एमाले महाधिवेशन: वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत

नेकपा एमालेको दशौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।  अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूची मध्ये वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलबाहेक कसैले मनोनयन नगरेपछि उनी सर्वसम्मत भएका हुन् ।  महासचिवमा पनि शंकर पोखरेलविरुद्ध कसैले उम्मेदवारी दिएनन् । उनी सर्वसम्मत भएका छन् । उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि सर्वसम्मत भएका छन् ।  अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ओलीले प्रस्ताव ग...

सम्बन्धित सामग्री

एमालेले सातै प्रदेशमा खटायो वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष

१९ असार, नेकपा एमालेले प्रदेश र जिल्ला स्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सातै प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारीलगायतको काम गर्ने निर्णय गर्दै उपाध्यक्षहरुलाई प्रदेशमा खटाएको छ । एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, […]

एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध

नेकपा (एमाले)को जारी दशौं राष्ट्रिय महाधिवेशनमा आज बिहान भएको मनोनयनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध चयन भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयनको समय...

एमाले महाधिवेशनः वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूचीमध्ये वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलबाहेक कसैले मनोनयन नगरेपछि उनी सर्वसम्मत भएका हुन् । महासचिवमा पनि शंकर पोखरेलको एकल उम्मेदवार छन् । ओलीले महासचिवमै प्रस्ताव गरेका उनी सर्वसम्मत भएका हुन् । उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत भएका छन् । अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका बाहेक घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा अब मतदान हुने भएको छ ।

एमालेमा नयाँ नेतृत्व : वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध !

नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्रै उम्मेदवारी परेको हो ।

एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने

काठमाडाैं ।  नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो । समूहगत छलफलपछि जवाफ दिनेक्रममा उपमहासिचव विष्णु पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ । अध्यक्ष, वरिष्ठ […]

एमालेमा अब १५ जना पदाधिकारी रहने, वरिष्ठ उपाध्यक्ष पद सृजना

काठमाण्डाै – नेकपा एमालेको पदाधिकारी सङ्ख्या १५ सदस्यीय हुने भएको छ । ललितपुरमा चलिरहेको विधान महाधिवेशनमा १० वटा समूहको निष्कर्ष, सुझाव र जिज्ञासाको सम्बोधन गर्दै उपमहासचिव विष्णु पौडेलले पदाधिकारीको सङ्ख्या १५ जना पुर्‍याइने जानकारी दिनुभयो ।  एमालेले एक अध्यक्ष, एक वरिष्ठसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात जना सचिव रहने प्रावधान ल्याएको छ । यसअघि प्रस्तावित विधानमा उपमहासचिव पद नरहने उल्लेख भए पनि सहभागितको सुझावका आधारमा उपमहासचिव पद यथावत् रहने व्यवस्था गरिएको हो । य...

एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पनि रहने, पदाधिकारीको संख्या १५ सदस्यीय

नेकपा एमालेले पार्टी पदाधिकारीको संख्या १५ बनाउने भएको छ । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले सो कुरा बताएका हुन् । पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा हेरफेर गरी वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थप गरिएको छ । 'धेरै संख्याको पदाधिकारी बनाउँदा कम्युनिस्ट पार्टी चलाउन सजिलो हुँदैन । पदाधिकारीको संख्या १५ भन्दा माथि लैजानु हुँदैन,' पौडेलले भने, 'अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षहरू ५, महासचिव १, उप...