग पाइन्छ होला,’ उनले सुनाए ।  ००० ‘हार्ट अट्याक’ भएपछि गत पुस २४ गते गंगालाल अस्पताल भर्ना भएका थिए रामऔतार । त्यतिबेला ४/५ दिन उपचारपछि ‘डिस्चार्ज’ भएका उनलाई १ महीनापछि फलोअपका लागि बोलाइएको थियो । त्यही फलोअपका लागि यही फागुन ३ गते उनी अस्पताल भर्ना भएका थिए ।  उपचारका लागि लिएका थिए ७० हजार ऋण  उनको परिवारको आयस्रोत कृषि हो । अर्थात् कृषिजन्य उपज बेचेरै उनको परिवारले घर खर्च चलाइरहेको छ । त्यही रकमबाट घरखर्चसँगै ३ जनाको पढाइ खर्च पनि जुटाउनुपर्छ उनको परिवारले । ‘परिवारको कसैलाई उपचार गर्नुपर्ने अवस्था आए आफन्त र छिमेकीसँग ऋण लिनुपर्छ,’ उनले सुनाए ।  बुबाको उपचारका लागि काठमाडौं आउँदा पनि उनले तीन जनासँग ७० हजार रुपैयाँ ऋण लिएका थिए । यससँगै अन्न बेचेको २० हजार पनि थियो उनीसँग । बुबाको उपचारमा यो रकमसँगै विपन्न नागरिकले राज्यबाट पाउने उपचार रकमको १ लाख रुपैयाँ सकिएको उनले बताए ।  ००० सरकारले विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने नीति ल्याएको छ । तर, लक्षित समुदायले यसको अनुभूति गर्न सकेका छैनन् । सरकारले विपन्न वर्गका नागरिकलाई उपचार खर्चबापत रकम दिने गरेको भए पनि कतिपयलाई त्यो रकम पर्याप्त देखिँदैन । विपन्न नागरिकले स्वदेशमै निःशुल्क स्वास्थ्य सेवा पाउने दिन कहिले आउला ?

सामाजिक घृणाको डरले ढिलो उपचार

अहिले पनि समाजमा आफन्त र छिमेकीको घृणित व्यवहारका कारण रोग लुकाएर बस्ने र उपचारमा नजाने समस्या कायमै रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बताए।...

सामाजिक घृणाको डरले ढिलो उपचार

अहिले पनि समाजमा आफन्त र छिमेकीको घृणित व्यवहारका कारण रोग लुकाएर बस्ने र उपचारमा नजाने समस्या कायमै रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बताए।...

आफन्त बाहेकले पनि मिर्गौला दान गर्न मिल्ने गरी कानुन संशोधन गर्न सुझाव

मिर्गौला प्रत्यारोपण सम्भव भए पनि दाता नहुँदा समस्या परेका बेला आफन्तबाहेकले पनि अंगदान गर्न पाउने कानुनी व्यवस्था आवश्यक रहेको भन्दै बहस सुरु भएको छ ।नेपालको कानुनमा आफन्तबाहेकले मिर्गौला दान गर्न नपाउने प्रावधान छ । उक्त प्रावधान संशोधन भएमा बढ्दो मृगौला रोगीको उपचार सहज हुने सरोकारवाला बताउँछन् ।मिर्गौला रोगीको उपचार स्वदेशमै सम्भव भए पनि दाता नहुँदा धेरैले प्रत्यारोपणको अभावमा ज्यान गुमाउने गरेका छन् । आफन्त बाहेकले मिर्गौला दान गर्न नपाउने कानुन संशोधन गरेमा भने दाताको संख्या उल्लेख्य हुने

मरेकाे मान्छे जिउँदो छ भन्दै चिकित्सकमाथि आक्रमण

पर्सा : वीरगन्ज महानगरपालिकास्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड भएको छ। जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै आफन्त र स्थानीयले अस्पतालमा आक्रमण गरेका हुन्। आइतबार दिउसो गाउँतिरबाट आएको भीडले हस्पिटलका चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अस्पताल प्रशासनले जनाएकाे छ। मुटुको समस्या भएकी वीरगन्ज उपमहानगरपालिका– २० की रमितादेवीलाई बिहान सवा ९ बजेतिर उपचार गर्न भनी अस्पतालमा ल्याइएको थियो।चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो। सवा १० बजेतिर उनका आफन्तले

अक्सिजन जुटाउने तनावमा आफन्त

रूपन्देहीका पत्रकार खोमा तरामु २२ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत छन् । कोरोना संक्रमित उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका हुन् । उपचार थाल्दा निमोनिया देखियो । उनलाई अहिलेसम्म पनि अक्सिजनबिना बस्न मिल्दैन ।

अक्सिजनको हाहाकार

देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार भएको छ । अधिकांश कोरोना संक्रमितलाई अक्सिजन आवश्यकता पर्ने देखिए पनि अभाव हुँदा उनीहरूले छटपटाउनुपर्ने बाध्यता आइपरेको छ ।अक्सिजन अभावमा केही निजी तथा सरकारी अस्पतालले समेत ‘संक्रमित उपचार गर्न नसकिने’ बताइसकेका छन् । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा आइतबार उपचारका लागि पुगेका संक्रमितका आफन्त गोविन्द शर्माले अक्सिजन नहुँदा समस्या भएको सुनाए । ‘के गर्ने होला ? अस्पतालमै पनि रहेनछ,’ उनी भन्छन्, &lsqu

उपचार नपाउँदा सुत्केरीको मृत्यु

हुम्ला : सकेगार्ढ गाउँपालिका–७ रोडीकोटी हाँसेवीकी ४२ वर्षीया तारा बिकको आर्थिक अवस्थाका कारण उपचार नपाउँदा मृत्यु भएको छ।  मृतका आफन्त ज्ञानसिंह बिकका अनुसार तारको शुक्रबार बिहान ४ बजे घरमै मृत्यु भएको हो। सुत्केरी भएको १५ दिन भएको ताराको शरीर सुनिने, खाना नरुच्ने समस्या देखिएको थियो। शुक्रबार उनको मुखबाट ...