काठमाडौं । एसपीजी अटो मोवाइलले जेको ब्राण्डका गाडी नेपाल ल्याउने भएको छ । निकै आकर्षक डिजाइनमा तयार भएको जेको जे-सिक्स बेइजीङ अटो शोमा देखाइएको हो । अहिले बजारमा उपलब्ध कम्प्याक्ट एसयूभीको साइजमा बनेको जे-सिक्स एसयूभीको लम्बाई ४४०६ एमएम, चौडाई १९१० एमएम र उचाई १७१५ एमएम रहेको छ । यसका २७१५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ […]