शुक्रबार विशेष - प्रतिनिधि सभा विघटन भएको बेला राष्ट्रिय सभाको अधिवेशन

काठमाण्डौ - शुक्रबार अंग्रेजी नयाँ वर्ष सन् २०२१ को पहिलो दिन । नेपालका पर्यटकीय स्थलमा पनि विभिन्न कार्यक्रम भए ।शुक्रबारदेखि नै राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु भएको छ । प्रतिनिधि सभा विघटन भएको बेला सुरु भएको राष्ट्रिय सभाको अधिवेशनले चर्चा पाएको छ । अनि नेकपाको विवाद प्रदेश २ मा पनि पुगेको छ ।हेर्नुहोस् शुक्रबारका मुख्य खबर :राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरुआफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीति गर्दिनँ : प्रधानमन्त्रीअहिलेकाे व्यवस्था 'संसद्काे सर्वाेच्चता' कि 'प्रधानमन्त्...

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं, असार ३१ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको छ । बिहीबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । […]

प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन साउन ३ गते चार बजेका लागि आह्वान

काठमाण्डाै - प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आउँदो साउन ३ गतेका लागि आह्वान भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन तीन गते दिउँसो ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन साउन ३ गतेका लागि बोलाउन राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो । गएको सोमवार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै संसद अधिवेशन साउन ३ गते बेलुकी ५ बजेभित्र बोलाउन आदेश दिएको थियो ।

कञ्चनपुरमा प्रतिनिधि सभा विघटन विरुद्ध राष्ट्रिय जनमोर्चाको मसाल जुलससहित सभा

महेन्द्रनगर । केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको विरोधमा आज माघ १४ गते राष्ट्रिय जनमोर्चाले सुक्लाफाँटा नगरपालिकाको बन्साहचोकमा विरोधसभा तथा मसाल जुलुस प्रदर्शन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राजमो केन्द्रीय सदस्य तथा सुदूर पश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्ट हुनुहुन्थ्यो । प्रमुख अतिथि नन्दराज भट्टले सम्बोधनको क्रममा प्रधानमन्त्री केपी ओली प्रजातान्त्रिक हुन नसकेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले संविधानको प्रावधान विपरीत प्रतिनिधि सभा विघटन गरेको पनि बताउनुभयो । ओलीको यस खालको कदमले अमेरिकी सम्राज्यवाद र भारतीय समाजवादको चाहनानुसार राजनीतिक अस्थिरता उत्पन्न भएको पनि उहाँले बताउनुभयो । कार्यक्रमको अन्य अतिथिहरूमा राजमो केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, राजमो जिल्लाध्यक्ष रामबहादुर कार्की, नेकपा (मसाल) कञ्चनपुरका प्रवक्ता लक्ष्मी बडु, तराई–मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, अखिल (छैठौं) का महासचिव महेशराज जोशी, जातीय समता समाज महासचिव गोविन्द विक, अखिल (छैठौं) कञ्चनपुरका जिल्लाध्यक्ष महेश भट्ट, जिल्ला सचिव पुष्कर भट्ट, रक्तिम सांस्कृतिक अभियानका कञ्चनपुर जिल्ला संयोजक ललित चन्द, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य कमल साहु, अखिल नेपाल युवक सङ्घका प्रदेश सदस्य भूपेन्द्र भण्डारी, महिला नेतृ गीता भण्डारीलगायत हुनुहुन्थ्यो । कार्यक्रममा महेशराज जोशी, लक्ष्मी बडु, गोविन्द विक, राजाराम चौधरी र रामबहादुर कार्कीले मन्तव्य राख्नुभएको थियो । राजमो सुक्लाफाँटा नगर समितिका अध्यक्ष टुङे बोहराको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सञ्चालन राजमो जिल्ला सचिव अभिमान थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य राजमो जिल्ला कोषाध्यक्ष हरि लम्सालले मन्तव्यमार्फत् र रक्तिम सांस्कृतिक अभियान जिल्ला संयोजक चन्द्रले गीतमार्फत् गर्नुभैको थियो ।

प्रतिनिधि सभा विघटन विरुद्ध कञ्चनपुरमा मसाल जुलुस

पुष्कर भट्ट, महेन्द्रनगर । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध संघर्ष गर्दै आएको राष्ट्रिय जनमोर्चाले आव कञ्चनपुरको दैजीमा मसाल जुलुश प्रदर्शन गरेको छ । राजमो केन्द्रीय सदस्य नन्दराज भट्टको अगुवाईमा बेदकोट नगरपालिकामा मसाल जुलुश प्रदर्शन गरिएको हो । मसाल जुलुशमा राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्की, सचिव अहिमान थापा, तराई मधेस जनवादी मोर्चा महासचिव राजाराम चौधरी नेकपा (मसाल) जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडु, समता समाज महासचिव गोविन्द विक, अखिल (छैठौं) जिल्ला अध्यक्ष महेश भट्ट, सचिव पुष्कर भट्ट, रक्तिम सांस्कृतिक अभियान जिल्ला संयोजक ललित चन्द, राजमो बेदकोट नगर समिति अध्यक्ष कमल साहु, जिल्ला सदस्य गोविन्द बोहरा लगातार नेताकार्यकर्ता को सहभागिता रहेको थियो । मसाल जुलुशलाई अखिल (छैठौं) का महासचिव महेशराज जोशी ले सम्बोधन गर्नुभएको थियो भने राजमो जिल्ला सहसचिव लालबहादुर कुँवरले संचालन गर्नुभएको थियो । यसअघि आजै दैजीमा राजमोले विरोध सभाको आयोजना गरेको थियो । विरोध सभालाई राजमोका केन्द्रीय सदस्य नन्दराज भट्टले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा राजमोका जिल्ला अध्यक्ष रामबहादुर कार्की, नेकपा (मसाल)का जिल्ला प्रवक्ता लक्ष्मिदत्त बडु, राजमो जिल्ला सचिव अहिमान थापाले मन्तब्य व्यक्त गरेको कार्यक्रमको सन्चालन रक्तिमका जिल्ला संयोजक ललित चन्द र अध्यक्षता राजमो नगर संयोजक कमल साहुले गर्नु भएको थियो। कार्यक्रममा तमजमोका महासचिव राजाराम चौधरी, जातीय समता समाजका महासचिव गोविन्द विक र अखिल (छैठौं) का महासचिव महेश जोशी लगायताका नेताहरुको आतिथ्यता रहेको थियो ।

प्रतिनिधि सभा विघटन गर्दा नेपालका कम्युनिस्ट बदनाम भए : झबिलाल थापा

टेकराज भुसाल/सन्धिखर्क ।। राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झबिलाल थापाले प्रतिनिधि सभा विघटन गर्दा नेपालको सिङ्गो कम्युनिस्ट बदनाम भएको धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा विघटन विरुद्ध देशव्यापी रूपमा चलाएको सङ्घर्षको कार्यक्रमअन्तर्गत माघ १० गते अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर २ जोगिथुममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले सो बताउनुभएको हो । नेता थापाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको विवाद मिलाउनुको साटो जनताको हक–अधिकार खोसेको आरोपसमेत लगाउनुभयो । दुईतिहाइनजिकैको समर्थन हुँदाहुदै प्रतिनिधि सभा विघटन गरेर सिङ्गो कम्युनिस्टको नै बदनाम गरेको आरोप लगाउदै संसद पुनःस्थापनाका लागि लोकतन्त्रप्रेमीहरू एकजुट हुनुको विकल्प नरहेको नेता थापाले बताउनुभयो । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोविन्द बिसीले राष्ट्रिय जनमोर्चाले संसद विघटनको विरोध र पुनःस्थापनाको पक्षमा सञ्चालन गरेको एकमहिने कार्यक्रममा सहभागिता भई आआफ्नो स्थानबाट सहयोग गरिदिनुहुन अनुरोध गर्नुभयो । कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य खड्कबहादुर थापा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अर्घाखाँची जिल्लाध्यक्ष जीवनारायण खनाल, अखिल नेपाल शिक्षक सङ्घका जिल्ला सदस्य बाबुराम खनाललगायतले सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा अखिल नेपाल युवक सङ्घका मोहन थापा, भूमिकास्थान–२ का वडाध्यक्ष बुद्धिबहादुर थापा, वडासदस्य सुमित्रा विकलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चा भूमिकास्थान–२ का अध्यक्ष बाबुराम खनालको अध्यक्षता, राजमो नेता डिल्ली बन्जाडे स्वागत मन्तव्यय र राजमो युवा नेता टेकराज भुसालको सञ्चालन सम्पन्न भएको थियोे ।

व्यवस्था सिध्याउने प्रयासस्वरुप प्रतिनिधि सभा विघटन गरियोः रामनारायण बिडारी

राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले व्यवस्था सिध्याउने प्रयासस्वरुप प्रतिनिधि सभा विघटन गरिएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले वर्तमान व्यवस्था सिध्याउने प्रयासस्वरुप प्रतिनिधि सभा विघटन गरिएको बताएका हुन् ।प्रतिनिधि सभा नभएपछि संविधानको ५० प्रतिशत धाराहरु निस्क्रिय हुने भन्दै उनले सत्तामा भएको मान्छेलाई मिलाएर व्यवस्था विरोधीहरुले योजनाबद्वरुपमा विघटन गराएको उनको भनाइ छ ।संविधानमा ५ वर्षमा निर्वाचन गरिने व्यवस्था गरिएक

प्रतिनिधि सभा विघटन विरुद्ध डोटीमा सभा

सिलगडी । राष्ट्रिय जनमोर्चा डोटीले प्रतिनिधि सभा विघटनको विरुद्धमा डोटीको केआइसिं गाउँपालिकको सलेनामा विरोध सभा सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सुदूर पश्चिम इन्चार्ज मनोज भट्टको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मन्तव्य राख्दै राजमो केन्द्रीय सदस्य मनोज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अधिनायकवादी तरिकाले प्र्रतिनिधि सभा विघटन गरेको बताउँदै तत्कालै प्रतिनिधि सभा पुनःस्थापनाको आवश्यकतामा जोड दिनुभएको थियो । राजमोले ओली सरकारको असंवैधानिक तथा अधिनायकवादी कदमको विरुद्ध देशव्यापी आन्दोलन सञ्चालन गरिरहेको नेता भट्टले जानकारी दिनुभएको थियो । कार्यक्रममा राजमोका सुदूर पश्चिम प्रदेश समितिका कोषाध्यक्ष केशवनाथ योगी, राजमोका डोटी जिल्ला उपाध्यक्ष रमेश अवस्थी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव प्रशान्त थापा, अखिल नेपाल जनजाति सम्मेलनका जिल्लाध्यक्ष उज्जर मगर र युवा नेता नरेन्द्र बलायरले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा अन्य पार्टीका थुप्रै सदस्य राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको थियो । नवप्रवेशीहरूलाई कार्यक्रममै राष्ट्रिय जनमोर्चाको सदस्यता प्रदान गरिएको थियो ।

जसपाले संसदमा भन्यो – प्रतिनिधि सभा विघटन २०१७ सालको पुनरावृत्ति

जनता समाजावादी पार्टी (जसपा)ले प्रतिनिधि सभा विघटनको निर्णय २०१७ सालको घटनाको पुनरावृत्ति भएको आरोप लगाएको छ । जसपाले प्रतिनिधि सभा विघटनलाई संविधान माथिको 'कू' भएको दाबी पनि गरेको छ । राष्ट्रिय सभा अधिवेशनको उद्घाटन मन्तव्य राख्दै जसपा नेतृ प्रमिला कुमारीले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गर्ने निर्णय प्रतिगामी भएको आरोप लगाएकी हुन् । ‘पुष ५ गते प्रधानमन्त्रीको सिफारिशमा राष्टपतिले जनताको सर्वोच्च प्रतिनिधिमुलक संस्था प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक अलोकतान्त्रिक र प्र...

प्रतिनिधि सभा विघटन प्रतिगमनउन्मुख फासीवादी कदम : २३ दल

काठमाडौँ । नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी) लगायत २३ राजनीतिक दल तथा सङ्घसंस्थाले प्रतिनिधि सभा विघटनको परिघटनालाई प्रतिगमनउन्मुख फासिवादी कदम बताएका छन् । २०७७ पुस १५ गते राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा बसेको २३ दलको बैठकद्वारा गरिएको निर्णयमा भनिएको छ– प्रधानमन्त्री केपी शर्मा मन्त्रिमण्डलको सिफारिसमा पुस ५ गते राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गरिनु “प्रतिगामीउन्मुख फासीवादी कदम हो भन्ने सहमति भयो” । एवम् प्रकारले बैठकले प्रतिनिधि सभा विघटनलगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आगामी पुस १९ गते नयाँ बानेश्वरमा विरोधसभा सम्पन्न गर्ने निर्णय गरिएको राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले बताउनुभयो । शर्माका अनुसार पुस १९ गते दिउसो १२ बजे माइतीघर मण्डलामा जम्मा भएर जुलुससहित नयाँ बानेश्वर पुग्ने छ; र, त्यहाँ विरोधसभा सम्पन्न गरिने छ । बैठकमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्मा, नेकपा (क्रान्तिकारी–माओवादी) का सिपी गजुरेल, नेकपा (माले) का डम्बर श्रेष्ठ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका धनकुमारी सुनार, नेपाल कम्युनिस्ट पार्टीका लोकनारायण सुवेदी, नेकपा (संयुक्त) का चन्द्रदेव जोशी, नेकपा (बोल्सेभिक) का रविन्द्र श्रेष्ठ, नेकपा (माक्र्सवादी) का रामहरि पोख्रेल, नेकपा (माओवादी–केन्द्र) का राजन तिमल्सिना, नेकपा माक्र्सवादी (पुष्पलाल) का अच्युतराज ज्ञवाली, एमसिसी खारेज अभियानका नारायण शर्मा, माक्र्सवादी एकता अभियानका राजेन्द्र रेग्मी, राष्ट्रिय जागरण मञ्चका गुणराज लोहनी र नेपाल सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) भावना विद्रोहीलगायतको हस्ताक्षर रहेको छ ।