जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सवअन्तर्गत आज धार्मिक विधिपूर्वक खर्ना पर्व मनाइँदै छ । चार दिनसम्म विभिन्न विधिहरू गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि आज धूमधामका साथ खर्ना पर्व मनाइँदै छ । चैती छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, […]