पदयात्रा रुटमा बढ्दैछ विदेशी पदयात्रीको चहलपहल

लामो समयदेखि सुस्ताएको पदयात्रा क्षेत्रले बिस्तारै गति लिन थालेको व्यवसायीले बताएका छन्। अन्नपूर्ण पदयात्रा क्षेत्रका रुटमा अहिले विदेशी पाहुना बढ्न थालेका छन्। विदेशी पदयात्री पुगेसँगै पदयात्रा क्षेत्रमा चहलपहल बढेको छ। लामो समयसम्म सुस्ताएको पर्यटन क्षे...

सम्बन्धित सामग्री

वसन्त ऋतु सुरु हुनैलाग्दा ठमेलमा पर्यटकको चहलपहल

पर्यटकीय याम सुरु हुनैलागेको बेलामा सङ्घीय राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल सुरु भएको छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु सुरु भएसँगै ठमेलका गल्ली, चोक तथा पसलमा बाह्य पर्यटकको चहलपहल देखिन थालेको हो । नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय यामका रुपमा लिने गरिन्छ । वसन्त ऋतुको सुरुआतसँगै […]

वसन्त ऋतु शुरू हुनैलाग्दा ठमेलमा पर्यटकको चहलपहल

काठमाडौँ, १९ फागुन : पर्यटकीय याम शुरू हुनैलागेको बेलामा संघीय राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल शुरू भएको छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु शुरू भएसँगै ठमेलका गल्ली, चोक तथा पसलमा बाह्य पर्यटकको चहलपहल देखिन थालेको हो । नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय यामका रुपमा लिने गरिन्छ । वसन्त ऋतुको शुरूआतसँगै अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यको अवलोकनका लागि विश्‍वका विभिन्न मुलुकबाट पर्यटक आउन थालेका हुन् । सन् २०२० मा विश्‍वका विभिन्न मुलुकसहित नेपालमा शुरू भएको कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रले यो याममा थोरै भए पनि गति लिने अपेक्षा व्यवसायीले गरेका छन् । ठमेलको चाक्सिबारीमा अन्तर्राष्ट्रियस्तरको आयुर्वेद चिकित्सामार्फत पर्यटकलाई उपचार गर्दै आउनुभएका स्पा संघ नेपालका सचिव एवं जेन स्पाका सञ्चालक रामदेव महतो पछिल्लो समय नेपालको पर्यटन क्षेत्रले सकारात्मक मोड लिएको बताउँछन् । “अन्य समयमा दैनिक पाँच/सात जना स्पाका लागि आउँथे, पछिल्लो केही दिनदेखि २० देखि २५ जनासम्म आउने गरेका छन्, यो नेपाली पर्यटन व्यवसायीको लागि खुसीको कुरा हो”, उनले भने । क्यासिनोसहित काठमाडौँको ठमेलमा सञ्चालित पाँचतारे द मल्ल होटलका फुड एण्ड बेभरेज इञ्चार्ज राम पुडासैनी पछिल्लो समय होटलमा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको बताउँछन् । “पर्यटक याम शुरू भएर होला, मार्च महिनामा ६० प्रतिशतभन्दा बढी होटलका कोठा बुकिङ भएका छन्”, उनि भन्छन् ।  ठमेलमा डेढ दशकदेखि ह्याण्डिक्राप्टको व्यवसाय गर्दै आउनुभएकी नेपाल ह्याण्डिक्राप्ट कलेक्सनकी सञ्चालक मीनाकुमारी बाँस्तोला पर्यटकीय याम शुरू भएसँगै उलन, पश्मिना, फेल्टलगायतका सामग्रीको व्यापार बढ्ने विश्‍वास व्यक्त गर्नुहुन्छ । “कोरोना अगाडिजस्तो व्यापार छैन, पर्यटकको चहलपहलले आशा भने जागेको छ, सायद गत वर्षभन्दा यस वर्ष व्यापार पक्कै राम्रो हुन्छ”, उनि भन्छन् । ठमेलमा दरबार हेरिटेज होटल सञ्चालन गर्दै आउनुभएका दिनेश ढकाल फ्रेबुअरीदेखि होटलमा पर्यटकको सङ्ख्या बढेको बताउँछन् । “फेबु्रअरीमा हाम्रो होटलमा समग्रमा भन्दा ७० प्रतिशत हाराहारीमा होटलका कोठा भरिएका थिए, मार्चमा पनि ८० प्रतिशत भरिने आश हामीले लिएका छौँ”, ढकाल भन्छन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष विमल धमला पछिल्लो समय ठमेलमा बाह्य पर्यटकको चहलपहल बढेको बताउँछन् । “पर्यटकीय याम शुरू भएर पनि होला, ठमेलमा यतिबेला पर्यटकको चहलपहल बाक्लोरुपमा देख्न सकिन्छ”, उनि भन्छन् । ठमेल पर्यटन विकास परिषद्का अनुसार ठमेलभित्र दुईहजारभन्दा बढी व्यवसायी आबद्ध छन् । ठमेलमा पर्यटकको चहलपहल भए पनि ढल र बिजुलीका तार बिच्छाउनका लागि सडक खन्दा पर्यटकलाई हिँडडुल गर्न समस्या भएको छ । ठमेल काठमाडौँ महानगरपालिका–१६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको अधिकाशं क्षेत्र भने २६ नं वडामा पर्छ । काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारी बाटोमा ढल हाल्दा बाटो बिग्रिएको बताउँछन् । एक हप्ताभित्र ठमेलमा बिग्रिएका सडक कालोपत्र गर्ने तयारी महानगरपालिकाले गरिरहेको उनिको भनाइ छ । काठमाडौँभित्र भित्रिने ८० प्रतिशतभन्दा बढी पर्यटक ठमेल घुम्नका लागि आउने गरेका छन् । ठमेललाई सफा र सुन्दर बनाउनका लागि महानगरपालिका लागिरहेको वडाध्यक्ष तिवारी बताउँछन् । वसन्त ऋतु साहसिक पर्यटनका लागि उपयुक्त समय हो । यो याममा हिमाल र पहाडी डाँडापाखा साथै नदीमा जलयात्राका लागि पर्यटकले रुचाउने गर्दछन् । यस्तै, पर्वतारोहणका लागि पनि नेपाल उपयुक्त मुलुक हो । सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्गालगायतका आठ हजार मिटरभन्दा माथिका हिमशृङ्खलासमेत नेपालमा रहेका छन् । अधिकांश विदेशीले आरोहणका लागि सगरमाथा नै जान खोज्ने गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा गत वर्षको तुलनामा यसवर्ष फेबु्रअरी महिनामा बाह्य पर्यटक आउने सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ । बोर्डका सूचना अधिकारी एवं निर्देशक मणिराज लामिछाने यस वर्षको फेबु्रअरीमा मात्र नेपालमा विभिन्न मुलुकबाट ९७ हजार ४२६ पर्यटक भित्रिएका छन् । गत वर्ष सन् २०२३ को फेब्रुअरीमा ७३ हजार दुई ५५ पर्यटक नेपाल भित्रिएका थिए । यो वर्ष फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट पर्यटक नेपाल भ्रमणमा आएका छन् । बोर्डका अनुसार फेबु्रअरीमा २५ हजार पाँच सय ७८ पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, चीनबाट नौ हजार एक सय ८०, अमेरिकाबाट नौ हजार ८९, थाइल्याण्डबाट चार हजार सात सय ९९, बेलायतबाट चार हजार पाँच सय ७१, बङ्गलादेशबाट चार हजार ९९, श्रीलङ्काबाट तीन हजार ६ सय ८४ पर्यटक नेपाल आएका छन् । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत बसाई १३ दिनसम्म हुने गरेको छ भने दैनिक खर्च ४५ डलरसम्म हुने गरेको पाइन्छ ।

पर्यटकको मनै लोभ्याउने ‘लोदेन’

ताप्लेजुङ – जो–कोहीलाई पनि दैनिक जीवनको चहलपहल र कोलाहलबाट केही दिन, केही समय टाढै बसौँ लाग्छ। प्रकृतिसित रमाउने सबैको रहर हुन्छ। प्रकृतिसित रमाउँदै पदयात्रा गर्ने इच्छा चाहना कसको हुन्न र रु शान्त परिवेश खोज्दै हुनुहुन्छ भने ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित लोदेन क्षेत्र तपाइका लागि आकर्षक गन्तव्य हुन सक्छ। जहाँ विभिन्न जातीय संस्कार, संस्कृति र परम्परालाई […]

पर्यटकको मनै लोभ्याउने ‘लोदेन’

जो कोहीलाई पनि दैनिक जीवनको चहलपहल र कोलाहलबाट केही दिन, केही समय टाढै बसौँ लाग्छ । प्रकृतिसित रमाउने सबैको रहर हुन्छ । प्रकृतिसित रमाउँदै पदयात्रा गर्ने इच्छा चाहना कसको हुन्न र ? शान्त परिवेश खोज्दै हुनुहुन्छ भने ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित लोदेन क्षेत्र तपाइका लागि आकर्षक गन्तव्य हुन सक्छ । जहाँ विभिन्न जातीय संस्कार, संस्कृति …

अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढ्यो

लमजुङ – कोरोना भाइरस र बाढीपहिरोको बितण्डामा ढप्प भएको लमजुङको पदयात्रा क्षेत्रमा चहलपहल सुरु भएको छ । झण्डै दुई वर्षपछि यहाँ पदयात्रा गर्ने पर्यटक आएका हुन् । दैनिक दुई सयभन्दा बढी पर्यटकले अचेल यहाँ पदयात्रा गर्ने गरेका छन् । अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने वाह्य पर्यटक केही समययता बढ्दै गएको हो । पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि […]

महामारीपछि पदमार्गमा पर्यटकको चहलपहल

कोरोना महामारी सुरु भएदेखि नै सुनसान बनेको अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक देखिन थालेका छन् । घट्दो कोरोना संक्रमण दर र अनुकूल मौसमका कारण पदयात्रा गर्ने विदेशी पर्यटक बढेका हुन् । मस्र्याङ्दी गाउँपालिका–६...

लाङ्टाङमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

कात्तिक १४, रसुवा । नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङ्टाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा आन्तरिक पर्यटकको आगमन क्रमश वृद्वि भएको छ ।  गत असोज २२ गते फुलपातिदेखि आन्तरिक पर्यटकको आगमन शुरू भएसँगै हिमाली क्षेत्रमा बन्द रहेको होटल व्यवसाय चलायमान हुन थालेको हो । दिनहुँ मौसममा सुधार, प्राकृतिक अवलोकनका लागि सहज र कोभिडका कारण बन्द रहेका होटल तथा लज पुनः सञ्चालन भएसँगै दैनिक सरदर करिब २०० को हाराहारीमा आन्तरिक पर्यटकको आवागमन भइरहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शुष्मा रानाले बताइन् । विदेशी पर्यटक भने फाट्टफुट्ट रूपमा मात्र आएका छन् । कोरोना भाइरसको संक्रमण अवस्था शून्यतामा झरि सकेकाले हिमाली पदयात्रीले निर्धक्क साथ आफ्नो यात्रा गरिरहेका छन् ।  बेँसीबाट लेक चढ्दा चिसोका कारण रूघाखोकी लाग्न सक्ने भएकाले तातोपानी पिउने र न्यानो कपडा लगाउन यात्रुलाई चिकित्सकले सुझाव दिएका छन् । चिसोको कारण उत्पन्न रूघाखोकी लाग्दा नआत्तिन आग्रह गर्दै चिकित्शकले भनेका छन्–तलतल झर्दा क्रमशः आराम हुँदै जान्छ । मानववस्ती नजिक हिमनदी अवस्थित लाङ्टाङको क्याङ्जेन क्षेत्रले पर्यटकलाई मनमोहक बनाई पठाउने गरेको र सुनसान रहेको हिमाली क्षेत्रमा मनिसको चहल बढेसँगै स्थानीयस्तरमा उत्साह बढेको पर्यटन व्यवसायी ढिण्डुप तामाङले बताए ।  पदयात्रामा युवा आउने गरेको र लाङ्टाङ क्षेत्रमा भ्रमण गर्ने आन्तरिक पर्यटक आफ्नो पदयात्रापछि प्रफुल्लित भएर फर्कने गरेको व्यवसायी तामाङले बताए । पर्यटकीय क्षेत्रका सबै स्थानमा होटल तथा लज सञ्चालनमा आइसकेको जानकारी दिँदै पर्यटन होटल व्यवसायी संघका जिल्ला अध्यक्ष निसान उपनामले परिचित रामशरण गजुरेलले निर्धक्क साथ यात्रा गरी प्राकृतिक आनन्द लिन आग्रह गरेका छन् । यस्तै धार्मिक एवं पर्यटकिय क्षेत्र गोसाइँकुण्ड क्षेत्रको पदमार्गमा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । भगवान् शंकर बिराजमान रहनुभएको पवित्र तीर्थ गोसाइँकुण्डको स्थान तथा पूजाआजा र प्राकृतिक छटाको दृश्य अवलोकनका लागि पर्यटक एवम् धार्मिक यात्रुको रूपमा अधिकांश मानिस गोसाइँकुण्ड जाने गरेका छन् । आन्तरिक पर्यटकको आगमन बढेसँगै रसुवाका पर्यटकीय क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत पार्न सुरक्षा गस्ती बढाइएकाले निधक्कका साथ यात्रा गर्न सम्पूर्ण पदयात्रीलाई आग्रह गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।  लाङ्टाङ तथा गोसाइँकुण्ड निकुञ्जको संरक्षित क्षेत्रमा पर्ने भएकाले हिमाली पदयात्रा गर्दा, फोहर जथाभावी नफ्याक्न, लठ्ठीको लागि बोटबिरूवा नकाट्न र वन्यजन्तु तर्सने खाले कुनै क्रियाकलाप नगर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जले पदयात्रीलाई आग्रह गरेको छ । रासस

अलौकिक मार्दी हिमालसम्मको अविस्मरणीय पदयात्रा

कोरोना संक्रमण कम भएसँगै चहलपहल बढेको छ । अरु क्षेत्र जस्तै आन्तरिक पर्यटनको क्षेत्रमा पनि आशाको किरण देखिएको छ । यसपालिको दसैंलाई सार्थक बनाउन र विदाको सदुपयोग गर्न हाम्रो परिवारले मार्दी हिमालको पदयात्रा गर्ने निर्णय गर्‍याे । लामो समयदेखि यस्तो यात्रामा जान नपाएकी म निकै खुसी भएँ ।

दशैंको घुमफिर ‘लाङ्टाङ र गोसाइँकुण्ड’को पदयात्रा

कोभिड–१९ का कारण लामो समयदेखि सुनसान जिल्लाको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । कोभिड सङ्क्रमणदर न्यून र वर्षाको प्रभाव हट्दै गएकाले हिमाली प्रकृति छटा अवलोकनका लागि पर्यटक आकर्षित हुन थालेका हुन् । लामो समयदेखि सुनसान नेपालको तेस्रो पर्यटकीय क्षेत्र लाङ्टाङ एवं पवित्र तीर्थ गोसाइँकुण्ड जाने पदयात्रीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको यहाँस्थित होटल …

अन्नपूर्ण आधार शिविरमा चहलपहल बढ्दै

पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्दै गएको छ । पर्यटकीय नगरी पोखराबाट करिब एक हप्ता समयावधिको पदयात्राबाट अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ ।