तीन लाख टन मल आवश्यक, तर गोदाम रित्ता

मुुख्य सिजनमा करिब तीन लाख टन मल चाहिने भए पनि अहिले सरकारी गोदाममा युरिया मल लगभग शून्यको अवस्था छ । नेपालमा मल आयात गर्ने दुुई आधिकारिक संस्था कृषि सामग्री कम्पनी र...

सम्बन्धित सामग्री

गहुँ पसाउने बेला पनि मलको अभाव, उत्पादन घट्ने किसानको चिन्ता

काठमाण्डाै - गहुँ पसाउने बेला किसानले मलको अभाव खेप्नुपरेको छ । गहुँको मुख्य सिजनमा रासायनिक मलको अभाव भएपछि किसान चिन्तामा परेका छन् । अहिले एक लाख ३० हजार टन रासायनिक मलको माग छ । तर सरकारी गोदाम रित्तै छन् । चालु आर्थिक वर्षका लागि तीन लाख ९ हजार टन मल खरिदको स्वीकृति भए पनि मल आउने टुङ्गो छैन । कृषि मन्त्री महिन्द्र राय यादवले यसअघि जीटूजी प्रक्रियाबाट मल ल्याउन पहल भइरहेको बताए पनि प्रक्रिया अगाडि बढेको छैन । यसअघि गहुँ छर्ने बेलामा समेत मल नभएपछि किसानले त्यत्तिकै गहुँ छरेका थिए । तर अहिले बाला पसा...

रित्तिँदै सरकारी मल गोदाम : मौज्दातले एक साता पनि धान्दैन

विगतका वर्षझैं यसपटक पनि रासायनिक मल आपूर्तिमा समस्या देखिएको छ । धान रोपाइँका बेला अभाव झेलेका किसानले गहुँ र तरकारी बालीमा पनि अभाव झेल्नुपर्ने अवस्था सिर्जना भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हाल सरकारसँग युरिया, डीएपी र पोटास गरी ६ हजार ६ सय ६५ टन मल मात्र मौज्दात छ । उक्त परिमाण कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनको हो । मौज्दात परिमाणले एक सातालाई पनि धान्दैन ।

भिजेर काम नलाग्ने भयो २८ करोडको मल

काठमाडौं । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार जाँचपास हुनसकेको छैन । रु २८ करोड मूल्य बराबरको एक लाख २५ हजार बोरा रहेको उक्त मल काम नलाग्ने भएपछि यसको जिम्मेवारी कर्पोरेशनले लिन नसक्ने क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले  बताउनुभयो । कम्पनीले आयातकर्ता स्वीस सिङ्गापुरमार्फत उक्त मल मगाएको हो । सो मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’मा यत्रतत्र छरिएको अवस्थामा छ । उक्त मलको आपूर्तिकर्ता स्वीस सिङ्गापुरमार्फत साल्टट्रेडिङ कर्पोरेशनले भारतको कोलकाता बन्दरगाहबाट रेलमार्ग भएर वीरगञ्जको सुक्खा बन्दरगाह यार्डमा ल्याएको हो तर उक्त मल भिजेको र डल्लो परेकाले भन्सार जाँचपास गर्न अयोग्य भएको भनेर जाँचपास हुनसकेको छैन । सिङ्गापुर पानीजहाजमार्फत भारतको कोलकाता बन्दरगाहमा ल्याइपु-याएको र त्यहाँ राखिएको अवस्था असार–साउनतिर बङ्गालको खाडीमा आएको आँधीका कारण मल भिजेको हुनसक्ने प्रमुख लामिछानेले भन्नुभयो, “भिजेकै अवस्थामा रेलमार्गबाट वीरगञ्ज आएकाले सोको जिम्मा नेपाल सरकार र कर्पोरेशनले जिम्मेवारी लिदैन ।” भिजेको र डल्लो परेको सो मलको सम्पूर्ण जिम्मेवारी आयातकर्ता स्वीस सिङ्गापुरले लिनुपर्ने र उक्त मलको भुक्तानी भने सरकार तिर्न नसकिने बताइएको छ । भिजेर बिग्रिएको अवस्थामा सो मल आएकाले जाँचपास हुन नसकेको, भए पनि कुनै प्रायोजनका लागि प्रयोग योग्य भए मात्र जाँचपास गरिने सुक्खा बन्दरगाह कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताउनुभयो । उक्त रासायनिक मल खुला आकाशमुनि रेल्वे लिक वरिपरि, गोदाम एवं यार्डमा जहीतहीँ छरिएको अवस्थामा रहेकाले यार्डभित्र अन्य सामान राख्न समस्या परेको बताइएको छ । ठूलो परिमाणमा रासायनिक मल भएकाले त्यसलाई नष्ट गर्न समस्या हुने, अयोग्य मालवस्तुको जाँचपास गर्न कानूनी प्रावधान नभएकाले त्यस्ता मललाई नष्ट गर्ने प्रक्रिया अघि बढाइएको सो कार्यालयले जनाएको छ । नेपाल सरकारको प्रतिबोरा १३२ रुपैया २० पैसा अनुदान रकममा आयात भई ...