प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन साउन ३ गते चार बजेका लागि आह्वान

काठमाण्डाै - प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आउँदो साउन ३ गतेका लागि आह्वान भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन तीन गते दिउँसो ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन साउन ३ गतेका लागि बोलाउन राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो । गएको सोमवार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै संसद अधिवेशन साउन ३ गते बेलुकी ५ बजेभित्र बोलाउन आदेश दिएको थियो ।

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा संसद्‌का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदन(प्रतिनिधि सभा र राष्ट्रिय सभा)को अधिवेशन अन्त्य गरेकी छन्। मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले चैत १ गते(मंगलबार) राति १२ बजेदेखि ुलागू हुने गरी संसद्‌का दुवै अधिवेशन अन्त्य गरेकी हुन्। मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। […]

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं, असार ३१ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको छ । बिहीबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । […]

प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन मन्त्रिपरिषदको सिफारिस

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते अपरान्ह ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन सिफारिस गरेको सरकारका प्रवकता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

राष्ट्रिय सभाको अधिवेशन असार १७ गते

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको आठौँ अधिवेशन यही असार १७ गतेका लागि आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्काे सिफारिसमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा दिउँसाे ४ बजे अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । गएकाे पुसमा प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधि सभा र राष्ट्रिय सभा...

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।  संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने राष्ट्रिय सभालाई ओलीले सम्बोधन गर्न लागेको सचिवालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।  पुस १७ गते शुरू राष्ट्रिय सभाको अधिवेशनमा विभिन्न दलका सांसदहरूले प्रतिनिधि सभा विघटनबारे विरोध जनाएका छन् ।  अधिवेशन शुरू भएपछि प्रधानमन्त्री ओलीले आज पहिलोपटक राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेका हुन् । बिजनेस नभएको भन्दै सरकारले राष्ट्रिय सभाको अधिवेशन छोट्याउने तयारी गरेको छ । प्र...

शुक्रबार विशेष - प्रतिनिधि सभा विघटन भएको बेला राष्ट्रिय सभाको अधिवेशन

काठमाण्डौ - शुक्रबार अंग्रेजी नयाँ वर्ष सन् २०२१ को पहिलो दिन । नेपालका पर्यटकीय स्थलमा पनि विभिन्न कार्यक्रम भए ।शुक्रबारदेखि नै राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु भएको छ । प्रतिनिधि सभा विघटन भएको बेला सुरु भएको राष्ट्रिय सभाको अधिवेशनले चर्चा पाएको छ । अनि नेकपाको विवाद प्रदेश २ मा पनि पुगेको छ ।हेर्नुहोस् शुक्रबारका मुख्य खबर :राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरुआफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीति गर्दिनँ : प्रधानमन्त्रीअहिलेकाे व्यवस्था 'संसद्काे सर्वाेच्चता' कि 'प्रधानमन्त्...

शुक्रबार विशेष : प्रतिनिधि सभा विघटन भएको बेला राष्ट्रिय सभाको अधिवेशन

काठमाण्डौ - शुक्रबार अंग्रेजी नयाँ वर्ष सन् २०२१ को पहिलो दिन । नेपालका पर्यटकीय स्थलमा पनि विभिन्न कार्यक्रम भए । शुक्रबारदेखि नै राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु भएको छ । प्रतिनिधि सभा विघटन भएको बेला सुरु भएको राष्ट्रिय सभाको अधिवेशनले चर्चा पाएको छ । अनि नेकपाको विवाद प्रदेश २ मा पनि पुगेको छ । हेर्नुहोस् शुक्रबार...

राष्ट्रिय सभाको अधिवेशन आज

राष्ट्रिय सभाको अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार शुक्रबारदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो । प्रतिनिधि सभा विघटन भएपछि पहिलोपटक सङ्घीय संसद्को एक मात्र सदनको अधिवेशन बोलाइएको हो । शुक्रबार अपराह्न ४ बजेबाट अधिवेशन प्रारम्भ हुनेछ । सङ्घीय संसद् सचिवालयले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोरोना जोखिम न्यूनीकरणका लागि अधिवेशन प्रारम्भअघि अघिल्लो अधिवेशनमा कायम रहेको आसनको व्यवस्था फेरिएको छ । यसअघि कायम रहेको भौतिक दूरीको प्रबन्धलाई पनि थप व्यवस्थित बनाइएको छ ।

प्रतिनिधि सभा विघटनको विषय राष्ट्रिय सभामा उठ्ला ?

प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभाको अधिवेशन शुरु हुने भएपछि प्रतिनिधि सभा विघटनको विषयमा के कसरी कुरा उठ्छ भन्ने आम चासोको विषय बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सातौँ अधिवेशन पौष १७ गते दिउँसो ४ बजे आह्वान गरेसँगै संघीय संसद सचिवालयले अधिवेशनको तयारी पूरा गरेको बताएको छ । यस्तै राजनीतिक दलहरु...

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौँ । केही दिन अगाडि प्रतिनिधि सभा विघटन गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् ।