प्रेस युनियनको मतदान अझै सुरु भएन

हेटौंडा– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि अझै मतदान सुरु भएको छैन । निर्वाचन समितिले मतदाता नामावली टाँस गरिसकेको भए पनि प्रतिनिधि विवादका कारण मतदान सुरु नभएको केन्द्रिय सदस्यका उम्मेदवार तेजन खडकाले जानकारी दिए । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान ११ बजेदेखि मतदान शुरु हुनु पर्ने थियो भने […]

सम्बन्धित सामग्री

चितवनमा विवादः अझै सुरु भएन मतदान

काठमाडौं, १० वैशाख । चितवनमा दुई पक्षबीच विवाद हुँदा मतदान रोकिएको छ । नवकिरण कमलकुसुम मावि मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि मतदान रोकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले नाराबाजीसहित मतदानस्थलमा प्रवेश गरेपछि एमाले र गठबन्धन दलका समर्थकले त्यसको विरोध गर्ने क्रममा झडपको स्थिति बनेको हो । त्यस क्रममा एमालेका केही कार्यकर्ता पक्राउ परेका […]

चिसोका कारण सङ्खुवासभाको थुदाममा मतदान सुरु भएन

सङ्खुवासभा - अत्यधिक चिसोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन । मतदान गराउने कर्मचारी र सुरक्षाकर्मी उपस्थित भए पनि  मतदाता भने  मतदान केन्द्रमा पुग्न सकेका छैनन् ।  प्रदेश १ प्रहरी कार्यालय विराटनगरले चिसोका कारण मतदाता उपस्थित हुन नसक्दा समयमै मतदान सुरु हुन नसकेको जनाएको छ ।  केही दिनदेखि सङ्खुवासभाको उत्तरी क्षेत्रमा  चिसो बढेको छ ।

हुम्लाका चार मतदान केन्द्रमा अझै सुरु भएन मतदान

नाम्खा गाउँपालिका ६ का तीन मतदान केन्द र वडा ५ को मुचुमा चिसोका कारण मतदान सुरु भएको छैन। अत्याधिक चिसोले नाम्खा-६ को तिल,जाङ, हलजी र वडा  नम्बर-५ को मुचुमा मतदान हुन...

दैलेखको चामुण्डा बिन्द्रासैनी–५ को मतकेन्द्रमा अझै सुरु भएन मतदान

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ५ स्थित जनता मावि बस्ताकोट मतदानस्थलमा अझै मतदान सुरु हुन सकेको छैन । मतदानस्थलमा शंकास्पद वस्तु फेला परेपछि मतदान हुन नसकेको हो ।बिहान ७ बजेदेखि मतदान सुरु हुने कार्यक्रम रहे पनि शंकास्पद वस्तु भेटिएपछि रोकिएको हो । स्थानीय प्रशासनका अनुसार बम डिस्पोजल सेनाको टोली मतदान केन्द्रमा पुगिसकेको छ ।सेनाले उक्त वस्तु पहिचान गरेर मतदान केन्द्रलाई सुरक्षित तुल्याएपछि मतदान सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।

हुम्लामा चार घण्टादेखि स्थगित मतदान अझै सुरु भएन

सिमकोट – हुम्लामा विवादका कारण रोकिएको मतदान कार्य चार घण्टा बित्दासमेत सुरु हुन सकेको छैन। खार्पुनाथ गाउँपालिका वडा नम्बर एकको मालिका मावि मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद हुँदा मतदान रोकिएको थियो। कुल ९ सय मतदाता रहेको उक्त केन्द्रमा ४ सयको हाराहारीमा मत खसेपछि विवाद भएको हो। विवाद समाधान गरेर मतदान सुचारु […]

रामेछापको सुनापति -२ दिमीपोखरीमा अझै सुरु भएन मतदान

३० वैशाख, रामेछाप । रामेछापको रामेछापको सुनापति गाउँपालिका २ दिमी पोखरीमा अझै मतदान सुरु हुन सकेको छैन । त्यहाँ बिहानैदेखि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच विवाद भएकाले मतदान सुरु हुन नसकेको प्रहरीले जनाएको छ । यस्तै मन्थली नगरपालिकाको गेलु सिकरालमा केहीबेर विवाद भए पनि अहिले स्थिति समान्य भएको र मतदान चलिरहेको छ । […]

मतपेटिका चर्किएपछि सोलुखुम्बुको एउटा मतदान केन्द्रमा मतदान सुरु भएन

सोलुखुम्बु - सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर १ को हेवामा रहेको दूधकुण्ड आधारभूत विद्यालयको मतदान स्थलमा मतपेटिका चर्किएका कारण मतदान सुरु हुन सकेको छैन । मतपेटिका चर्किएको भेटिएपछि मतदान सुरु नभएको र त्यहाँ अर्को मत पेटिकाको व्यवस्था गर्ने प्रयास भइरहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिनुभयो । यस्तै, महाकुलुङ गाउँपालिकाको एउटा मतदान केन्द्रमा पनि मतदान सुरु हुन सकेको छैन । दुवै ठाउँको प्राविधिक समस्या समाधानको प्रयास भइरहेको प्रजिअ खनालले बताउनुभयो ।  &...

कांग्रेसमा अझै मतदान सुरु भएन : प्रतिनिधि बिहानैदेखि लाइनमा

काठमाण्डाै - नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि नै मतदान हुने भनिए पनि अझै मतदान सुरु भएको छैन । भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा बिहान ८ बजे नै मतदान सुरु गर्ने कार्यतालिका भए पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।  मतपत्र आउन ढिलाइ भएकाले मतदानमा ढिलाइ भइरहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतदानका लागि भनेर प्रतिनिधिहरु बिहान ८ बजेअघि नै मतदान स्थलमा लामबद्ध भएका थिए । तर, लाइनमा बसेको झण्डै तीन घण्टा हुन लाग्दा समेत मतदान सुरु नभए पछि उनीहरु निराश हुन...

अझै सुरु भएन कांग्रेसको मतदान प्रक्रिया

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न आज  बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने भनिएपनि एक घण्टा बितिसक्दा मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।  पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५...

अझै सुरु भएन कर्णालीमा मतदान

वीरेन्द्रनगर – मतपत्र छपाइमा ढिलाइ हुँदा नेपाली कांग्रेस कर्णाली प्रदेश अधिवेशनअन्तर्गतको मतदान कार्य अझै हुन सकेको छैन। दिउँसो १२ बजेलाई तय गरिएको मतदान कार्य अहिलेसम्म सुरु हुन नसकेको हो। सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाकक्षलाई अधिवेशनको मतदानस्थल निर्धारण गरिएको छ, जहाँ कांग्रेसका नेता तथा कार्यकर्ताहरु मतदानको प्रतिक्षामा रहेका छन्। निर्वाचन अधिकृत अरुण पौडेलले मतपत्र छपाइमा […]